बेलायतको प्रतिभा सम्मान रसिक र पुरस्कार मेन्याङ्बोलाई

  • पुस २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान र प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई प्रदान गर्ने निर्णय गरेको छ ।

हालै बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो । लगभग पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–सङ्गीतका साथै कथा, कविता, उपन्यास,

संस्करण र निबन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा दिएको अतुलनीय योगदानको कदर गर्दै प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टङ्क वनेमले बताए ।

रसिकका क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह, २०२७), रसिकका गीतहरू (गीत सङ्ग्रह, २०४५), आकाशगङ्गाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा सङ्ग्रह, २०५८),

दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधीनताको पीडा (गीत सङ्ग्रह, २०६८), पेरुङ्गो संस्करण (पाँच कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २), ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन् ।

यसैगरी लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ भने फुटकर रूपमा उहाँका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन् । हाल उहाँ मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न रहनुभएको छ ।

पुरस्कारको राशि नगद एक लाख र सम्मान ५० हजार रुपियाँ छ । प्रतिष्ठानका महासचिव चोक गुरुङका अनुसार सम्मान तथा पुरस्कार चैतको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गर्ने कार्यक्रम छ ।

सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र विमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन् भने गत वर्ष वरिष्ठ कवि वैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो ।

यसैगरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान बल, बलराम अधिकारी, शुभ मुकारूङ, विमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसक्नुभएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved