प्राइम भिजनमा फुड फेस्टिवल र छात्रवृत्ति

  • जेठ २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान-१२ चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेजले आफ्ना विद्यार्थीहरूको व्यावसायिक दक्षता आमजनसमक्ष प्रस्तुत गर्न तीन दिने ‘फुड फेस्टिवल २०२५’ आयोजना गर्ने भएको छ।

आगामी जेठ २९ देखि ३१ गतेसम्म कलेज परिसरमै सञ्चालन हुने यो कार्यक्रम बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।

२०७७ सालमा पहिलोपटक आयोजना भएको फुड फेस्टिवल कोभिड महामारीका कारण केही वर्ष रोकिएको थियो। अब महामारीपछिको दोस्रो संस्करणका रूपमा यस वर्षको फेस्टिवल आयोजना हुन लागेको हो।

कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “यो उत्सव हाम्रा विद्यार्थीहरूको किचन कौशल, ग्राहक सेवा र व्यवस्थापन क्षमताको जीवन्त प्रमाणपत्र हो।

नेपाली तथा अन्तर्राष्ट्रिय परिकारमा हात भएको उनीहरूको सीप आमजनता समक्ष परीक्षण हुनेछ।”

कार्यक्रममा कलेजका विद्यार्थीहरूले विभिन्न नेपाली तथा विदेशी परिकार, पेय पदार्थ, रमाइला खेलकुद र सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछन्।

आयोजक समितिले स्थानीय बासिन्दा, अभिभावक, विद्यार्थी र पत्रकारहरुलाई सहभागी हुन आमन्त्रण गरेको छ।

कलेजका सञ्चालक दुर्गा सुवेदीका अनुसार, “हामीले सात वर्षदेखि हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएका छौं।

विद्यार्थीहरूले कक्षाकोठामा प्राप्त ज्ञानलाई व्यवहारमा उतारी तयार पारेका परिकारमार्फत हाम्रा कार्यक्रमहरूको गुणस्तर आफैँ बोल्नेछ।”

छात्रवृत्तिका दुई विशेष कार्यक्रम

फेस्टिवलकै अवसरमा कलेजले पत्रकार सन्तान र विपन्न श्रमिक सन्तान लक्षित गरी दुईवटा विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।

• पत्रकार सन्तान कल्याण छात्रवृत्ति कार्यक्रम अन्तर्गत, सुनसरीमा कार्यरत श्रमजीवी पत्रकारका दुई सन्तानलाई प्लस टु हस्पिटालिटी म्यानेजमेन्ट कार्यक्रम अध्ययनका लागि ५०% छात्रवृत्ति दिइनेछ। पत्रकार महासंघ सुनसरीको सिफारिसमा विद्यार्थी छनोट गरिनेछ।

• त्यस्तै, ‘श्रमदाता विशेष छात्रवृत्ति’ कार्यक्रमअन्तर्गत धरान क्षेत्रका विपन्न श्रमिकका दुई सन्तानलाई पनि प्लस टु हस्पिटालिटी अध्ययनमा ५०% छात्रवृत्ति प्रदान गरिने शिक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

नयाँ शैक्षिक कार्यक्रमहरू पनि सुरू हुँदै

कलेजले आगामी शैक्षिक सत्रदेखि एडभान्स डिग्री इन कम्प्युटर आईटी (यूकेको एडेक्सेल मान्यता प्राप्त) र स्कटल्यान्डको SQA द्वारा मान्यता प्राप्त डिग्री इन कम्प्युटर प्रोग्रामिङ कार्यक्रम पनि सुरु गर्ने भएको छ।

प्लस टु हस्पिटालिटी पूरा गरेका विद्यार्थीहरूलाई भविष्यमा ब्याचलर डिग्रीको पहिलो वर्ष बराबरको मान्यता पनि दिइने जानकारी कलेज प्रशासनले दिएको छ।

प्राइम भिजन इन्टरनेशनल होस्पिटालिटी म्यानेजमेन्ट कलेज ले व्यावसायिक सीप, व्यवहारिक ज्ञान र जीवनोपयोगी तालिममार्फत विद्यार्थीलाई रोजगारीमुखी बनाउने उद्देश्य राखेको छ। अबको फुड फेस्टिवल २०२५ त्यसको जीवन्त उदाहरण बन्ने देखिन्छ।

IMG-20250604-WA0006 IMG-20250604-WA0005 IMG-20250604-WA0007 IMG-20250604-WA0004

"हात्तीको आतङ्कले प ...

विराटनगर/ हात्ती आतंक नियन्त्रणको माग गर्दै झापाको ...

सप्तकोशीमा बेपत्ता भ ...

सुनसरी/ विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तक ...

चेयरम्यान कप चेसमा ब ...

काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वार ...

मेचीनगरको समग्र विका ...

झापा/  मेचीनगर नगरपालिकाको समग्र विकासका लागि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved