धरानमा फोटो विवाद बढ्दै मेयरको अडान कायमै, दलको तिन दिने अल्टिमेटम

  • पुष १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो कार्यकक्षबाट निकालेर राष्ट्र प्रतिको सम्मानमा आँच पुर्याउने काम गरेको भन्दै धरानका ५ राजनितिक दलका जनवर्गिय संगठनहरुले तस्विर पुनः राख्नु पर्ने माग गरे पनि धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले अटेर गरेका छन् ।

राईको कार्यकक्षमै पुगेर दलका युवा संगठन र विद्यार्थी संगठनका नेताहरुले राष्ट्रप्रमुख र कार्यकारी प्रमुखको फोटो यथास्थानमै राख्दै राष्ट्र प्रति सम्मान गर्न आग्रह गरेका थिए ।

छलफलमा राईले राष्ट्रप्रमुख वा प्रधानमन्त्री धरान डे मा आउने पक्का भए मात्रै पुनः तस्वीर लगाउने अडान लिए पछि तिन दिनको अल्टिमेटम दिएर संगठनहरु बाहिरिएका थिए ।
गत विहिबार सामाजिक संजालमा धम्कीपुर्ण भाषा प्रयोग गर्दै राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटो निकालेर किराती राजा यलम्बरको फोटो लगाएका थिए ।

यलम्बरको फोटोमा कुनै आपत्ति नरहे पछि राष्ट्रप्रमुखहरुको फोटो हटाउनु संविधानको बर्खिलाप भएको भन्दै शुक्रबार बसेको कार्यपालिका बैठक पनि स्थगित भएको छ ।
कार्यपालिका बैठकमा पनि मेयर राईले प्रधानमन्त्री धरान आउने निश्चित गर्न माग गरेका थिए ।

मंगलबार जनवर्गिय संगठनहरु सँगको छलफलमा पनि उनले सोही अडान दोहो¥याइरहेका छन् ।

मेयर राइले काठमाण्डौ गएको बेला प्रधानमान्त्री पुष्पकमल दाहाललाई धरान उत्सवका समयमा प्रमुख आतिथ्य ग्रहणका लागि आमन्त्रण गरेका थिए । प्रधानमन्त्री आउने निश्चित गरेपछि सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा महोत्सव हुने सार्वजनिक गरेका थिए ।

उनको इगोको कारण उनले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको नगरसभा सदस्यहरुको आरोप छ । मेयर राई आफैले पनि प्रधानमन्त्रीले धरान आउन नसक्ने बताउँदै पत्र पठाए धरानलाई उपेक्षा गरेको भन्दै आन्दोलनस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हँटाएको बताएका छन् ।

उनले आफु स्वतन्त्र उम्मेद्वार भएकै कारण आफ्नो अनुरोध अस्विकार गरेको भन्दै दुखेसो पोखे ।

बिराटनगरमा आएर कार्यक्रम उदघाटन गरेर फर्किन सक्ने प्रधानमन्त्रीले धरानलाई बेवास्ता गरेर आफ्नो निम्ती अस्विकार गरेको भन्दै आपत्ती समेत जनाए ।

स्वतन्त्रबाट निर्वाचित भएका साम्पाङले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको आरोप लाउदै आएका छन् ।

दलका भातृ सँगठनहरुले कार्यकक्षमा भेट्नु अघि धरान २ सिंहदेवी चौकबाट शान्तिपूर्ण ¥याली प्रदर्शन गर्दै धरान १२ उपमहानगरपालिकाको प्रांगरणमा पुगेका थिए ।

संविधानभन्दा बाहिर जान पाइदैन, हँटाइएको फोटो तुरुन्त साविककै ठाउँमा राखियोस् भन्ने नारा लगाएर उपमहानगरपालिका नेकपा एमाले, नेपाली काँग्रेस, जसपा, नेकपा एस लगायतका पार्टीका विद्यार्थी संगठन र युवा दस्ता उपमहानगरपालिका पुगेका थिए ।

उपमहानरपालिकाको गेटमा बाक्लो प्रहरीले सुरक्षा दिएको अवस्थामा समेत भातृ संगठनहरुले नाराबाजी गरेका थिए ।

अन्तत: केही सञ्चारकर्मी, नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव हिमाल श्रेष्ठ, तरुण दलका धरान नगर अध्यक्ष राम तामाङ, युवा संघका तर्फबाट दिवस राई लगायत ११ जनाको टोली नगरप्रमुख साम्पाङकै कार्यकक्षमा बसेर छलफल भएको थियो ।

छलफलमा संविधानभन्दा बाहिर कसैले नमिल्ने भएकोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न उनीहरुले आग्रह गरेका थिए ।

आगामी पौष २०देखि २४ गतेसम्म हुन लागेको धरान उत्सवलाई कार्यपालिका वैठकबाट पारित गर्ने एजेण्डा पास गर्ने हेतु राखिएको कार्यपालिका बैठक मेयर राईको अडानले स्थगित भएको थियो ।

सम्पूर्ण कार्यपालिका सदस्यहरुले फोटो नराखेसम्म बैठक सञ्चालन नहुने अडान राख्दा मेयर राईले राष्ट्रपति र प्रधानमन्त्रीको फोटा नराख्ने अडान राखेका कारण बैठक स्थगित भएको थियो ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved