एसईई आईडल चैतको तेश्रो सातादेखि अडिसन शुरु

  • पुष १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ ‘शिक्षाको लागि लगानी’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कोशी प्रदेश स्तरीय ‘एसईई आईडल –२०२४’ को तयारी शुरु भएको छ ।

एसईई परीक्षा दिएर वसेका विद्यार्थीहरुको गायन र नृत्यको प्रतिभालाई उजागर गर्ने उदेश्यले फत्लाङलुङ मिडिया हाउस प्रालीको आयोजनामा हुने चौथो संस्करणको तयारी शुरु भएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

आयोजकका कार्यक्रम निर्देशक राम बहादुर लिम्वूले पत्रकार सम्मेलनमा एसईई आइडलको तयारी शुरु गरिएको विज्ञप्ती मार्फत जानकारी गराएका थिए । उनका अनुसार यस वर्षको अडिसन चैत्र महिनाको तेश्रो हप्तादेखि शुरु हुने भएको छ ।

आयोजक प्रा.लीका अध्यक्ष डम्बर कुमार तुम्बापोका अनुसार प्रतियोगिता कोशी प्रदेश स्तरीय हुने छ ।

उनले भने, ‘विगतको वर्ष झै यो वर्ष पनि एसईई आईडल प्रतियोगिताको तयारी हामीले बेलैमा शुरु गरेका छौ, यसर्थ प्रतियोगिताको उद्धेश्य र उपलव्धी हासिल गर्नको लागि कोशी प्रदेशकको १४ वटै जिल्लाका विद्यार्थीलाई सहभागि गराउने छौ, यो प्रतियोगितामा सामुदायिक विद्यालय र निजी विद्यालय दुवै विद्यालयका विद्यार्थी सहभागि हुन पाउने छन् ।’

एसईई दिएर वसेका विद्यार्थीहरुका लागि आयोजकले प्रतियोगितामा सहभागि हुनका लागि निशुुल्क फारम वितरण गर्ने छ । आयोजकले प्रतियोगिताको लागि कोशी प्रदेशको विभिन्न जिल्लामा गएर र्चैतको तेश्रो सातादेखि अडिसन शुरु गर्ने भएको छ ।

कार्यक्रम संयोजक तीर्थ कार्कीका अनुसार प्रतियोगिता ४ राउण्डमा हुने छ भने विद्यार्थीको क्षमता विकास र व्यतिmत्व विकासको निम्ति निशुल्क विविध तालिमको पनि व्यवस्था गरिएको छ ।

उनले भने, ‘विद्यार्थीका लागि गीत संगीत र तृत्य विधासँगै क्षमता विकासका लागि जीवन उपयोगि तालिमहरुको पनि व्यवस्थासँगै व्यतिmत्व विकासको विविध प्याकेजमा तालिम प्रदान गरिने छ ।’

युएन नवोदय कलेज धरानको प्रायोजनमा यो प्रतियोगिता चौथो चरणमा हुँदैछ भने यस वर्ष १५ सय विद्यार्थी प्रतियोगितामा सामेल हुने अनुमान आयोजकको रहेको छ ।

विजेताले नगद ५० हजार सहित कक्षा ११ र १२ मा अध्ययन गर्न ३ लाख बराबरको पुर्ण छात्रवृति सहित विविध गिफ्ट ह्याम्पर र मुस्ताङ भ्रमण निशुल्क गराउने छ । फस्ट रनरअपले नगद ३० हजार सहित कक्षा ११ र १२ अध्ययन गर्नको लागि ८० प्रतिशत छाञवृति र आकर्षक गिफ्ट ह्याम्पर ।

सेकेण्ड रनर अपले ट्रफि र नगद २० हजार र कक्षा ११ र १२ अध्ययन गर्नको लागि ७० प्रतिशत छात्रवृति र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने टप टेन फाइनलिष्टहरुलाई कक्षा ११ र १२ को अध्ययनको लागि ५० प्रतिशत छात्रवृतिको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागि हुने इच्छुक विद्यार्थीका लागि अनलाईन फारम समेत भर्न सक्ने छन् ।

अनलाइन फारम एफटिएल अनलाइन टिभीमा राखनिे जनाईएको छ भने डिजिटल अडिसन मार्फत पनि सहभागिले भाग लिने पाउने व्यावस्था गरिएको छ ।

अध्यक्ष तुम्बापोका अनुसार कोशी प्रदेशभरीका विभिन्न जिल्लामा रहेका विद्यार्थीको सहजताको निम्ति यो प्रणालीको व्यवस्था गरिएको हो ।

 

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved