धरान । चिनियाँ अनुदानमा प्राप्त भएको कोभिड १९ विरुद्धको खोप भेरो सेल धरानमा लगाउन सुरु गरिएको छ । संघीय सरकारले देशव्यापी रुपमा सुरु गरेको खोप अभियान अन्र्तगत धरानको छाताचोकस्थित स्वास्थ्य चौकीमा आज देखि ज्येष्ठ नागरिकहरुलाई भेरो सेल खोप लगाउन सुरु गरिएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा भेरो सेल खोप २ हजार १ सय ६० डोज आएको छ । धरानमा जेठ २५, २६ र २७ गतेसम्म तीन दिन खोप लगाईने मेहेताले जानकारी दिए । मेहेताका अनुसार आज बिहान १० बजेदेखि खोप ६० वर्षदेखि ६४ वर्ष उमेरसम्मका ज्येष्ठ नागरिकहरुलाई लगाउन सुरु गरिएको छ । आज पहिलो दिन मात्रै धरानमा लगभग १
विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक
इटहरी / सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा
धरान । पदाधिकारीहरुको आपसी द्वन्दका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाहरु प्रभावित हुन थाले पछि धरान नागरिक दबाब संजालले एक हप्ते अल्टिमेटम सहित अवश्था सुधार्न ध्यानाकर्षण पत्र बुझाएको छ । प्रतिष्ठानमा बढ्दै गएको बेथितीको अन्त्य गर्दै उपचार सेवा सुधार गर्न धराने नागरिकले संगठित रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । दुई दिन अघि धरानका बुद्धिजिवी, नागरिक समाजका अगुवा, विभिन्न राजनितिक दल, सामाजिक संघसंस्थाहरुको सामुहिक छलफलबाट महेन्द्र क्याम्पसका पुर्व प्राध्यापक प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा संजाल गठन गरेको थियो । संजालले आज प्रतिष्ठानका चारै जना पदाधिका
विराटनगरः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाईने छ । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मैगलबारबाट खोप लगाउने काम शुरु हुने साहले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका
विराटनगर । मोरङको विराटनगरमा अवस्थित बाल सुधार गृहमा रहेका बालकमा कोरोनाको संक्रमण पाइएको छ । गृहमा ५० जना बालकमा कोरोना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो । गत जेठ २ गते एक बालकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका अधारमा अन्यको समेत पीसीआर परीक्षण भएको थियो । कोरोना देखिएका बालकलाई महानगरको आईसेलेसनमा ‘आइसोलेट’ गरेर राखिएको र सुधार गृहका बालकहरुमा लक्ष्यण नदेखिएको गृहका प्रमुख मिलन चौहानले जानकारी दिएका छन् । बालबिझ्याईं सम्बन्धी मुद्दामा अदालतले फैसला गरी सजाय सुनाएका बालकलाई बाल सुधार गृहमा राख्ने गरिन्छ ।
धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे
इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले बताइन । उपमेयर गौतमको अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको हो । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिएको छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह समेत गरि
धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञानको डेपुडी डाइरेक्टरमा डाक्टर दिब्यराज मिश्र नियुक्त भएका छन् । विहिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहको सिफारीसमा उपकुलपती प्राडा ज्ञानेन्द्र गिरिले मिश्रलाई दुई बर्षका लागि प्रतिष्ठानको डेपुटी डाइरेक्टरमा नियुक्त गरेका हुन् । डा दिब्यराज मिश्र प्रतिष्ठानको पल्मोनोजोलीष्ट हुन् ।प्रतिष्ठानमा अघिल्लो कार्यकालमा कार्यबाहक उपकुलपती प्राडा गुरु प्रसाद खनालले डा दिलीप ठाकुरलाई ठाडो आदेशमा प्रतिष्ठानको ऐन विपरित नियुक्ती गरेको भन्दै आलोचना भएको थियो ।यस पटक प्रतिष्ठानको नियमावली अनुसार अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहाको सिफारीस
विराटनगर । प्रदेश १ मा बिहीबार ९ सय ८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४सय ३७ महिला र ५ सय ४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४सय ११ पुगेको छ । प्रदेश १ मा बिहीबार ७ सय ६४ जना संक्रमित थपिएका छन् । सुनसरीमा ३सय १, मोरङमा २ सय २, झापामा १सय २२, पाँचथरमा ७०, खोटाङमा १६, इलाममा १०, संखुवासभामा ६, धनकुटामा ५, उदयपुरमा २, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीम