महानगरमा सहकारी व्यवस्थापन तालिम सुरु

  • पुष २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिकाको आयोजनामा आइतबारदेखि सहकारी व्यवस्थापन सम्बन्धी तालिम सुरु भएको छ ।

तालिमको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगर क्षेत्रमा सञ्चालित सहकारीका व्यवस्थापक सहभागी तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइनेछ ।

दुई चरणमा चार दिनसम्म सञ्चालन हुने तालिममा एक सय जनाको सहभागिता रहेको छ । कार्यक्रममा मेयर कोइरालाले सहकारीका नीति र सिद्धान्तविपरीत सञ्चालन हुँदा सहकारीहरुमा समस्या आएको बताए ।

उनले महानगरको टोलीले अनुगमन गर्दा धेरै सहकारीहरुको कार्यालय नभेटिएको समेत सुनाए । कृषि सरकारी, बहुद्देश्यीय सहकारी, उपभोक्ता सहकारी भनेर दर्ता गरे पनि सबैजसो सहकारीले बचत र ऋणकै काम गरिरहेको उनको भनाइ थियो ।

“यसको मतलब सहकारीहरुले जुन उद्देश्यका लागि भनेर दर्ता भएका थिए त्यसअनुसार काम गरेका छैनन्,” कोइरालाले भने, “सहकारी विभागले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर महानगरले अनुगमन गर्दा धेरै सहकारीले २० प्रतिशतसम्म ऋण लगानीमा ब्याज लिएको पाइएको छ ।”

सहकारी गरिबी निवारणसँग सम्बन्धित हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो थियो ।

हुनेखानेले सहकारी खोलेर घरजग्गामा लगानी गर्ने अनि गरिबका पैसा डुब्ने गरेको उनको भनाइ थियो ।

“हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुंगो छैन,” उनले भने, “पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेका छन् ।”

कोइरालाले ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको आरोपसमेत लगाए ।

उपमेयर शिल्ला निराला कार्कीले दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरुले सम्पर्कविहीन भइरहेको बताइन् ।

नियमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै बहिखाता व्यवस्थित गरेको उपमेयर कार्कीको भनाइ थियो । उनले हाल न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको जानकारी दिइन् ।

महानगरको आर्थिक समितिका संयोजक एवं विराटनगर १९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुनी ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताए ।

उनले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिइएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकाले अब कुनै पनि त्रुटि हुन नहुने दाबी गरे ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved