काँकड्भिट्टा लौकही सडक निर्माणको काम शुरु

  • पुस १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt - सुमन पुरी

सुनसरी/  झापाको काँकड्भिट्टादेखि सुनसरीको रामधुनीसम्म एसियन हाइवे मापदण्डको सडक निर्माणको प्रक्रिया शुरु भएको छ ।

९६ किलोमिटर सडक निर्माणका ३ वटा खण्डमा ठेक्का लागेको छ । यस्तै सो सडकमा पर्ने पुल निर्माणका लागि पनि ठेक्का लागि काम शुरु भएको हो ।

काँकडभिट्टा लौकही सडक आयोजनाका इटहरी प्रमुख जगत प्रजापतिका अनुसार काँकड्भिट्टा देखि ४५ किलोमिटर पश्चिमसम्मका पूर्वी खण्ड, ४५ किलोमिटर देखि ४५ किलोमिटर पूर्वी खण्ड र ८५ देखि ९७ किलोमिटर सम्म इटहरी खण्ड भनेर ठेक्का लागेको छ ।

३ बर्षमा काम सम्पन्न गरिसक्नु पर्नेगरि सडकको तीन खण्ड र ३ सय मिटर भन्दा लामा पुल बनाउनका लागि अर्को ठेक्का लागेको प्रजापतिले जानकारी दिए ।

काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक निर्माण गर्नु पर्ने भएपनि बजेट अभाबका कारण पुरै सडक र पुलको ठेक्का लाग्न सकेको छैन ।

एसियाली विकास बैकको आर्थीक सहयोगमा निर्माण हुने सडकको ठेक्का लागेपनि ठेकेदार कम्पनीलाई मोवीलाइजेसन खर्च भने उपलब्ध गराइ नसकेकाले समय सिमाको काउन डाउन भने शुरु भइनसकेको प्रजापतिले जानकारी दिए ।

पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एशियसन कन्ट्रक्सन कर्पोरेशले पाएको छ । उसलाई १० अर्व रुपैयाँमा ४५किलोमिटर सडक निर्माणको काम गर्नेगरि ठेक्का दिइएको एडीवी आयोजना निर्देशनालयका सूचना अधिकारी विजयकुमार महतोले जानकारी दिए ।

अजरबैजानको कम्पनीसँग कालीका कन्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फस्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्व १३ करोड रुपैयाँ रहेको छ ।

चाइना कम्पनी फस्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्सट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ। यस्तै ८५ किलोमिटर देखि ९७ किलोमिटर सम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरीङ्ग ग्रुप लिमिटेडले ठेक्का पाएको छ ।

सो कम्पनीसँगको ज्वाइन्ट भेन्चरपनि तोदी कन्ट्रक्सन रहेको सुचना अधिकारी महतोले जानकारी दिए ।

१२ किलोमिटर सडक र ३ सय मिटर भन्दा छोटा पुल निर्माणका लागि ४ अर्व ७ करोड रुपैयाँमा ठेक्का लागेको महतोले बताए । उनका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरुको पूल निर्माणको काम सम्झौता भएका कम्पनीहरुले गर्नु पर्नेछ ।

३ सय मिटर भन्दा लामा पुल निर्माणका लागि भने चाइना रेल्वे ग्रुप २ र युरो एशियन कन्ट्रक्सन कर्पोरेशनले ठेक्का पाएको छ ।

महतोको अनुसार सोही कम्पनीलाई निन्दा, विरिङ, कन्काई,रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ। यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन्। यसको लागत ६ अर्बको रहेको छ । ठेक्का सम्झौता भएका कम्पनीले तीन बर्ष भित्रमा काम सम्पन्न गरिसक्नु पर्ने छ ।

काँकड्भिट्टा लौकही सडक आयोजना इटहरीका प्रमुख जगत प्रजापतिले ठेक्का लागि सकेको भएपनि अहिले सम्म ठेकेदार कम्पनीहरुले मोवीलाइजेशन वापतको रकम लगि नसकेको बताए ।
उनले भने, ‘अहिले प्रारम्भीक चरणको काम शुरु भएको छ । कन्सलटेन्टले रिर्पोट दिइ नसकेकाले काम गर्ने कम्निस लेटर दिइएको छैन । लेटर दिएपछि काम सम्पन्न गर्ने समय शुरु हुन्छ ।’

यस्तो बन्ने छ एसियन मापदण्डको सडक

काँकड्भिट्टादेखि लौकही सम्मको सडक एशियन हाइवे मापदण्डको हुने छ । यो सडक निर्माणका लागि एशियाली विकास बैक ( एडीवी) ले सहुलियत ऋण दिएको छ । एसियाली राष्ट्रबीच व्यपार प्रवर्द्धन, आयात निर्यात बढाउन र पर्यटक चलायमान गराउने उद्देश्यसहित यो सडक निर्माणको काम शुरु भएको हो ।

राष्ट्रसंघको पहलमा सडक विस्तार सुरु गरिएको एसियन हाइवे नेटवर्क कार्यक्रममा नेपाल सहभागि भएपछि एशियन हाइवे मापदण्डको सडक निर्माणको काम शुरु भएको हो । तीन वटा मापदण्डमा बन्ने सडकमा शहरी क्षेत्रमा विच सडकको दायाँ बायाँ ५० मिटर बाहेक दायाँ बायाँ नै २ लेनको सर्भीस सडक बन्ने छ ।

विचको ४ लेनमा द्रुत मार्गको हुने र यसको मापदण्ड न्यूनतम १०० किलोमिटर पर आवरको हुने छ । इटहरी दमक, विर्तामोड लगायतका सहरमा विच भागबाट ५० मिटर बाहेक पनि दुवै तर्फ दुई लेनको सडक बन्ने छ ।

फुटपाथ र ड्रेन समेत बनाउनु पर्ने भएकाले सडकको को राइट अफ वे सवै उपयोग हुने छ ।

एडिवी आयोजना निर्देशनालयले जनाएको छ । ग्रामिण शहरी क्षेत्रमा विच सडकबाट दायाँ बायाँ ५० मिटर बाहेक दुवै तिर साँढे ३ मिटरको सडक बन्ने छ । सडकको दायाँ बायाँ, फुटपाथ साइकल लेन र ड्रेन बन्ने छ

जङ्गल क्षेत्रमा भने ४ लेनको सडक बन्ने छ । जंगल क्षेत्रमा भने जंगली जनवारहरुलाई आवत जावतमा सजिलो हुने गरि बनाइने आयोजनाले जनाएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved