सांसदको निर्माण कम्पनीलाई कार्वाहीको तयारी

  • पुष १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल फोटो: कान्छाराम कन्ट्रक्सनले ठेक्का पाएको मनमोहन गान्धी सडक बन्द गर्दै स्थानीय ।

विराटनगर/ नेपाली काँग्रेसबाट निर्वाचित सांसद रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ सञ्चालक रहेको कान्छाराम कन्ट्रक्सनलाई कोशी प्रदेश सरकारले कारवाहीको तयारी थालेको छ ।

सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चेतावनी दिएको थियो । सोही अनुसार कोशी प्रदेशका विभिन्न स्थानमा सडक निर्माणको ठेक्का लिएको कान्छाराम कन्ट्रक्सनलाई कारवाहीको तयारी थालेको हो ।

पटक–पटक ताकेता गरेपनि काम नभएपछि मन्त्रीस्तरीय अनुगमन गराएर ठेकेदारलाई अल्टिमेटम दिएको पुर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठले बताए ।

कान्छाराम कन्ट्रक्सनले मोरङका दुई वटा योजना अलपत्र पारेको छ । मोरङको कटहरी गाउँपालिका ५ रिंगरोड पश्चिमबाट खोरिया–महेशपुर हुँदै कृषि बजारसम्म जाने बाटो निर्माण सम्पन्न गर्ने समयमा १८ प्रतिशत मात्रै काम भएको छ ।

कान्छारामले जिम्मा लिएको सडक कटहरीको महेशपुरबाट सुरु भएर कटहरीकै रामचोकमा सम्पन्न हुन्छ ।

कान्छारामले २०७७ असार १२ गते सम्झौता गरेको १७ किलोमिटर दुरीको सडकको काम २०७९ असारमै सकिनुपर्ने थियो । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर शुशिल श्रेष्ठका अनुसार सम्झौताको अबधि सकिएर एक वर्षको म्याद थप गरेपनि ठेकेदार कम्पनीले काम गरेको छैन ।

सडक निर्माणको लागि कान्छारामलाई थप गरेको एक वर्षको म्याद पनि गत असारमै सकिएको छ । भ्याटसहित ४७ करोड १८ लाख ३ हजार २ सय ७२ रुपैयाँमा सडक निर्माणको जिम्मा लिएको कान्छारामले ७ करोड २८ लाख ३१ हजार १२५ रुपैयाँ भुक्तानी लिएपछि काम अलपत्र बनाएको हो । अब १५ दिनमा प्रगति भए म्याद थप्ने जनाउँदै श्रेष्ठले नत्र ठेक्का रद्द र कार्वाहीको प्रक्रिया अगाडि बढ्ने बताए । १५ दिनपछि पेलान्टी लगाएर उसैलाई काम लगाउने र काम नगरे कालोसुचिमा राखेर ठेक्का रद्द गर्ने कार्यालयले जनाएको छ ।
कान्छारामले नै ठेक्का लिएको बबियाविर्ता–रञ्जनी–कजिमानचोक हुँदै दाोभानाघाटबाट गान्धी आश्रमदेखि सुनवर्षि जोड्ने सडक पनि अलपत्र नै छ । १९ दशमलव २६ किलोमिटरको सडकको भौतिक प्रगति ३४ प्रतिशत छ भने वित्तीय प्रगति २७ प्रतिशत मात्रै रहेको पूर्वधार विकास कार्यालयले जनाएको छ ।

भ्याटसहित ५६ करोड ११ लाख २ हजार ७ सय ६८ रुपैयाँमा २०७६ असोज १४ गते ठेक्का सम्झौता गरेको कान्छारामले निर्माण सम्पन्न गर्न समयमा नसकेपछि थपिएको एक वर्षको म्याद पनि फागुनमा सकिँदैछ ।

थपिएको म्याद थप सकिन दुई महिना बाँकी भएपनि सडकमा अहिलेसम्म ६ दशमलव २ किलोमिटर बेसको काम, २ दशमलव २ किलोमिटर ड्रेनको काम र ४९ वटा कल्भर्टको काम मात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

इञ्जिनियिर श्रेष्ठका अनुसार अनुगमनपछि उसको भौतिक प्रगति हेरेर मात्रै सो सडकको म्याद थप हुने कि नहुने निर्णय हुनेछ । सो योजनाबाट १६ करोड ४१ लाख ७५ हजार २ सय ८२ रुपैयाँ ठेकेदार कम्पनीले लगेको छ ।

प्रदेशका योजना सम्झौता गरेर काम नगरी अलपत्र पार्ने ठेकेदारमाथि कार्वाहीको प्रक्रिया अगाडि बढाइएको भौतिक पुर्वधार विकासमन्त्री कमलप्रसाद जवेगुले बताए ।

‘म मन्त्री भएर आएपछि प्रगति नभएका योजनाको अनुगमनमा आफैं जाने गरेको छु’ उनले भने, ‘अगुमन गरेको १५ दिनमा फेरि गएर हेर्ने र काम नभए कानुन अनुसार कारबाही गर्नेगरि अगाडि बढेका छौं ।’ सम्झौता अनुसार काम नगर्ने निर्माण व्यावसायीको विवरण तयार गर्न मन्त्री जवेगुले मन्त्रालयलाई निर्देशन दिएका छन् ।

 

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved