सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रहरीले ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–६ का २८ वर्षीय मदन सुवेदी र धरान उपमहानगरपालिका–५ का २२ वर्षीय राज राई रहेका छन्। प्रहरीका अनुसार भदौ २७ गते दिउँसो भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र प्रहरी चौकी नरसिंहटप्पुबाट खटिएको संयुक्त टोलीले भुटाहाबाट फुलचोकतर्फ पैदल आउँदै गरेका दुवै जनालाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा मदन सुवेदीको साथबाट ५ ग्राम १८० मिलिग्राम ब्राउन सुग
धरान/ धरान–७ स्थित हिमालय पेट्रोल पम्पबाट ब्राउन सुगर लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तेह्रथुमको छथर गाउँपालिका–५ का ३० वर्षीय संजिव दास रहेका छन्। आईतवार बिहान करिब ९ः२० बजे बरगाछीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले हिमालय पेट्रोल पम्प क्षेत्रमा शंकास्पद अवस्थामा रहेका दासलाई रोकेर खानतलासी गरेको थियो। त्यस क्रममा उनको साथबाट ०.३ ग्राम अर्थात् ३०० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित नियन्त्रणमा लिइएका दासलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। घटनाबारे थ
इनरुवा/ कोशी गाउँपालिका–३ का ७८ वर्षीय छेवीलाल उराँव घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको छ । उराँव समुदायको जातीय संस्कार, संस्कृतिसँग जोडिएको पौराणिक तथा सयौँ वर्ष पुरानो ऐतिहासिक इनार संरक्षणमा जुट्नुभएको हो । ट्युबेल (कल) र मोटरको पानी आउन थाले पनि हराउँदै गएको इनारलाई संरक्षण गर्न उराँव समुदायका संस्थापन अगुवा छेवीलालले इनारकै पानी प्रयोग गर्ने, इनारवरिपरि सरसफाइ गर्ने, बिहेबारीमा इनारको पानीको उपयोग गर्ने काममा लाग्नुभएको छ । उहाँले आफ्नो घरनजिकै रहेको ऐतिहासिक इनार संरक्षणमा जुट्नुको मुख्य कारण संस्कृति संरक्षण र नयाँ पुस्तालाई इतिहास देखाउनु पनि रहेको बताउनुभएक
विराटनगर/ विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ। विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प
इटहरी/ युवा कवि तथा नेपाली साहित्यका धरोहर मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा इटहरी–६ स्थित मोडर्न प्रिपरेटरीमा विशेष कार्यक्रम आयोजना गरी मोतीराम जयन्ती मनाइएको छ। वि.सं. २०४९ सालदेखि इटहरीमा शैक्षिक सेवा दिँदै आएको विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूले मोतीराम भट्टद्वारा रचित विभिन्न गजल वाचन गरेका थिए। विद्यार्थीहरूले मोतीराम भट्टको जीवन, व्यक्तित्व तथा नेपाली भाषा र साहित्यको विकासमा उहाँले पुर्याएको योगदानबारे समेत चर्चा गरेका थिए। कार्यक्रममा नेपाली विषयकी शिक्षिका समीक्षा दाहालले मोतीराम भट्टले नेपाली भाषा तथा साहित्यको विकासमा पुर्याएको योगदानबा
झापा गाउँपालिका–७ मदरगाछमा मादक पदार्थ सेवन गरी महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा गाउँपालिका–७ मदरगाछ टोलका ३५ वर्षीय सन्त गणेश रहेका छन्। प्रहरीका अनुसार गणेशले भदौ २० गते राति करिब ९ बजे खाना खाएर घरबाहिर ट्युवेलमा भाँडा माझिरहेकी ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि पीडितले भदौ २५ गते साँझ जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएकी थिइन्। जाहेरी परेलगत्तै प्रहरी चौकी शरणामतिबाट टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोलीले आरोपित गणेशलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरह
काठमाडौँ/ प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन नेतृत्वको प्रतिनिधिमण्डललाई त्यसतर्फ जान स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार बालेनले असोज ६ देखि १० गतेसम्म अमेरिकाको भ्रमण गर्नेछन् । यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा राष्ट्रसंघको महासभामा जाने निर्णय भएको थियो । तर भदौ १० मा भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका नदी किनार
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले ठूलो परिमाणमा विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ स्थानीय २६ वर्षीय आकाश राईको घरकोठामा खानतलासी गरेको थियो। खानतलासीका क्रममा राईको कोठाबाट ट्रामानिल ४६ क्याप्सुल, डिसिकोल्ड ४४ ट्याब्लेट, केट्रोलाक ३८ ट्याब्लेट र नगद १० हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्री र नगदसहित राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। प्रहरीले
धरान/ धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुलरकलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्। विद्यालय तथा कलेजका विद्यार्थीहरूको सक्रियतामा शिक्षक तथा विद्यार्थीबाट संकलित उक्त रकम बिहीबार एन प्याब्सन धरानका अध्यक्ष भगत लिम्बूलाई हस्तान्तरण गरिएको हो। रकम बुझ्दै अध्यक्ष लिम्बूले धरानका विभिन्न विद्यालयबाट बाढीपीडितका लागि सहयोग रकम संकलन भइरहेको र सबै रकम संकलन भएपछि एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइने बताए। उनले भने, “धरानका विभिन्न स्कुलहरूबाट बाढीपीडितका लागि रकम उठ्ने क्रम
धरान/ सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । विषालु सर्पले डसेपछि उपचारका लागि उनलाई एकपछि अर्को अस्पताल पुर्याइयो । तर, आवश्यक सर्पदंश उपचार र पीआईसीयू सेवा तत्काल उपलब्ध हुन नसक्दा उनको ज्यान गएको छ । परिवारका अनुसार घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल अभिभावकलाई बताएकी थिइनन् । स्वास्थ्य अवस्था बिग्रिएपछि मात्रै परिवारले घटनाका बारेमा थाहा पाएको थियो । परिवारले हेर्दा सर्पले टोकेको हातबाट रगत बगिरहेको थियो । तत्काल उनलाई इटहरीमा नेपाली सेनाले स