शिक्षा

    Showing 31-40 of 1,875 items.
  • मोरङमा जबरजस्ती करणी आरोपमा महिला सहित तीन जना पक्राउ

    धरान/ मोरङ प्रहरीले जबरजस्ती करणी आरोपमा एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ। मोरङको लेटाङस्थित एक होटलमा २१ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–१० का ३८ वर्षीय डम्बर खतिवडा, विराटनगर महानगरपालिका–५ का २५ वर्षीय सोनुमा लिम्बू र केराबारी गाउँपालिका–८ का ५० वर्षीय कमलबहादुर आले मगर रहेका छन्। प्रहरीले खतिवडामाथि जबरजस्ती करणी गरेको तथा लिम्बू र आले मगरमाथि घटनामा मतियारको भूमिका निर्वाह गरेको आरोप लगाएको छ। प्रहरीका अनुसार साउन १७ गते मध्यराति लेटाङ नगरपालिका–१ स्थित हा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको उपाधि प्रभातलाई

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले उचालेको छ । प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गर्यो ।  प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।&n

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 780 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलको फाइनलमा प्रभात र पाराडाइज भिड्ने

    धरान/ डिपो माध्यमिक विद्यालयद्वारा आयोजित पाँचौं अन्तरविद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको उपाधि भिडन्त तय भएको छ। रोमाञ्चक सेमिफाइनल पार गर्दै प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरान र पाराडाइज बोर्डिङ स्कुल, इटहरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा प्रभातले हिमालयन मेघा एकाडेमी, धरानलाई ४७–४६ को अत्यन्तै प्रतिस्पर्धात्मक अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। चार क्वाटरको खेलमा प्रभातले १५–१०, ४–१५, २०–१३ र ८–८ अङ्क जोड्दै एक अङ्कको रोमाञ्चक जित निकाल्यो। प्रभातका नेमसाङ मगर खेलको म्यान अफ द म्याच घोषित भए।

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो बास्केटबलमा चार विद्यालय सेमी फाइनलमा

    धरान/ डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कप प्रतियोगिताको तेस्रो दिन आज चार खेल भए । उक्त खेलमा हिमालयन मेघा एकाडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरी, पाराडाइज बोर्डिङ स्कुल, इटहरी र प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल, धरानले आप्mनो खेलमा जित निकालेका छन् । विजेता चार विद्यालय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  प्रतियोगिताको पहिलो खेलमा हिमालयन मेघा एकाडेमीले दिल्ली पब्लिक स्कुललाई ४०–१५ अङ्कले पराजित गरेको थियो । खेलमा हिमालयन मेघाले ११–२, १२–५, १०–४ र ८–४ अङ्कले

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रवणकुमार बास्केटबल रनिङ कप सुरु, हिमालयन, हिमशिखर, डिपो र डीपीएस विजयी

    धरान/ डिपो माध्यमिक विद्यालयको आयोजनामा पाँचौं मेजर श्रवणकुमार लिम्बू स्मृति अन्तरविद्यालय बास्केटबल रनिङ कप शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न चार खेलमा हिमालयन मेघा एकेडेमी धरान, हिमशिखर इङ्लिस बोर्डिङ स्कुल इटहरी, डिपो माध्यमिक विद्यालय धरान र दिल्ली पब्लिक स्कुल (डीपीएस) धरान विजयी भएका छन्। डिपो माध्यमिक विद्यालयको खेल मैदानमा भएको उद्घाटन खेलमा हिमालयन मेघा एकेडेमीले अरणिको इङ्लिस बोर्डिङ स्कुललाई ६१–३० अंकले पराजित गर्‍यो। हिमालयनले चारै क्वाटरमा क्रमशः १२–८, १७–६, १५–७ र १६–९ अंकको अग्रता बनाउँदै सहज जित हात पार्यो। दोस्रो खेल

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फुट्सल विजेता अभिभावक टोलीलाई हिबिस्कस स्कुलको सम्मान

    धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले मैत्रीपूर्ण फुट्सल प्रतियोगितामा विजयी अभिभावक टोलीलाई बुधबार सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक गङ्गाराम राई र भाइस प्रिन्सिपल विजय सिंह थेबेले विजेता अभिभावकहरूलाई खादा, मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे। गत असार १३ गते धरान–५ देउरालीस्थित डिडी फुट्सलमा महिला शिक्षक र महिला अभिभावकबीच सम्पन्न मैत्रीपूर्ण प्रतियोगितामा अभिभावक टोलीले शिक्षक टोलीलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो। कार्यक्रममा प्रबन्ध निर्देशक राईले शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउने, आ

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज गुरु पूर्णिमा र व्यास जयन्ती

    काठमाडौँ/ आषाढ शुक्ल पूर्णिमाका अवसरमा आज देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती पर्व श्रद्धा, सम्मान र विविध कार्यक्रमका साथ मनाइँदैछ।  गुरु पूर्णिमाका दिन शिक्षा, दीक्षा, वेदमन्त्र र ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहिआएको छ। धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हो। अज्ञानरूपी अन्धकार हटाएर ज्ञानको उज्यालो फैलाउने व्यक्तिलाई गुरु मानिन्छ। हिन्दू धर्मशास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका स्वरूपका रूपमा सम्मान गरिन्छ। यही मान्यताअनुसार गुरुको महिमा वर्णन गर्दै ‘गुरुर्ब्रह्मा गुरुर्विष्णुः

    • प्रकाशित मितिः साउन १३, २०८३
    • 118 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी हिंसाः विराटनगर बजार बन्द, सुनसरी–सिरहामा राजमार्ग ठप्प

    धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको घटनापछि सुरु भएको आन्दोलन मंगलबार कोशी प्रदेशदेखि मधेश प्रदेशसम्म फैलिएको छ। घटनाको विरोधमा विराटनगरमा बजार बन्द गराइएको छ भने सुनसरी र सिरहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिएको छ। विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेपछि अधिकांश पसल बन्द भएका थिए र बजारको जनजीवन प्रभावित बनेको थियो

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 144 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयको कोठाभित्र महिलाको शव फेला, श्रीमान फरार

    झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद्यालयको एक कोठाभित्र २९ वर्षीया महिलाको शव फेला परेको छ। घटनापछि उनका श्रीमान फरार रहेकाले प्रहरीले खोजी तीव्र बनाएको छ। प्रहरीका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका–१६ निवासी ३० वर्षीय रतन गुप्ता र उनकी श्रीमती सर्लाही लालबन्दी नगरपालिका–२ की २९ वर्षीया कविता कुमारी ढुङ्गाना विद्यालयमै बसोबास गर्दै अध्यापन गरिरहेका थिए। विद्यालयमा साउन ५ गतेदेखि बिदा भएपछि दुवै जना सम्पर्कविहीन भएका थिए। साउन ११ गते विद्यालय खुलेपछि दम्पती नदेखिएपछि विद्यालय प्रशासनले फोन सम्पर्कको प्रयास गरेको थियो। त्यसक्रममा रतन गुप्ताले विद्यालयका प्रधा

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द, चिकित्सकमाथिको आक्रमणविरुद्ध आन्दोलन

    धरान/ नेपाल चिकित्सक संघको आह्वानमा आज (मंगलबार) देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, अस्पतालमा भएको तोडफोड र वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा संघले आन्दोलनको घोषणा गरेको हो। नेपाल चिकित्सक संघ, धरान शाखा, सुनसरीले केन्द्रीय कार्यालयको निर्णयप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै सुनसरी जिल्लाभित्रका सरकारी, निजी, शिक्षण तथा सामुदायिक अस्पताल, मेडिकल कलेज, स्वास्थ्य संस्था र क्लिनिकहरूमा पनि आकस्मिक सेवाबाहेक सम्पूर

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 134 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved