बिपी प्रतिष्ठानमा विद्यार्थी कोटा थपिने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

  • पुस २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  आउँदो शैक्षिक सत्रबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

प्रतिष्ठानको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै उनले भने, “पछिल्लो समय चिकित्सा शिक्षा ऐनमा भएको संशोधनले ५० जना विद्यार्थी कोटा कटौती गरेपछि प्रतिष्ठान आर्थिक संकटमा परेको पाइएको छ । त्यसैले आउँदो शैक्षिक सत्रबाट कटौती भएको विद्यार्थी कोटा थप्ने व्यवस्था गरिने छ ।”

मन्त्री बस्नेतले प्रतिष्ठान धरानको मात्र प्रतिष्ठा नभई एसियाकै ठुलो अस्पताल रहेकाले नेपालकै प्रतिष्ठाका रूपमा रहेको उल्लेख गर्दै यसलाई जोगाउनु सबैको दायित्व भएको पनि बताए । प्रतिष्ठानले माग गरेको एमआरआई मेसिनका बारेमा मन्त्रालयको पनि ध्यानाकर्षण भएको बताए ।

उनले त्यसका लागि ३० करोड रुपियाँ लाग्ने भए पनि प्रतिष्ठानको आवश्यकतालाई बुझेर यसै वर्ष मेसिन खरिद गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी प्रतिष्ठानमा डायलासिस मेसिनको कमीका बारेमा गरिएको मागका बारेमा पनि मन्त्री बस्नेतले मन्त्रालय सकारात्मक रहेको बताए ।

स्वास्थ्य बिमाका बारेमा सरकारले नयाँ धारणा अनुसार काम सुरु गरेको बताए । उनले बिमालाई उपचारका लागि भन्दा उपयोग गर्ने प्रवृत्ति निरुत्साहित गर्दै अब एक ठाउँमा गरेको बिमाले जुनसुकै अस्पतालमा उपचार पाउने व्यवस्था गर्ने नीति बनाउने पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले बिपी प्रतिष्ठानमा पछिल्लो समय डाक्टर, कर्मचारीको बढुवा प्रव्रिmयालाई लिएर निकै विवाद भए पनि आउँदो वर्षसम्ममा बढुवा प्रव्रिmया अगाडि बढाउने बताए ।

मन्त्री बस्नेतले पैसाको अभावमा कोही पनि नेपालीलाई मर्न नदिने जिम्मा राज्यले लिने भन्दै पैसाको अभावले उपचार गराउन नसक्ने कोही बिरामी भए वडाले सिफारिस गरेर पठाएमा सम्बन्धित अस्पतालमा समन्वय गरेर निःशुल्क उपचार गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रतिष्ठानको इमर्जेन्सी वार्ड, ओपडी वार्डदेखि सर्जरी भवनलगायत सबै भवन अनुगमन गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved