शिक्षा

    Showing 511-520 of 1,827 items.
  • प्रदेशस्तरीय एसईई आइडल सिजन ५ मा३० उत्कृष्ट विद्यार्थी छनोट

    सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट सहभागी भएका १५० भन्दा बढी विद्यार्थीहरूबीच प्रतिस्पर्धा गरी ३० जना उत्कृष्ट प्रतिभा छनोट भएका छन्। ‘शिक्षाका लागि संगीत’ भन्ने नारासहित आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको गायन, नृत्य र वक्तृत्वकलामा केन्द्रित रही उनीहरूको लुकेको प्रतिभा उजागर गर्ने प्रयास गरेको हो। प्रतियोगिता फक्ताङलुङ मिडिया हाउस प्रालि को आयोजनामा सम्पन्न भएको हो। आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रमका परिकल्पनाकार डम्बरकुमार तुम्बापोका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीहरू सेमीफाइनल चरणसम्म आइपुगेका थिए। सेमीफाइनलमा सहभागी १५० जना एसई

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 997 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वैदेशिक रोजगारबाट फर्किएपछि च्याउखेतीमार्फत वार्षिक १८ लाखभन्दा बढी बचत

    धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले च्याउखेतीबाट वार्षिक रु १८ लाखभन्दा बढी बचत गर्न सफल भएका छन्। तीन वर्षअघि दुबईबाट फर्किएका भुजेल हाल आफ्नै गाउँमा च्याउखेती गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्। विदेशमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउने भुजेलले त्यसबाट खासै बचत गर्न सक्दैनथे। तर, अहिले उही मेहनत आफ्नो देशमा गर्दा राम्रो आम्दानीसँगै सन्तोषजनक जीवनयापन गरिरहेका छन्। “गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनमा आँट थियो। विदेश होइन, अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ,” भुजेल भन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 613 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विजयपुर अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

    धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ ।  पाँच वर्षभन्दा बढी समयदेखि अस्पतालमा सेवा गरिरहेका दुईजना नर्सलाई सो अवसरमा ‘नर्स अफ दी इयर’ सम्मान प्रदा नगरिएको थियो । यो सम्मान प्राप्त गर्ने नर्सहरूमा इमर्जेन्सी विभागका वरिष्ठ अनमी टीका शङ्कर र आईसीयू विभागका वरिष्ठ स्टाफ नर्स रञ्जिता आले मगर छन् । उनीहरूलाई ट्रफी र नगदसहित अन्य उपहारहरू पनि प्रदान गएिको थियो ।  त्यसैगरी, अस्पतालमा पाँच वर्षभन्दा बढी सेवा गरेका अन्य पाँचजना नर्सहरूलाई पनि ट्रफीसहित सम्मान गरिएको प्रमुख अस्पताल प्रशासक इन्दु नेपाल योन्जनले जनाए । यस

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 935 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

    वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ। वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए। स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ। यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेतीपाती सप्रियोस् भन्ने कामनासँगै सुरु भयो साकेला उभौली

    खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली आजदेखि खोटाङलगायत किरात बहुल जिल्लाहरूमा औपचारिक रूपमा सुरु भएको छ। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायले तीन चुल्हा र भूमिको पूजा गर्दै महिना दिनसम्म साकेला चाड मनाउने परम्परा रहेको छ। साकेला उभौलीको अवसरमा किरात बस्ती भएका गाउँ–टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्न थालेका छन्। युवायुवतीदेखि बालक–बृद्धसम्म परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा साकेला सिली नाच्दै चाडको शुभकामना साटासाट गरिरहेका छन्। साकेला उभौली वैशाख पूर्णिमादेखि असारसम्म मनाइ

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहयोगकै भरमा चलिरहेको भगवती विद्यालय, सरकारी नीति कागजमै सीमित

    धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अझै पनि उही अवस्थामा रहेको स्पष्ट देखिन्छ। सरकारद्वारा ल्याइने नीति, नियम र अध्यादेशमा सुधारको आश्वासन दिइए पनि कार्यान्वयनमा देखिएको कमजोरीका कारण देशभरका अधिकांश सामुदायिक विद्यालयहरू समस्याग्रस्त छन्। बराहक्षेत्र नगरपालिका–१, बगुवास्थित भगवती आधारभूत विद्यालय त्यसको एक उदाहरण हो। गरिब तथा निम्न आय भएका परिवारका बालबालिकालाई शिक्षा र स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यले ५२ वर्षअघि स्थापना गरिएको यो विद्यालय अझै पनि सहयोगकै भरमा सञ्चालन भइरहेको छ। विसं २०३० सालमा स्थापना भएको विद्यालयको भवन र कक्ष कोठा त छन्,

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 558 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विविध कार्यक्रमसहित बुद्ध जयन्ति भव्य रूपमा मनाइयो

    धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ति आज देशभर विविध कार्यक्रमसहित मनाइएको छ। बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भव्यताका साथ बुद्ध जयन्ति मनाएका हुन्। धरानमा समेत आज बिहान बौद्ध धर्मावलम्बीहरूले भानुचोकबाट सुरु गरी छाताचोक, सिंहदेवीचोक हुँदै माछाभौडी परिक्रमा गरेर पुनः भानुचोकमै टुंगिने शान्ति र्‍याली निकालेका थिए। र्यालीमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बाजा र व्यानरसहित सहभागिता जनाइएको थियो। सिर्जनात्मक झाँकी र सांस्कृतिक प्रस्तुतिहरूले र्‍यालीलाई आकर्षक बनाएको थियो। कार्यक्रममा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो। बुद

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङ र बुद्धको जन्म स्थल लुम्बिनी वीच भगिनी सम्वन्ध जोडियो

    मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौतम वुद्ध जन्मिएको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको छ ।शुक्रबार लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावती र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले संयुक्त रूपमा १० बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्।लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहमा उक्त सम्बन्ध स्थापित भएको लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीले बताए । उनले भने,हस्ताक्षर गरिएको समझदारीपत्र दुवै नगरपालिकाका नगरप्रमुखले एक–अर्कालाई हस्तान्तरण भएको छ,का

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 467 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ३० वर्षीया बोल्न नसक्ने महिला अपहरण

    सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन्दाजी ३० वर्षीया एक महिला अपहरणमा परेको खबर प्राप्त भएको छ। भोक्राहा नरसिंह गाउँपालिका–३ घर भई हाल वडा नम्बर ४ को मोडेल चोक नजिकै अब्दुल अन्सारीको मकै खेतमा अस्थायी रूपमा बसोबास गर्दै आएकी बोल्न नसक्ने (लाटी) महिला हिजो (शुक्रवार) राति करिब १० बजे अपहरणमा परेकी हुन्। उनी बोल्न नसक्ने श्याम लाल खत्बेको श्रीमती भएको खुलेको छ। अपहरणको जानकारी स्थानीय बासिन्दाले राति करिब १०ः३० बजे चिरौली चोकमा रहेको प्रहरी कार्यालयमा दिएका थिए। सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक अमर खड्काको नेतृत्वमा चिरौली प्रहरी चौकीबाट एक टोली घटनास्थलतर्फ ख

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 518 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परीक्षा सकिएको महिना दिनपछि मात्रै सुरु कापी परीक्षण, बोर्ड दबाबमा

    काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ढिलो भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा राष्ट्रिय परीक्षा बोर्डले तीव्रता दिएको छ। बोर्डले अब परीक्षा नतिजा असार महिनाभित्र सार्वजनिक गर्ने लक्ष्यसहित देशभर परीक्षण कार्यलाई अगाडि बढाइरहेको छ। बोर्डका अनुसार मुलुकभरका ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ। जसमध्ये काठमाडौँ, भक्तपुर र ललितपुरमा एक–एक वटा केन्द्र सञ्चालनमा छन्। यस वर्ष कूल ५ लाख १४ हजार थान उत्तरपुस्तिका परीक्षण गर्नुपर्नेछ। समयको दबाबका कारण बोर्डले परीक्षक शिक्षकको सङ्ख्या उल्लेख्य रूपमा बढाएको छ। विगतमा दैनिक अधिकतम १० हजा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved