भारतीय पेन्सन क्याम्पको रक्तदानमा ३ सय ४ पिन्ट रगत संकलन

  • पुस २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  भारतीय राजदुतावास, पेन्शन वितरण, कार्यालय, धरानले गत बर्ष झै यो बर्षपनि बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको सन्योजकत्वमा शनिवार रक्तदान साथै पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण शिविरको आयोजना गरेको छ ।

पिपिओ धरानले ३ सय ४ पिन्ट रगत संकलन गरि प्रदेश नम्बर १ कै सर्वाधिक रगत संकलन कर्ताको रुपमा देखिएको छ । गत वर्ष पिपिओ, धरानले २ सय ८३ पिन्ट रगत संकलन गरि सुनसरी जिल्लामै सर्वाधिक संकलनकर्ता रहेको थियो

संकलित रगत बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई हस्तान्तरण गरिएको थियो । यस आर्थिक बर्ष २०८०÷८१ को सुनसरी जिल्लामा मात्र नभएर कोशी प्रदेशमा आयोजना गरिएको कार्यक्रमहरु मध्ये सर्वाधिक संकलन कर्ता हुन सफल भएको छ ।

कार्यक्रममा गत बर्षझै भारतीय भुतपुर्व सैनिक तथा तिनका आश्रितहरु, नेपाल प्रहरी, नेपाली सेना, सशत्र प्रहरी बलका जवानहरु, रोटरी क्लब, लाईन्स क्लब, महिला भु.पु. समिती, महिला संजाल धरान, सत्य साई संस्था, ब्रम्ह कुमारी संस्था, उध्योग वाणिज्य संघ,

सुनसरी, पुर्वाञ्चल क्याम्पस, हातीसार केन्द्रीय प्रविधिक क्याम्पस, महेन्द्र बहुमुखि क्याम्पस धरान, पिपिओ धरानका कर्मचारी र परिवारजनले तथा अन्य सर्वसाधारणहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सुनसरी, उदयपुर, मोरङ्ग, धनकुटा तथा झापा जिल्लाका भारतीय भु.पु. समितीहरुको पनि बाक्लो सहभागिता थियो ।

समाजिक उत्तर दायत्वलाई वहन गर्दै सोहि दिन पिपिओ, धरानले पहिलो पटक महिलाहरुको पाठेघर र स्तन क्यान्सरको निस्शुल्क परिक्षण शिविरको आयोजना गरिएको थियो । शिविरमा महिलाहरुको पाठेघरको साथै स्तन क्यान्सरको परिक्षण गरिएको थियो ।

शिविरमा १ सय ९२ महिलाहरुले विषेशज्ञद्वारा निशुल्क परिक्षण गराई फाइदा लिएका थिए । यस सुवर्ण अवसरमा उल्लेखनीय सहभागिता रही आफनो स्वास्थ्यको परिक्षण गराउनु एक ऐतिहासिक सफलताको रुपमा पनि लिन सकिन्छ ।

यस कार्यक्रममा पिपिओ धरानको आथित्यलाई स्विकार गर्दे धरान उप(महानगरपालिकाका उपमेयर आईन्द्र विव्रmम वेघा, पुर्व संघिय सांसद माननिय मिना सुब्बा, सहायक प्रमुख जिल्ला अधिकारी, इलाका प्रसाशन कार्यालय धरान अनुप घिमिरे,

इलाका ट्राफिक प्रहरी कायाृलयका प्रहरी उपरीक्षक सरोज पौडेल, राष्ट्रिय अनुसन्धान विभागका डिआईजी किशोर श्रेष्ठ, सशत्र प्रहरी बलका डिएसपी बुद्धी नारायण महर्जन, ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नवराज मल्ल,

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक सुवास केसी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान,

धरानका डक्टर राजिव मर्हजन अर्थोपेडिक, हातीसार केन्द्रीय प्रविधिक क्याम्पसका उपाध्यक्ष बबिता अधिकारी, महेन्द्र बहुमुखि क्याम्पस धरानका उपाध्यक्ष चन्द्र कुमार राई तथा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलबाट ब्लड बैंकका विभागिय प्रमुख डाक्टर बिपिनुको उपस्थिती रहेको थियो ।

तस्बिरहरु :

iiiiii i iii iiiii iiii

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved