जेठको अन्तिम साता भेरोसिल खोप लगाएकालाई दोस्रो चरणको खोप मंगलबार देखि

  • असार २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जेठको अन्तिम साता भेरोसिल खोप लगाएका ६० वर्ष देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई दोस्रो चरणको खोप धरान उपमहानगरपालिकामा मंगलबार लगाउने भएको छ ।

धरान उपमहानगरपालिकाले असार २२ र २३ गते दोस्रो मात्रा खोप लगाउने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सोमबार पत्रकार सम्मेलन गर्दै दुई दिन भेरो सेलको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको छाताचोकस्थित पुरानो अस्पतालमा रहेको स्वास्थ्य चौकी, धरान १५ स्थित श्याम चोक सेवा समाजको भवन र धरान १८ स्थित कार्मेल हाईस्कुलमा खोप केन्द्र रहने छन् ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने खोप अभियानमा यसअघि जेठ २५, २६ र २७ गते भेरो सेलको पहिलो मात्रा लगाएकाहरुलाई मात्र दोस्रो मात्रा खोप दिइने उनले बताए ।

स्वास्थ्य महशाखाका अनुसार धरानमा यसअघि खोप अभियानको क्रममा २१ सय ४४ जनाले भेरो सेलका पहिलो मात्रा लगाएका थिए । उनीहरुको लागि मात्र उक्त खोप लगाइने भएको हो । त्यसबाहेक थप २ सय खोप यस अघि छुट भएका विष्णुपादुकावासीलाई दिइने बताइएको छ ।

फागुनमा पहिलो मात्रा लगाइएको कोभिडशिल्ड हालसम्म उपलब्ध भएको छैन् । तसर्थ उनीहरुको लागि भेरोसिल खोप नलगाइने भएको छ । कोभिडसिल्डको पहिलो मात्रा लगाएकाहरुलाई पनि सरकारले चाडै दोस्रो खोपको व्यवस्था गर्ने प्रमुख मेहताले जानकारी दिए ।

भेरो सेलको दोस्रो मात्रा लगाएपछि खोप लगाएको ओरजिनल कार्ड पनि दिइने जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका कोल्ड चेन निरीक्षक अधिकृत तारकेश्वर सिंहले जानकारी दिए । यो कार्ड विदेश यात्रा गर्नको लागि अनिर्वाय बनाइएको छ । कतिपय मुलुकहरुले खोप कार्ड विना प्रवेश निषेध गरेको छ ।

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

शिक्षित परिवारमै हिं ...

विराटनगर/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा ...

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved