नीजि स्तरबाट विद्यालयलाई सहयोग

  • पुष १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका वडा नं. १६ मा छात्रालाई मात्र लक्षित गरी नेपाल सरकारले विद्यालय सञ्चालन गरे पनि राज्यबाट भन्दा पनि सहयोगी दाताहरुको सहयोगमा विद्यालय सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशमै छात्रालाई मात्र लक्षित यो विद्यालय स्थापना भएको हो । स्थापना भएको ७६ बर्ष वितिसक्दा पनि सरकारी स्तरबाट भन्दा न्यून सहयोग प्राप्त हुदै आएको छ । तर निजी क्षेत्रबाट भने यो विद्यालयको शैक्षिक गुणस्तरमा ठूलो सहयोग प्राप्त हुदै आएको छ ।

वि.सं. २००४ सालमा स्थाना भएको धरानकै एक मात्रा छात्रा लक्षित विद्यालयमा अध्ययनरत छात्राहरु राज्यका विभिन्न महत्वपूर्ण ओहादामा समेत रहेका छन् ।

छात्रालाई मात्र लक्षित गरी कक्षा १२ सम्म सञ्चालन भएको यो विद्यालयमा सरकारी स्तरभन्दा पनि नीजि क्षेत्र, विभिन्न संघ संस्थाले गरेको सहयोग महत्वपूर्ण बन्दै गएको छ ।

यसरी सहयोग गर्ने संस्थाहरुमध्ये रोटरी क्लब अफ धरान पनि एक हो । आफै तथा सहयोगी हातहरुसँग सहयोग लिएर समेत यो विद्यालयलाई क्लबले सहयोग पु¥याउदै आएको छ । क्लबले लामो समयदेखि शैक्षिक तथा विद्यालयको भौतिक संरचना निर्माणमा सहयोग पु¥याउदै आएको छ ।

विद्यालयको वातावरण स्वच्छ राख्न विद्यालयको प्रांगरणमा वृक्षारोपण गर्ने, शौचालय निर्माण गरिदिने, शैक्षिक सामाग्रीसँगै खेलकुदका सामाग्री समेत वितरण गर्दै आइरहेको छ ।

पछिल्लो समय पनि यो विद्यालयललाई रोटरीले खेलकुदाका सामाग्री भलिबल, फुटबल बास्केटबल, व्याडमिन्टन, चेस बोर्ड लुडोको बोर्र्ड लगायतका ९ हजार भन्दा बढी मूल्य पर्ने सामाग्री वितरण गरेको छ ।

त्यहाँ कार्यरत शिक्षकहरु सहयोगकै कारण सञ्चालनमा सहज भएको शारदा बालिका नमूना माविका शिक्षक पदम लुइटेल बताउँछन् ।

यतिमात्र हैन रोटरीले विद्यालयका विद्यार्थीहरुलाई समयानुसारका पोसाक समेत वितरण गर्दै आइरहेको छ ।

चिसो बढ्दै गएको अवस्थामा रोटरी क्लबमा आवद्ध रहनु भएकी हाल अमेरिका निवासी लिलादेवी श्रेष्ठले रोटरीमार्फत त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयमा प्रयोग हुने ३० थान स्वीटर र घरमा बस्दा लगाउने १२ थान स्वीटर विद्यालयलाई प्रदान गरेकी छन् ।

विद्यालयको शैक्षिक गुणस्तरदेखि भौतिक संरचना निर्माण, जाडोका न्यानो लुगाहरु नियमित प्रदान गर्दै आइरहेको रोटरी क्लब धरानका अध्यक्ष शिवनन्द साहले बताऐ ।

उनले सचिव श्रेष्ठले अमेरिकाबाट सहयोगकैलागि नियमित रोटरीलाई रकम पठाउने र रोटरीको संयोजनमा विभिन्न सहयोग गर्ने गरेको बताए ।

एकमात्र छात्रामात्र अध्ययन गर्ने यो विद्यालय धरानको नमूना विद्यालयकै रुपमा परिचित छ । अहिले तीन तहका सरकार भएपनि यो विद्यालय सञ्चालनका लागि प्रयाप्त सहयोग छैन । यस्ता सामाजिक संघ संस्थाकै सहयोगमा विद्यालयका विद्यार्थीहरुको शैक्षिक गतिविधिमा सहज बन्दै गएको छ ।

 

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved