सप्तकोसीमा डल्फिनको संख्या बढ्यो

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा डल्फिनको संख्या बढेको जनाएको छ।

वातावरण दिवसको अवसर पारेर आरक्षले चार दिनसम्म सञ्चालन गरेको गणनामा यस वर्ष कुल २२ वटा डल्फिन फेला परेको जानकारी दिएको हो।

आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा ३ वटा बढी हो। उनले भने, “यो तथ्याङ्क सप्तकोसीको लागि सकारात्मक संकेत हो, संरक्षण र प्रचारमा अझै जोड दिन आवश्यक छ।”

सप्तकोसीमा पाइने डल्फिन गङ्गेटिक प्रजातिका हुन्, जो विश्वमै दुर्लभ मानिन्छन्। यी डल्फिन सफा र गहिरो पानीमा बस्न रुचाउने भएकाले यहाँको जल स्वास्थ्य पनि राम्रो रहेको संकेत दिन्छ, यादवले बताए।

डल्फिन गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्र, श्री भीमकाली गुल्म र हिमाली प्रकृति संस्था लगायतले प्राविधिक सहयोग गरेका थिए।

सन् २०१२ मा ११ वटा र २०१७ मा १७ वटा डल्फिन गणना भएका थिए। त्यसपछि आरक्षले डल्फिन संरक्षणलाई प्राथमिकता दिँदै वार्षिक गणना गर्ने अभ्यास सुरु गरेको हो।

कोशी टप्पु वन्यजन्तु आरक्षले सन् २०२२ मा १७ वटा, २०२३ र २०२४ मा १९/१९ वटा डल्फिन गणना गरेको थियो।

आरक्षले डल्फिनको प्राकृतिक आवास संरक्षण गर्दै यस दुर्लभ प्रजातिको दीर्घकालीन संरक्षणमा निरन्तर प्रयास गरिरहेकाले पछिल्लो तथ्याङ्क उत्साहजनक रहेको जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved