धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ३ जना आज डिस्चार्ज भएका छन् । तेह्रथुमको २ जना सिरहा १ जना गरी जम्मा ३ जना आज प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । आज डिस्चार्ज भएका तेह्रथुमका २ जना गत साउन ४ गते र सिराहा १ जना साउन २ गते प्रतिष्ठानमा भर्ना भएका थिए । प्रवक्ता सापकोटाका अनुसार आज डिस्चार्जहुनेहरुमा २२ वर्ष देखि ७० बर्ष सम्मका पुरुषहरु रहेका छन् । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १६ जना संक्रमित उपचाररत छन् भने २ सय ७३ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । हाल सम्म प्रतिष्ठानमा १४,१३७ पिसि
विराटनगर / कोरोना संक्रमितको उपचार गर्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले व्यवस्थापन गरिरहेको कोशी कोभिड १९ उपचार केन्द्रको अवस्था टिठ लाग्दो देखिएको छ । विश्व स्वास्थ्य संगठनले संक्रमितको व्यक्तिगत र ‘आइसोलेटेड’ गरिने स्थलको व्यवस्थापनको विषयमा विशेष ख्याल गरिनु पर्ने मापदण्ड नै तोकेको छ । तर, विराटनगरमा अवस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा भने फोहोरको डंगुर थुप्रदासमेत सरसफाईमा ध्यान नदिइने गरेको संक्रमितले नै गुनासो गरेका छन् । अस्पतालमा आईतबारसम्म १८ जना संक्रमित रहेकोमा सोमबार ६ महिला र १२ पुरुषसहित २० जना थप भएका छन् । कोशीमा उपचाररत एक जना संक्रमितका अनुसार
विराटनगर / प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला, झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष, ओखलढुङ्गाको सिद्धिचरणमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । प्रदेश १ मा आज ८ सय २३ जनाको पीसीआर परीक्षण गरिएको छ । १ सय ९९ महिला र ६ सय २४ को परीक्षण गर्दा ६ महिला र १५ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले
काठमाडौ / आज थप १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १९ हजार ६३ जना पुगेको छ । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १२१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ८ सय ७५ जना रहेका छन् । भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।
विराटनगर / कोशी अस्पतालमा कोरोना भाईरस परीक्षण गर्ने पीसीआर मेसिनमा खराबी आएको छ । संकलन गरिएको स्वाब परीक्षण गर्ने मेसिनमा खराबी आएपछि मर्मत गर्न कामठमाडौ पठाउन लागिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले केही मेसिनमा केही प्राविधिक समस्या आएको बताए । संघीय सरकारबाट एचआईभी परीक्षण गर्न उपलब्ध भएको मेसिन नै स्वाब परीक्षणमा प्रयोग गरिएको थियो । मेसिनले एक पटकमा ७२ वटासम्म स्वाबको परीक्षणको नतिजा दिन्थ्यो । प्रयोगशालमा दैनिक ७ जना प्राविधिक खदिंदा २५० वटासम्म स्वाबको नतिजा आउने गरेको दासले बताए । सोमबारबाट केही समस्या देखिएको थियो । कोशीको मेसिन काठम
विराटनगर । विराटनगर बजारमा मास्क नलगाई व्यापार गर्न बसेका व्यापारी र सडकमा भेटिएका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको छ । विराटन व्यापार संघ महिला उपसमितिको पहलमा बजारका व्यापारी तथा मास्क नलगाईं हिंडिरहेका सर्वसाधारणलाई मास्क वितरण गर्न शुरु गरिएको हो । सोमबार महिला उपसमितिका सदस्यहरुले बजारमा कोभिड १९ को विषयमा सचेतना दिलाउँदै मास्क वितरण गरेका छन् । विश्वव्यापी रुपमा फैलिरहेको र विराटनगरमा संक्रमितको संख्या समेत बढ्न शुरु भएपछि बजार क्षेत्रमा सावधानी अपनाउन अनि मास्क अनिवार्य रुपमा लगाउन महानगरले समेत अपिल गरेको छ । विराटनगरको पुरानो गुद्रीबजारमा हात धुने व्यवस्थाका लागि पानीटंकी
विराटनगर । प्रदेश १ मा सोमबार २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बाह्रदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । प्रदेश १ बाट ७ सय ४७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा आज ५ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ४० हजार १८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले
काठमाडौ / आज थप १३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १८ हजार ७ सय ५२ जना पुगेको छ । थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुष रहेका छन् । नेपालमा हालसम्म ४८ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ६२६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १३ हजार ७ सय ५४ जना रहेका छन् । भोजपुर
विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चार जना नर्सलाई पनि कोरोना देखिएको छ । संचालक चिकित्सकलाई कोरोना भएपछि अस्पतालमा कार्यरत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणमा पठाइएको थियो । कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने,“अस्पताल सञ्चालक तथा चिकित्सक डा.ज्ञानेन्द्रमान सिंह कार्कीलाई संक्रमण देखिएपछि उहाँको सम्पर्कमा रहेका २ सय २७ जनाको स्वाब संकलन गरेर परीक्षणमा पठाएका थियौं । ” महानगरले अस्प
विराटनगर । गत साताको मंगलबार संक्रमण पुष्टि भएका बिराटनगरको एक अस्पतालका चिकित्सकको सम्पर्कमा आएका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ । संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । संक्रमण देखिएका चारै जना अस्पतालकै कर्मचारी रहेका छन् । पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ । अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् । अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेको रहेका छन् । पहिलोचर