धरानमा विविध कार्यक्रमसहित बुद्ध जयन्ति भव्य रूपमा मनाइयो

  • वैशाख २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजयन्ति आज देशभर विविध कार्यक्रमसहित मनाइएको छ। बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भव्यताका साथ बुद्ध जयन्ति मनाएका हुन्।

धरानमा समेत आज बिहान बौद्ध धर्मावलम्बीहरूले भानुचोकबाट सुरु गरी छाताचोक, सिंहदेवीचोक हुँदै माछाभौडी परिक्रमा गरेर पुनः भानुचोकमै टुंगिने शान्ति र्‍याली निकालेका थिए। र्यालीमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, बाजा र व्यानरसहित सहभागिता जनाइएको थियो।

सिर्जनात्मक झाँकी र सांस्कृतिक प्रस्तुतिहरूले र्‍यालीलाई आकर्षक बनाएको थियो। कार्यक्रममा वृद्धवृद्धादेखि युवा पुस्तासम्मको उल्लेखनीय उपस्थिति देखिएको थियो।

बुद्ध जयन्तिको अवसरमा धरानका विभिन्न बौद्ध गुम्बामा पूजाआजा, ध्यान साधना र धर्मदेशना कार्यक्रम पनि आयोजना गरिएको थियो। स्वर्णिम चैत्य महाविहारका उपाध्यक्ष पूर्णकाजी शाक्यका अनुसार, बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै तिथि अर्थात् वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विशेष रूपमा स्मरण गरिन्छ।

धरान उपमहानगरपालिका–३ का वडाध्यक्ष विद्या शाक्यले अहिलेको जटिल विश्व परिवेशमा बुद्धको उपदेश राज्यसत्तादेखि समाजसम्म सबैले आत्मसात गर्नुपर्ने बताए।

नेपाल सरकारले बुद्ध जयन्तिको अवसरमा आज सार्वजनिक बिदा दिएको छ भने सबै नागरिकलाई साँझ दीपावली गरी बुद्ध जयन्ति मनाउन आह्वान गरेको छ।

विश्वभर शान्तिका अग्रदूतका रूपमा चिनिने गौतम बुद्धको सन्देशलाई नेपालले विशेष महत्वका साथ मनाउने गरेको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved