प्रथम इलाम गोल्डकप : माघ ६ देखि

  • पुस १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान./ इलाम फुटबल खेलका लागि उर्वर भूमि मानिन्छ । लोकबन्दु गुरुङ, छिरिङ गुरुङ, नवयुग श्रेष्ठजस्ता राष्ट्रिय खेलाडीहरुको जन्मभूमि हो इलाम तर जिल्लामा कतै पनि पक्की प्यारापेटसहितका स्तरीय खेलमैदान छैनन् ।

पक्की प्यारापेटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ ।

आगामी माघ ६ देखि १३ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडीखेलमा अन्तर्राष्ट्रिय आमन्त्रण ‘प्रथम इलाम गोल्डकप’ हुँदैछ ।

गोल्डकप सञ्चालनका लागि तीन हजार बढी बाँस प्रयोग गरेर अस्थायी प्यारापेट बनाउन थालिएको आयोजक रेडहर्ष फुटबल क्लबका सचिव प्रकाश घिमिरेले बताए ।

सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्यारापेट निर्माण गर्नु आयोजकको बाध्यता भएको सचिव घिमिरेले बताए । इलामका अधिकांश क्षेत्रमा आयोजना हुने गोल्डकपमा बाँसको अस्थायी प्यारापेट प्रयोग गर्ने गरिएको छ ।

अस्याथी प्यारापेट करिब चार हजार दर्शक अटाउने क्षमताको रहेको सचिव घिमिरेले जानकारी दिए । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्यारापेट निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

अस्थायी प्यारापेट निर्माणसँगै इलाम गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ ।

“सदरमुकामको मुख्यबजारसँगै रहेको टुँडीखेलमाल स्थायी प्यारापेट नभएकाले बाँसको अस्थायी प्यारापेट निर्माण गरिरहेका छौँ”, सचिव घिमिरे भने, “दर्शकको सुविधाका लागि प्यारापेट निर्माणको काम ७५ प्रतिशत सकिएको छ ।”

मैदानको एकातर्फ जमिनको भूभाग भएकाले बाँकी तीन भागमा बाँसको अस्यायी प्यारापेट निर्माण गरिएको घिमिरे बताए । टुँडीखेल स्तरोन्नति र प्यारापेट निर्माणका लागि रु १० लाख खर्च लागेको उनले बताए ।

गोल्डकपमा आयोजकसहित नेपालका ‘ए’ डिभिजन क्लब र भारतका क्लब गरी आठ टोलीको सहभागिता रहने आयोजक रेडहर्ष फुटबल क्लबका अध्यक्ष साङ्गे योल्मुले जानकारी दिए । उनका अनुसार आयोजक रेडहर्ष फुटक्बल क्लबसहित ‘ए’ डिभिजन क्लब न्युरोड टिम

[एनआरटी], एकाडेमी रोयल एक्सिलेन्सा डुबाला क्यामरुन, पाँचथर युवा क्लब, झापा युनाइटेड, जागृती युवाक्लब इटहरी, बागमती युवाक्लब र विदेशी टोली भारत दार्जिलिङको सहभागिता रहनेछ ।

गोल्डकप विजेताले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् ।

यसअघि सदरमुकाममा माईभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप सञ्चालन हुँदै आएको थियो तर छैटौँ संस्करणसम्म सञ्चालन भए पनि विविध कारण देखाउँदै स्थगित भएपछि पहिलोपटक इलाम गोल्डकप सुरु हुन लागेको खबर राससले प्रकाशित गरेको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved