सुनसरीबाट ३० वर्षीया बोल्न नसक्ने महिला अपहरण

  • वैशाख २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन्दाजी ३० वर्षीया एक महिला अपहरणमा परेको खबर प्राप्त भएको छ।

भोक्राहा नरसिंह गाउँपालिका–३ घर भई हाल वडा नम्बर ४ को मोडेल चोक नजिकै अब्दुल अन्सारीको मकै खेतमा अस्थायी रूपमा बसोबास गर्दै आएकी बोल्न नसक्ने (लाटी) महिला हिजो (शुक्रवार) राति करिब १० बजे अपहरणमा परेकी हुन्। उनी बोल्न नसक्ने श्याम लाल खत्बेको श्रीमती भएको खुलेको छ।

अपहरणको जानकारी स्थानीय बासिन्दाले राति करिब १०ः३० बजे चिरौली चोकमा रहेको प्रहरी कार्यालयमा दिएका थिए।

सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक अमर खड्काको नेतृत्वमा चिरौली प्रहरी चौकीबाट एक टोली घटनास्थलतर्फ खटिएको थियो। त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकहरू सबिना लिम्बु र प्रकाश पराजुलीको कमाण्डमा अर्को टोली पनि परिचालित गरिएको थियो।

अपहरण भएको स्थान चिरौली चोकबाट करिब ३ किलोमिटर पूर्व–उत्तरतर्फ पर्ने बताइएको छ।

हाल अपहरणमा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीले स्थानीयहरूसँगको समन्वयमा हराएकी महिलाको खोजी कार्य तीव्र बनाएको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved