धरान/धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ । समापनको दिन सहभागि विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन । वास्केटवल खेल विकास संगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद वोर्ड वाट सक्दो सहयोग गर्ने
धरान/ सोमबार हुने भनिएको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुन सकेन । नगरसभामा नयाँ आर्थिक बर्षको नीति ,कार्यत्रक्रम तथा बजेट विना नै नगर प्रमुख हर्कराज राईले नगरसभाको उद्घाटन गर्न खाजेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगर सभा स्थगित भएको हो । नेकपा संसदीय दलका नेता नरेश इवारमका अनुसार नयाँ आर्थिक बर्षको नीति कार्यक्रम तथा वजेट नल्याई नगरप्रमुखले सभा उद्घाटन गर्न मात्रै खोजेपछि नगर सभा स्थगित गरिएको हो । उनले भने,‘हामीले नगरसभा बहिस्कार गरेका होइनौं,नगरप्रमुखले नै नियम तथा नीतिको उलंग्घन गरेका हुन्,नीति तथा कार्यक्रम वजेट विना कसरी हुन्छ,हामी प्रक्रिया
धरान/ गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको चिल्ड्रेन ट्यालेन्ट हन्ट –४ को उपाधी सिनियर तर्फ आयुषा राई र जुनियर तर्फ पोङ्साम लिम्बुले जीतेका छन् । धरानको सदनसभा हलमा गरिमाका प्रबन्ध निर्देशक तथा नृत्य निर्देशक मणिकुमार लिम्बुको सभापतित्वमा सम्पन्न प्रतियोगीताको फाईनलमा सिनियर तर्फ डिपि बिलिभर्स स्कुल धरान ५ की आयुषा र जुनियर तर्फ केके ईन्टरनेशनल स्कुल धरान १५की पोङ्सामले उपाधी हात पारेका हुन् । उनीहरु दुवैले जनही नगद ५० हजार सहित ट्रफी, गरिमाबाट निशुल्क एक वर्ष नृत्य प्रशिक्षणको अवसर पाए । त्यस्तै सिनियर तर्फ जोलसाया एकेडेमी धरान ११ की निनाम राई र जुनियर तर्फ सुनाखरी एकेडे
ओखलढुंगा/ करोडौको साबुन विदेशबाट आयात भइरहेका बेला स्वदेशी जडिबुटी प्रयोग गरी सावुन बनाउने तालिमलाई तिब्रता दिइएको छ । स्थानीय स्तरमा पाइने तीतेपातीको प्रयोग गरी साबुन बनाउने तालिम पछिल्लो पटक ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सम्पन्न गरेको छ । असार ५ देखि ९गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमल तामाङले गरेका थिए । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिकामार्फत आफ्ना पालिकामा रहेका महिलालाई स्वदेशमै आत्मनिर्भर बनाउन गाउँ घरमा पाइने जडिबुटीको प्रयोग गरी तीतेपातीबाट सावुन बनाउने तालि
धरान/ देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छैनन् ।पशुमा लाग्ने रोगको निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बगरगाछीमा सानो क
वराहक्षेत्र नगरपालिकाले किसानहरूलाई चार्जेबल टु इन वान स्प्रेयर ट्याङ्की, साना सिँचाइ स्यालो ट्युब वेल तथा पानी तान्ने विद्युतीय मोटर वितरण सुरु गरेको समाचार प्रकाशमा आएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई चार्जेबल टु इन वान स्प्रेयर ट्याङ्की वितरण सुरु गरेको हो । नगरपालिकाको कृषि विकास शाखामा किसानहरूले दिएको निवेदनका आधारमा आर्थिक विकास समितिको बैठकले टु इन वान स्प्रेयर ट्याङ्कीका लागि ९ सय ८८ जना किसान छनोट गरेको हो । सोही बैठकले ७८ जनालाई साना सिँचाइ स्यालो ट्युब वेल र ४४ जनालाई पानी तान्ने विद्युतीय मोटर वितरण गर्ने निर्णय गरेको समाचारमा उल्लेख छ । वराहक्षेत्र नगरपालिकाको यो
विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चारीका समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला पत्रकारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सञ्चार ऐन छिट्टै ल्याई पत्रकारहरूको हक, हित र सूचनाको अधिकार स्थापित गरेर जाने प्रतिबद्धता जनाए । अहिले पत्रकारिता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अधिकारीले त्यसको लागि सबै क्षेत्र लाग्नु प
धरान/ शनिबार धरान–१४ विजयपुरमा पेटको रोग सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । उक्त शिविरमा १०४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।शिविर नेवाः पत्रकार राष्ट्रिय दवू र नेवार एकता समाज महिला समितिले आयोजना गरेको हो । शिविरमा डा.सन्दीपराज बज्राचार्यले स्वास्थ्य परीक्षण गरेका थिए । उनले नियमित ३ महिनामा चेकजाँच गर्दा बेलैमा रोग पत्ता लाग्ने बताउँदै समयमा ध्यान नदिँदा क्यान्सर सम्म हुने उल्लेख गरे । धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले वडावासीलाई पेटरोग सम्बन्धी विशेष सेवा प्रदान गरेकोमा डा. बज्राचार्य लगायत सबैलाई धन्यवाद दिए । समाजका केन्द्रीय अध्यक्ष महेश
काठमाडौँ / २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यो हप्ताभित्रमा प्रकाशन गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यो हप्ताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बताए । ‘यहि हप्ता टुङ्ग्याउने भन्ने छ । अब रुजु गर्ने र प्रोसेसिङको काम बाँकी छ । २ दिन जति प्रोसेसिङका लागि लाग्छ । यो काम टुङ्गिएपछि मात्रै सिस्टममा इन्टी गर्ने हो । त्यो बेलासम्म सबै कोडिङ हुन्छ । करिब करिब ३ दिनको हाराहारीमा सबै टुङ्गो लगाउँछौँ,’ पौडेलले भने
धरान । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १ सय ४ जनाले रक्तदान गरेकाछन् । संगठनको ४५ औं स्थापना दिवसको अवसरमा संगठनले असार ७ देखि ९ गतेसम्म त्रिदिवसिय कार्यक्रम गर्ने निर्णय गरे अनुसार धरान उपमहानगर कमिटीले ७ गते श्री सरस्वती बालआश्रमका बालबालिकाहरुलाई खाना खुवाएर कार्यक्रम सुरु गरेको थियो । सोही अनुरुप आइतबार भानुचोकमा रक्तदान ककार्यक्रम गरिएको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठनको ४५ औं स्थापना दिवस लेखिएको केक काटेर कार्यक्रमको शुभारम्भ गरिएको थियो । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानी