वराहक्षेत्र २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणा हुदैं

  • असार १७, २०७८
  • "संगम विष्ट"
alt

बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाको वडा नं २ पुर्ण स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको छ ।
असार मसान्तसम्म वडा नं २ देशकै पहिलो बिमा युक्त वडा घोषणा गर्ने योजना अनुसार अघि बढेको प्राथमिक स्वास्थ्य केन्द्र चतराका निर्देशक डा. अनिल गिरिले बताए । ६ हजार ४ सय ९६ जनसंख्या रहेको वडामा हाल सम्म ६ हजार १ सय ६८ जनाले स्वास्थ्य बिमा गरेका छन् ।

९४ दशमलव ८९ प्रतिशतले बिमा गरेको तथ्यांक रहेको वडामा १ हजार ७ सय २७ परिवारले बिमा गरेका छन् । सत् प्रतिशत बिमा गराउने योजना अनुसार प्रथामिक केन्द्रका कर्मचारी र बिमा अभिकर्ताहरु घरदैलौ कार्यक्रम गरेरै स्वास्थ्य बिमाको महत्व र बिमा नगराउने परिवारको कारण सर्वेक्षण लिई रहेका छन् ।

असारसम्म कम्तिम तीन पटक घर – घरमा पुगेर स्वास्थ्य बिमा नबिकरण, नयाँ स्वास्थ्य बिमा कार्ड बनाउन आग्रह गर्ने, जेष्ठ नागरिक र रातो कार्ड हुने फरक क्षमता (अपाङ्गता) भएकाले निःशुल्क पाउने स्वास्थ्य बिमाको जानकारी सहित बिपन्नताका कारण स्वास्थ्य बिमा गराउन समस्या भएको परिवारको तथ्यांक खोजि समेत गरि रहेको डाक्टर गिरिले बताए ।

वडा नं २ को कार्यालयसंग समन्वय गरेर देशकै पहिलो स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम तयारीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराले पुर्ण बिमा युक्त वडा घोषणा कार्यक्रमका लागि संयोजक समेत तोकेको छ । सोमवार बसेको केन्द्रको व्यवस्थापन समितिको बैठकले सल्लाहकार अमर कट्वाललाई संयोजकको जिम्मेवारी दिएको हो ।

बिपन्न परिवारलाई सहज रुपमा अस्पतालसम्म पुर्याउन महत्वपूर्ण योजना रहेको स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यान्यवन गर्न केन्द्रको अथक प्रयासले नेपालमै पहिलो पटक वडा नं २ स्वास्थ्य बिमा युक्त वडा घोषणाको अन्तिम चरणमा पुगेको स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति अध्यक्ष समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।

स्वास्थ्यको पहुँचसम्म पुग्न आर्थिक अवस्था बाधक नबनोस भन्नेर बिमालाई प्रथामिकता राखेको वडाले सवै वडाबासीहरुले बिमा गराउने र सवै स्वास्थ्यको पहुँचमा पुगेको संन्देश वडा नं २ बाट देशैमा दिन खोजेको भट्टराईले बताए ।

received_820686145500198

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved