शिक्षा

    Showing 451-460 of 1,827 items.
  • मेचीनगरमा ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ संक्रमण, ८० बङ्गुरको मृत्यु

    झापा/ मेचीनगर नगरपालिकाका विभिन्न वडामा पशुहरूमा संक्रामक रोग ‘लम्पी स्किन’ र ‘अफ्रिकन स्वाइन फ्लू’ को संक्रमण देखिएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीका अनुसार वडा नं. २, ३, ७, ८, ९ र १४ का घरपालुवा गाई र बाच्छीहरूमा लम्पी स्किन र वडा नं. ६ मा रहेको एक बङ्गुर फार्ममा अफ्रिकन स्वाइन फ्लूको संक्रमण पुष्टि भएको हो। “लम्पी स्किन र स्वाइन फ्लूको संक्रमण पुष्टि भइसकेको छ,” अधिकृत अधिकारीले बताए, “संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पशु सेवा शाखाबाट सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको छ।” उनले प्रदेश तथा सङ्घीय स

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 1,363 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–कालाबञ्जार खण्डमा लागू औषध गाँजासहित एक जना पक्राउ

    धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित अमहा सामुदायिक वन क्षेत्रमा लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। शनिबार राति १० बजेतिर प्रहरी चौकीबाट प्राप्त विशेष सूचनाका आधारमा धरान–कालाबञ्जार मार्ग अन्तर्गतको वन क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको थियो। चेकजाँचका क्रममा प्रदेश १–०२–०५१ प ४८३ नम्बरको मोटरसाइकलमा आएका दुई जना व्यक्ति प्रहरीले देख्नासाथ जंगलतर्फ भागेका थिए। घटनास्थलमा मोटरसाइकल छाडेर भागेकामध्ये धनकुटा नगरपालिका–९ बस्ने २१ वर्षीय लक्ष्मण मेरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिको बयानका आधारमा जंगल क्षेत्रमा खोजतलास

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 2,401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई धरानमा अभिमुखिकरण

    धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टलाई शनिबार अभिमुखिकरण कार्यक्रम प्रदान गरिएको छ। उक्त कार्यक्रम धरान–३, सदन रोडस्थित कार्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रमको सहजीकरण प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावकारी सार्वजनिक वक्तृत्वका विविध पक्षहरूमा प्रशिक्षण प्रदान गरेका थिए। प्रशिक्षणमा माइक्रोफोनको उचित प्रयोग, शारीरिक प्रस्तुतिको ढंग, हाउभाउ, भाषणको गति र शैली, आवाजको उतारचढाव, तथा तयारीका क्रममा आधिकारिक स्रोतको प्रयोग लगायतका विषय समेटिएको थियो। आयोजक संस्थाका अनुसार अभिमुखिकरणको उद्देश्

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 496 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो स्कुलमा खुला व्यायामशाला निर्माण, धरानको विद्यालयस्तरमै पहिलो पहल

    धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा खुला व्यायामशाला निर्माण गरी उद्घाटन गरिएको छ। धरान १८ नम्बर वडाको विशेष सहयोगमा निर्माण गरिएको सो व्यायामशालाको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान–१८ का वडाध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र कार्यक्रमका सभाध्यक्ष तथा डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरबहादुर लिम्बूले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे। कार्यक्रममा वडाध्यक्ष राई र डिपो आदर्श बहुमुखी क्याम्पसका प्रमुख राजकुमार राईले व्यायामशाला प्रयोग गरेर देखाएका थिए। करिब साढे सात लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको व्या

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 618 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चेयरम्यान कप चेसमा बाँसबारी च्याम्पियन

    काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा डल्फिनको संख्या बढ्यो

    सुनसरी/ कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा डल्फिनको संख्या बढेको जनाएको छ। वातावरण दिवसको अवसर पारेर आरक्षले चार दिनसम्म सञ्चालन गरेको गणनामा यस वर्ष कुल २२ वटा डल्फिन फेला परेको जानकारी दिएको हो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा ३ वटा बढी हो। उनले भने, “यो तथ्याङ्क सप्तकोसीको लागि सकारात्मक संकेत हो, संरक्षण र प्रचारमा अझै जोड दिन आवश्यक छ।” सप्तकोसीमा पाइने डल्फिन गङ्गेटिक प्रजातिका हुन्, जो विश्वमै दुर्लभ मानिन्छन्। यी डल्फिन&

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 1,175 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

    काठमाडौं/  पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ। अख्तियारले बिहीबार नेपालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको पद स्वतः निलम्बनमा परेको हो। नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि पहिलोपटक 

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 489 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विषादी मिसिएको ३२९० केजी आँप नष्ट, दुई व्यवसायीलाई ५०-५० हजार जरिवाना

    इटहरी/  इटहरी उपमहानगरपालिकाले विषादी मिसिएको ३ हजार २ सय ९० केजी आँप नष्ट गरेको छ। उपमहानगरको खाद्य अनुसन्धान टोलीले वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा गरेको अनुगमनका क्रममा ती आँपहरूमा स्वास्थ्यका लागि हानिकारक रसायन ‘एसिटिलिन ग्यास’ प्रयोग गरिएको पाइएपछि जफत गरी नष्ट गरिएको हो। अनुगमनका क्रममा ‘न्यू राइजिङ फुड सप्लायर्स, इटहरी’ को गोदाममा ९६ कार्टुन र ‘न्यू सुनसरी फुड सेन्टर’ को गोदाममा १०६ क्यारेट आँप फेला परेका थिए। ती सबै आँपको कुल तौल ३२९० केजी रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ। बजार अनुगमन शाखाका प्रमुख नोवेल भट्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • 777 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम भिजनमा फुड फेस्टिवल र छात्रवृत्ति

    धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ। २०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 843 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा स्वास्थ्य बीमाबाट उपचार झन्झटिलो, औषधि लिन घण्टौँ लाइन

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाबाट उपचार गराउन अत्यन्तै झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने सेवाग्राहीहरू बताउँछन्। विमा सुविधा सहज बनाउने उद्देश्य लिएर सरकारले सुरु गरेको यो कार्यक्रम बिरामीहरूका लागि झन् तनावदायी बन्दै गएको गुनासो सर्वसाधारणको छ। धनकुटाका कुवेर गुरुङले बीपीमा स्वास्थ्य बीमाको सेवा उपयोग गर्दा पटक–पटक लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। “विमा बिल काटेपछि स्क्यानिङ गर्न लाइन, स्क्यानिङपछि पुनः बिल कटाउन लाइन अनि औषधि लिन अर्को लामो लाइन,” उनले भने, “त्यसमाथि फार्मेसीमा मूल्यसूची नै राखिएको छैन।” त

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 1,513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved