स्वास्थ्य

    Showing 1,671-1,680 of 2,412 items.
  • कोरोना उपचारमा गुनासो बढ्दै गएपछी बिपि प्रतिष्ठानका पदाधिकारी सग धरानका प्रदेश र संघीय सांसदद्वारा स्पष्टीकरण माग

    धरान । कोरोना उपचारमा लापरवाही हुनुका साथै कोभिड अस्पतालमा ब्यबस्थापन कमजोड रहेको गुनासो बढदै गए पछि धरानका प्रदेश सभा र संघीय सभामा निर्बाचित जनप्रतिनिधिहरुले बिपि कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठान धरानका पदाधिकारी हरु सङ स्पष्टीकरण मागेका छन् । सुनसरी क्षेत्र १ का संघीय सांसद जयकुमार राई सहिर प्रदेश १ का सभामुख समेत रहेका क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद प्रदिप कुमार भण्डारी, ख बाट निर्वाचित भिम आचार्य सहित समानुपातिक सदस्य उमिता बराइली र सावित्री श्रेष्ठको टोलिले कोरोना उपचारमा भैरहेको समस्याको बारेमा चासो राख्दै स्पष्टीकरण मागेका थिए। टोलिले प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र ग

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 904 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण

    धरान/ प्रदेश नं १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले आफ्नो फेसबुक पेज माफर्त जानकारी दिएका छन् । उनले आफ्नो फेसबुक पेज मार्फत यसअघि पनि कन्ट्याक ट्रेसिङको आधारमा असोज २९ गते परिक्षण गदो रिपोर्ट नेगेटिभ आएको र त्यसबेला सामान्य रुघाखोकी लगायत असर भएको र आफु आईसोलेटड भएरै बसेको जानकारी दिएका छन्। संक्रमण पुष्टि भए पनि स्वास्थ्य अबस्था सामन्य रहेकाले उनि बिराटनगर स्थित आफ्नै निवासमा होमआइशोलेसनमा बसेका छन् । साथै उनले आफ्नो निकट सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपन

    • प्रकाशित मितिः कार्तिक ७, २०७७
    • 1,018 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्व लक्षित सुरक्षाका लागि १२ सय प्रहरी परिचालन

    धरान । चाडपर्व लक्षित सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष सुरक्षा निती तयार गरि जनशक्तिहरु परिचालन गरेको जनाएको छ । चाडबाडको समयमा हुने आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित पार्न प्रहरी उपरिक्षक १, प्रहरी नायब उपरिक्षक ३ र प्रहरी निरिक्षक ११ जना गरि जिल्लामा १२ सय प्रहरी परिचालन गरिएको जनाएको छ । प्रहरीले मोबायल गस्ती, पिकेट, चेकिङ, यात्रु सहायता कक्ष, सादा पोशाकमा प्रहरी परिचालन, धार्मिक मठमन्दिरहरुको सुरक्षा रिजर्भ टोलि, सचेतना कार्यक्रम समेत गरिने जनाएको छ । जिल्लाको सुरक्षाको दृष्टिले संवेदनशिल रहेको ठहर गर्दै विशेष सुरक्षा योजना निती तयार गरिएको जनाएको छ । त्यसै गरि अनु

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,456 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको कहर, छैन दशैँको रहर

    इलाम / बारीमा पाक्ने बाली, वर्ष पछि सुकिलो हुँदै गरेको बाटो होस या बारी ऋतु अनुसारको फेरिएको मौसमले दशै आएको थाहा पाउन कसैलाई क्यालेन्डर चाहिदैन । गाउँ गाउँमा छाउने उमंगले दशै आएको थाहा हुन्छ । त्यसमा पनि बाटोमा हुने बाक्लो ओहोर दोहोर, मेला बजारदेखि पसलहरुको भीड या साप्ताहिक रुपमा लाग्ने हटियाको भीडले पनि थाहा हुन्छ दशै अयो । खुलेको आकाश, चाडबाडको मौसम र दशैमा गुञ्जिने मालश्री धुनले दँशैको उमङ्ग थप्छ । बैशाख–जेठदेखिको मनसुनी बर्षा असोज लागेसँगै अन्त्य हुन्छ र खुलेको प्रकृतिले दँशैको संकेत गर्छ । नवरात्री शुरु हुँदा नहुँदै ठडिने लिङ्गे पिङ, टोल टोलमा हुने फुटवल, भलिवल, व्याडमिन्टन प्रति

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 866 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • पछिल्लो २४ घण्टामा धरान र विराटनगरमा दश संक्रमितको मृत्यु

    विराटनगर । पछिल्लो २४ घण्टामा विराटनगर र धरानमा दश जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरमा ७ र धरानमा ३ जनाको मृत्यु भएको हो । कोसीसहित विराटनगरका विभिन्न कोभिड अस्पतालहरुमा उपचार गराइरहेका ५ महिला र २ पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन, विराट नर्सिङ होममा एक, न्युरो अस्पतालमा एक, विराट मेडिकल कलेजमा एक र नोबेल मेडिकल कलेजमा अर्का एकजनाको मृत्यु भएको हो । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको मंगलबार बिहान ५ः३० बजेतिर कोसी कोभिड उपचार केन्द्रमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कोरोना संक्रमण देखिएपछ

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 1,039 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा

    धनकुटा/ चाड पर्वको समयमा भीडभाड भई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले धनकुटामा निषेधाज्ञा घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले सुचना जारी गर्दै दशै, तिहार, छैठ लगायतका पर्वहरुमा पूजा, प्रार्थनाका लागि मठ, मन्दिर सहितका शक्तिपिठहरुमा विगत वर्षहरु जस्तो हर्षोल्लासका साथ पूजा आराधना गर्ने अवस्था नरहेकाले कात्तिक ३ गतेदेखि कात्तिक १५ गते राति १२ बजेसम्मको लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको बताईएको छ । स्थानीय प्रशासन ऐन, २०२० र संक्रामक ऐन, २०२० बमोजिम जारी गरिएको निषेधाज्ञा कसैले उल्लंघन गरेमा प्रचलित कानुन र संक्रामक रोग ऐन अनुसार

    • प्रकाशित मितिः कार्तिक ४, २०७७
    • 778 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा ४६५ डिस्चार्ज, ३३२ कोरोना संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् । मोरंगको विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा

    • प्रकाशित मितिः कार्तिक ३, २०७७
    • 680 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल अस्पतालमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको हो । कोसीमा विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १३ गते अस्पताल भर्ना भएका पुरुषको १८ दिनपछि मृत्यु भएको अस्पतालका संयोजक ज्ञानबहादुर बस्नेतले बताए । ती पुरुषलाई मधुमेहको समस्यासमेत रहेको अस्पतालले जनाएको छ । उता नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा अर्का एक पुरुषको आइतबार बिहान मृत्यु भएको छ । क्यान्सरको समस्याबा

    • प्रकाशित मितिः कार्तिक २, २०७७
    • 852 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि ल्याइएका ३ बोरा खैनी बरामद

    धरान । अवैध रुपमा भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका सुर्ती जन्य पदार्थ प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित पुष्पलाल चौकको भित्रि सडकखण्डमा प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार छली गरि ल्याइएका सुर्ती जन्य पदार्थ पक्राउ गरेको हो । प्लाष्टिकको बोरामा प्याक गरि ल्याइएका ३ वटा बोरा ल्याइएका २ हजार ९ सय ४० प्याकेट खैनी बरामद गरेको हो । अवैध सुर्ति ल्याउने सुनसरी हरिनगर गाउँपालिका ९ बस्ने २३ वर्षिय अरबिन्द्र मेहतालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनले कुदाएको को ३ प ८३१८ नम्बरको मोटरसाइकलमा सुर्ति जन्य पदार्थ ल्याउदै गरेको अवश्थामा पक्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,186 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्वकाे मुखमा चाेरीका घटना बढ्दै , प्रहरीले सकृियता बढाउदा ६ जना पक्राउ

    इटहरी । चाड पर्व नजिकिदै गर्दा इटहरी क्षेत्रमा चोरीका घटनाहरू बढन थालेका छन । केहि दिन अघि घरभित्र बाटै कार चोरी भएको थियो । पुनः अर्को चोरीको घटनामा संलग्न तिन जना र चोरीएको सामान खरिद गर्ने तिन जना गरी ६ जनालाइ प्रहरीले पक्राउ गरेको छ । चोरिका घटना बढेपनि इटहरीको सुरक्षा स्थितीलाइ मध्यनजर गर्दै अपराधिक गतिविधिहरूमा निगरानी बढाएपछि संलग्न ब्यक्तिहरू पक्राउ परेका हुन । गएको एक साताको अन्तरमा इटहरी भित्र ४ वटा चोरीका घटना भएका छन भने चार वटै घटना मध्ये तिनवटामा प्रहरीले सफलता पाएको छ । केहि दिन अघि इटहरी १२ खनारबाट बा ९ च ३४०३ नम्बरको सेतो रंगको टाइटानिक कार चोरी भएको थियो । चोरी भएको २४ घण्ट

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 800 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved