स्थानीय पर्यटन प्रवर्द्धनका लागि चतरामा नयाँ हाइकिङ रुटको सुरुवात

  • वैशाख २९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको वराहक्षेत्र क्षेत्रको प्रवर्द्धनका लागि चतरा हाइकिङ समूहले सोमबार नयाँ हाइकिङ रुटको औपचारिक सुरुवात गरेको छ।

वराहक्षेत्र–१ का वडाध्यक्ष किसन थापाले नयाँ गन्तव्यको उद्घाटन गर्दै पर्यटन प्रवर्द्धनमा स्थानीयको सक्रियता प्रेरणादायी भएको बताए।

स्थानीय पत्रकारहरूको पहलमा सुरु भएको चतरा हाइकिङ समूहले विगत तीन वर्षदेखि प्रत्येक शनिबार नयाँ हाइकिङ गन्तव्यको पहिचान गर्दै पदयात्रा आयोजना गर्दै आएको छ।

यसपटक खारखोलाबाट सुरु भई कटहरे, चियाबारी, सूर्यकुण्ड हुँदै लालकोट गढीसम्मको ८ किलोमिटर लामो नयाँ हाइकिङ रुट पहिचान गरिएको हो। ‘कोशी पर्यटन वर्ष २०८२ सफल पारौँ’ भन्ने नारासहित गरिएको यो यात्रामा करिब १५० जनाको उत्साहजनक सहभागिता रह्यो।

समूहले वराहक्षेत्र क्षेत्रमा हालसम्म आधा दर्जनभन्दा बढी पदयात्रा मार्गहरू विकास गर्दै आएको छ। हरेक रुटमा ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको अवलोकन गर्न पाइने र स्थानीय संस्कृति र खानाको अनुभव गर्न सकिने हाइकिङ समूहका संस्थापक भीषण राई बताउँछन्।

हाइकिङका अन्य लोकप्रिय रुटमा झण्डा चोक–अर्चले–लालकोट गढी, मिलन चोक–फूलबारी–अर्चले–लालकोट, औलिया मठ–छिन्नमस्ता–बागदलबारी–लालकोट, र भण्डारीटार–झाँक्री गुफा–जुगपाख्री–लालकोट गढीजस्ता विविध रुटहरू रहेका छन्।

वराहक्षेत्र–१ वडाले रुटहरूमा सूचना पाटी राख्ने, बाटो चिनाउने कार्यमा सहयोग गर्दै आएको छ। वडाध्यक्ष थापाले चतरा हाइकिङको अभियानमा वडाबाट बजेट विनियोजन गरेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँको बजेट मुन्धुम ट्रेलसँग समन्वय गरेर खर्च गरिने बताइएको छ।

स्थानीय, प्रदेश, संघीय सरकार र स्वीस सरकारको संयुक्त लगानीमा बन्न लागेको ‘मुन्धुम ट्रेल’ चतरा हाइकिङ समूहकै सहजीकरणमा अगाडि बढिरहेको संस्थापक दुर्गाबहादुर बस्नेतले जानकारी दिए।

चतरा हाइकिङ समूहका अनुसार यस प्रकारका हाइकिङले स्थानीय पर्यटनको प्रवर्द्धन मात्र होइन, मानसिक र शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त लाभदायक हुने विश्वास लिइएको छ।

 
 
 
 
 
ReplyForward
 
Add reaction

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved