वैदेशिक रोजगारबाट फर्किएपछि च्याउखेतीमार्फत वार्षिक १८ लाखभन्दा बढी बचत

  • वैशाख ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का अजित भुजेलले च्याउखेतीबाट वार्षिक रु १८ लाखभन्दा बढी बचत गर्न सफल भएका छन्। तीन वर्षअघि दुबईबाट फर्किएका भुजेल हाल आफ्नै गाउँमा च्याउखेती गरेर आत्मनिर्भर जीवन बिताइरहेका छन्।

विदेशमा काम गर्दा महिनाको ३५–४० हजार रुपैयाँ कमाउने भुजेलले त्यसबाट खासै बचत गर्न सक्दैनथे। तर, अहिले उही मेहनत आफ्नो देशमा गर्दा राम्रो आम्दानीसँगै सन्तोषजनक जीवनयापन गरिरहेका छन्।

“गाउँ आएपछि हातमा धेरै पैसा थिएन, तर मनमा आँट थियो। विदेश होइन, अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचले च्याउखेती सुरु गरेँ,” भुजेल भन्छन्।

विसं २०७० मा दुईवटा टनेल र रु दुई लाख २७ हजारको प्रारम्भिक लगानीबाट सुरु भएको उनको व्यवसाय अहिले १२ टनेलसम्म विस्तार भइसकेको छ। अफसिजनमा दैनिक तीन सय केजी र सिजनमा छ सय केजीसम्म च्याउ उत्पादन हुने गरेको छ।

पुसदेखि फागुनसम्म उत्पादन राम्रो हुने भए पनि मूल्य कम हुने बताउँदै उनले अहिले भने प्रतिकेजी रु १६०–१७० मा बिक्री गर्न सफल भएको बताए। हाल वर्षमा रु २२–२४ लाखको च्याउ बिक्री गर्दै आएका उनले सबै खर्च कटाएर रु १८ लाख जति बचत हुने जानकारी दिए।

बिक्रीका लागि पहिले बजारको समस्या भए पनि अहिले व्यापारीहरू आफैँ फार्ममा च्याउ खोज्दै आउने गरेका छन्। धरान, इटहरी, चक्रघटी, कालाबन्जरलगायत बजारमा उनी आफैँ च्याउ पुर्‍याउने गर्छन् भने विराटनगर र राजविराजबाट व्यापारीहरू आफैँ लिन आउने गरेका छन्।

भुजेलले अहिले आफ्नो फार्ममा दुई जना युवालाई रोजगारी दिएका छन् भने परिवारका सदस्यहरू पनि च्याउखेतीमा संलग्न छन्। “देशमा केही छैन भन्ने कुरा अब पुरानो भयो। काम गर्ने मान्छे र इच्छा भए आफ्नै देशमै मनग्य आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्।

उनका अनुसार च्याउखेतीका लागि पराल, चुन, बाँस, खर, प्लास्टिक र झुल आवश्यक पर्छ। चार–पाँच दिन खटिएर काम गरे एक महिनासम्म ढुक्क बस्न सकिने भुजेलको अनुभव छ।

हाल उनले विषादी प्रयोग नगरिने ‘कन्य जातको’ च्याउखेती गरिरहेका छन्, जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छ र बजारमा यसको माग बढ्दो छ।

—रासस

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved