विवादकै बिच धरान डे मनाउने तयारी

  • पुष १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उत्सवको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित नहुने भएका छन् । धरानका मेयर हर्क साम्पाङ्ग प्रधानमन्त्री धरान आाउने भए मात्र उनको तस्तिर आफ्नो कार्यकक्षमा टाँग्ने अडान लिएका थिए ।

धरान स्थापनाको अवसरमा पुस २० गतेदेखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरेर धरान उत्सव मनाउने तयारी भएको छ । त्यसमा प्रधानमन्त्री नआउने जनाउ पाएपछि प्रमुख अतिथि बिनै धरान उत्सवको उद्घाटन गर्ने तयारी मेयर राईले गरेका छन् ।

‘धरान उत्सव –२०८०’ को प्रमुख अतिथी उत्सवमा आएका एकजना बयो वृद्ध जेष्ठ नागरिकलाई बनाइने भएको छ । स्थापना दिवस भएको हिसाबले उत्सबमा आएका एकजना बयोवृद्ध जेष्ठ नागरिकलाई मंचमा चढाएर उहाकै हातबाट केक काटेर उदघाटन गर्ने उनले बताए ।

धरान स्थापना दिवसको अवसर पारेर सुरु गर्न लागिएको धरान उत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्रीले समय उपलब्ध नगराएपछि साम्पाङ्गले आफ्नो कार्यकक्षमा राखिएको प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका थिए ।

प्रधानमन्त्रीले आफूलाई अपमान गरेकाले तस्बिर हटाएको उनले बताउँदै आएका छन् । तस्बिर राख्न गएका दलका भ्रातृ सङ्गठनका नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले रोकेपछि भएको वार्तामा समेत साम्पाङ्गले प्रधानमन्त्रीलाई बोलाए मात्र तस्बिर राख्ने बताएका थिए ।

धरान उत्सवका लागि मङ्सिरको १७ गतेबाटै तयारी थालिएको बुधवार भएको पत्रकार सम्मेलनमा मेयर हर्कराज राईले बताए । उनले उत्सव उद्घाटनको अवसर पारेर पुस १९ गते नै सरसफाइ आयोजना गरिने जानकारी दिए । भोटे पुलमा रहेका हिमालयन पेट्रोल पम्पदेखि तिनकुनेसम्म सरसफाइ गरिने छ ।

धरान उत्सव भने पुस २० गते नै उद्घाटन गरिने छ । सो अवसरमा ¥याली आयोजना गरिने तथा २१ गते साइक्लिङ, साहित्यिक सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

पुस २२ गते वाकथन र विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने छ । धरान उत्सवको अवसरमा लोकदोहोरी प्रतियोगिता र लगानी गोष्ठी समेत आयोजना गरिने तयारी भएको छ ।
उत्सवका बारेमा आवश्यक छलफल र तयारी नभएको भन्दै धरानमा मेयर राईको विरोध भइरहेको छ ।

धरानका उप प्रमुख आइन्द्र विक्रम बेघाले आवश्यक तयारीका विषयमा आफूलाई नभई मेयर सोध्न आग्रह गरे ।

उनले भने, ‘को प्रमुख अतिथि आउनु हुन्छ ? उहाँलाई थाहा छ । हामी धरान उत्सव मनाउने विषयमा भने एक छौं ।’

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved