हात्ती आतंक रोक्न सरकार प्रतिबद्ध : मन्त्री उप्रेती

  • पुष १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनग/ हात्ती आतंकले प्रताडित बनेका कोशी प्रदेशका किसान तथा स्थानीयलाइ राहत दिन सरकार प्रतिबद्ध रहेको कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ बताएका छन् ।

विगत केही महिना देखि झापा, मोरङ, सुनसरीमा हात्ती आतंक बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आएका हात्ती फर्कने बाटो भुले पछि झापा, मोरङ, सुनसरीमा हात्ति आतंक बढ्दै गएको हो ।

मन्त्री उप्रेतीले मंगलबार प्रदेशसभामा शून्य तथा विशेष समयमा मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै हात्तीले निम्त्याएको प्रकोपका विषयमा सरकार गम्भीर भएको बताएका हुन् ।

सरकारले तत्कालै हात्ती करिडोर क्षेत्र बनाउने र वन्यजन्तुमैत्री जंगल व्यवस्थापन प्रक्रियाबाट अगाडि बढाउने बताउँदै मन्त्री उप्रेतीले त्यसको स्थायी समाधान हुने औंल्याए । उनले भने, ‘हामीले बजेटमै हात्ती करिडोर बनाउने भनेर व्यवस्था गरेका थियौं, त्यो काम सरकारले अगाडि बढाएको छ, हात्तीको प्रकोप वन विनाससँग जोडिएको छ ।

यो विषयमा मुख्यमन्त्रीज्युले यसअघि सदनमै बताइसक्नुभएको छ ।’
उनले हात्ती करिडोर क्षेत्र बनाउन सबैको सहकार्य आवश्यक हुने बताए ।

वन्यजन्युमैत्री वन–जंगल व्यवस्थापनमात्रै हात्ती प्रकोपको दीगो समाधान हुने उनले बताए । ‘अहिले हामीले जुन ढंगले वन विनास गरिरहेका छौं, त्यसले पनि वन्यजन्तु मानवबस्ती पुगेर बासस्थान तय गर्नुपर्ने बाध्यतामा छन्,’ उनले थपे, ‘यसले वन्यजन्तु र मानवबीच हिंसा उत्पन्न हुने परिस्थिति बनेको छ ।’

हात्ती प्रकोपको अल्पकालीन समाधानका लागि वन मन्त्रालयअन्तर्गतका डिभिजन कार्यालयहरूले सम्बन्धित ठाउँमा सुरक्षा संयन्त्र परिचालन गर्नेदेखि लिएर सचेतनाका कार्यक्रमहरू भएको मन्त्री उप्रेतीको भनाइ छ ।

साथै उनले हात्ती भारतीय र नेपाली नहुने पनि उल्लेख गरे । ‘हात्तीको कुनै नागरिकता हुँदैन,’ उनले भने, ‘हिजो भर्खरै हात्ती मारिएछ, गोली हानेको आशंका छ । त्यसरी हात्ती मार्न पाइँदैन ।’

हात्तीको आक्रमणमा परी मृत्यु भएकाको परिवारलाई राहत र क्षतिपूर्तिस्वरूप किरिया खर्चबापत ५० हजार दिइएको र क्षतिपूर्तिका लागि पहल थालिएको उनले बताए ।

बाली र घरको क्षतिका विषयलाई लिएर अहिलेसम्म कुनै निवेदन नपरेको उल्लेख गर्दै मन्त्री उप्रेतीले त्यस्ता निवेदन आएमा क्षतिपूर्ति उपलब्ध गराइने पनि उल्लेख गरे ।

धरानमा एमालेको बिरास ...

 धरान/नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्र ...

क्याम्ब्रिज र प्राइम ...

धरान/ पुनःस्थापना गृहमा आश्रय लिएर बसेका व्यक्तिहर ...

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved