निगाले सिमेन्ट उद्योग बन्द

  • पुष १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ आर्थिक संकटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो ।

दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । उत्पादन ठप्प भएपछि उद्योगका १ सय ५० जना भन्दा बढी कर्मचारी बेरोजगार बनेका छन् ।

आर्थिक संकटकै कारण उद्योगले दैनिक लाखौँ रुपियाँ घाटासमेत बेहोर्नुपरेको परेको छ ।

उद्योग गलत ठाउँमा खुलेका कारण सुरुवातदेखि नै चिसोका कारणका तीन सय टन उत्पादन क्षमता रहेको उद्योगले दैनिक एक सय ५० टन मात्रै उत्पादन गर्दै आएको कर्मचारी सरोज सेढाइँले जानकारी दिनुभयो ।

कोभिडले थला पारेपछि सुरु भएको आर्थिक मन्दीका कारण भारतको विभिन्न क्षेत्रबाट आउने कोइला, बक्साइट, लेटराइट, जिप्समलगायतको कच्चा पदार्थको मूल्य अत्यधिक बढ्नु र सिमेन्ट बिक्री ठप्प हुँदा उद्योग बन्द भएको हो ।

उद्योग सञ्चालन हुँदा कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभाको सिमेन्टको ८० प्रतिशत माग धान्दै आएको थियो ।

यता उद्योगले जरिवाना बाहेक १४ करोड १८ लाख ३३ हजार ९ सय १० रुपियाँ विद्युत महसुल तिर्न बाँकी रहेपछि विद्युत प्राधिकरण धनकुटाले लाइन काटेको छ ।

धनकुटामा निगाले सिमेन्ट सहित साना र मझौला उद्योग आर्थिक संकटको कारण धमाधम बन्द भइरहेको र सञ्चालनको लागि तीनै तहको सरकारले पहल गर्नुपर्ने धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved