राज्यको निकाय मौन बसेको भन्दै एमालेको ध्यानाकर्षण

  • पुष १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यको सम्बन्धित निकाय मौन बसेको भन्दै नेकपा एमाले धरान नगर कमिटीले ध्यानाकर्षण गराएको छ ।

मेयर राईले कार्यकक्षबाट कार्यपालिकामा कुनै छलफलको विषय प्रवेश नगरि नगराई राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा राज्यका सम्बन्धित निकायहरु समेत वेखवर जस्तै भई मुखदर्शक भएको बुधबार विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संविधानले गरेको व्यवस्था बमोजिम स्थापित संस्था र उक्त पदमा बसेका व्यक्तिले त्यही संविधान तथा प्रचलित कानुन विरुद्ध गरेका कार्यहरू नैतिकता माथिका गम्भीर प्रश्न र व्यवस्था विरुद्धका कार्यहरू रहेको एमाले धरान उपमहानगर अध्यक्ष हर्कजंङ एभेङद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा लेखिएको छ, ‘हामी संविधानको पूर्ण पालना, विधिको शासन र लोकतान्त्रिक आचरणमा पूर्ण विश्वास राख्ने पार्टी भएको स्पष्ट पार्दै नगर प्रमुखलाई राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर तत्काल राख्न ध्यानाकर्षण सहित माग गर्दछौ ।’

नगर प्रमुखले धरानलाई विकासको गतिमा अगाडि बढाउने, जनताका समस्या सुन्ने, रोजगारी र व्यापारिक क्षेत्रहरूको विस्तार र विकास गर्ने जस्ता महत्वपूर्ण कार्यहरूमा निरन्तर छलफल गरी समग्र धरानको विकासका लागि संयुक्त पहल गर्नु पर्ने बेलामा संकुचित विचार र व्यवहारबाट माथि उठ्न नसकेको ठम्याई रहेको विज्ञप्तीमा लेखिएको छ ।

संविधानको पूर्ण पालना, आपसी सद्भाव र समग्र धरानको विकासका लागि सहकार्य गर्दै अघि बढ्न नगर प्रमुखलाई आग्रह समेत गरिएको छ ।

विज्ञप्तीमा छ, ‘संविधान र प्रचलित कानुनमा ब्यबस्था भए विपरित धरानका जनताको नेतृत्वमा रहेका नगर प्रमुखबाट कार्यहरु भईरहेकोमा उक्त कार्य विरुद्ध सम्पुर्ण राजनैतिक दलहरु समेतले विरोधका कार्यक्रमहरु गरिरहँदा पनि कुनै सुनुवाई नगरेको आरोप छ ।

धरानको समग्र विकास र धरानको सम्बृद्धिलागि सबैसँग सहकार्य गर्दै अघि बढ्न र द्धन्दरहित धरान बनाउन र प्रचलित कानुनमा भएका व्यवस्थालाई गम्भिर भएर परिपालन गर्न गराउन ध्यानाकर्षण समेत गराएको छ ।

धरानलाई विकास र संमृद्धीको बाटोमा अगाडि बढाउन सबैसँग हातेमालो गरी द्धन्द रहित वातावरण सृजना गर्न र संविधानले गरेको व्यवस्थालाई पूर्ण पालना गर्न ध्यानाकर्षण सहित सचेत गराएको छ ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved