धरानमा पनि मनाइयो तमु ल्होसार

  • पुस १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ ।

ल्होसार भनेको नयाँ वर्ष हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ ।

प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पति भएको मानिन्छ । यसैलाई आधार मानेर संसारभरिका गुरुङ समुदायले यो पर्वलाई हर्षोल्लासका साथ मनाउने प्रचलन छ ।

सबै जातजातिको आ आफ्नै संस्कृति, परम्परा र रितिरिवाज हुन्छ । यस्तै गुरुङ जातिको पनि तमु ल्होसार महत्वपूर्ण चाड हो । विशेष गरेर नयाँ बर्षको रुपमा गुरुङ समुदायले मनाउने गर्छन् ।

यो चाड धरानमा समेत प्रत्येक बर्ष गुरुङ समुदाय एकै ठाउँमा भेला भएर मनाउने प्रचलन छ ।

धरान १८ मा रहेको गुम्बामा प्रत्येक बर्ष उनीहरुले सामुहिक रुपमा तमु ल्होसार मनाउन गर्छन् ।

उनीहरुको चाडलाई धरानका अन्य जातजाति समेत सहभागी भएर शुभकामना दिने प्रचलन बढ्दै गएको छ ।

घर घरमा मनाउने यो पर्व पछिल्लो समय सामुहिक त्यसमा पनि साझा पर्वको रुपमा विकास हुदै गएकोप्रति तमु छोंज धिका अगुवाहरु समेत उत्साहित देखिन्छन् ।

उनीहरुले सामुहिक रुपमा यो चाड मनाउदा आफ्नो परम्परा तथा सँस्कृति जगेर्नामा सहयोग पुग्ने तमु छोँज धीका अगुवा डम्बर तमु गुरुङ बताउँछन् ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगायतका साजसज्जामा बृद्धबृद्धादेखि युवा पुस्ताहरु पर्व मनाउन आएका थिए ।

पुर्खाहरुले निरन्तर मनाउदै आएको यो पर्व जगेर्ना गर्ने पालो युवा पुस्ताको रहेको तमु ल्होसारमा सहभागी टंककुमारी गुरुङ बताउछिन् ।

अहिले धरानमा मनाउने गरेका आदिवासी जनजातिका चाडपर्व होस् या हिन्दु सनातनधर्मालम्बीले मनाउने गरेका चाडपर्व होस् सबै साझा पर्वको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ ।

यस्ता पर्वलाई धरानेहरुले धार्मिक विवेदलाई अन्त्य गर्दै सद्भाव कायम गर्ने कडीको रुपमा लिने गरेको पाइएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved