सुन्दरहरैंचा/ एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन् । प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो । मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको जनाएको छ । व
झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।” विभागले सम
काठमाडौं/ बडादसैँ अन्तर्गत नवरात्रिको छैटौँ दिन आज देशभर देवी कात्यायनीको पूजा–आराधना गरी मनाइँदै छ। यधपी दिनका हिसाबले सातौ दिन भएता पनि तिथिकाे गडबडीले आज छैटौं दिनकाे पुजा आराधना गरिदैछ। नवरात्रिको प्रत्येक दिन दुर्गा देवीका विभिन्न रूपहरूको पूजा गर्ने परम्परा छ। आजको दिन शक्ति, साहस र दुष्ट शक्तिको विनाशको प्रतीक देवी कात्यायनीलाई समर्पित गरिएको छ। बिहानै स्नान गरी सफा वस्त्र धारण गरेर श्रद्धालुहरूले पूजा स्थलमा देवीको प्रतिमा वा तस्वीर स्थापना गरी पूजा गर्ने चलन रहेको छ। धार्मिक विश्वासअनुसार देवी कात्यायनीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ, विवाहमा आउने बाधा हट्छ
काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन। ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवस
लहान/ लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ। श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन
धरान/ विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ । विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ । धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ । समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड&nd
सुनसरी/ नवरात्रको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्। भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक उनको आराधना गर्नाले सबै किसिमका बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ। नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूज
इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम
धरान/संविधान दिवसको अवसरमा सर्वपक्षीय समन्वय समितिको आयोजनामा धरानमा आज भव्य ¥याली तथा कोणसभा सम्पन्न भयो। धरान–२ छाताचोकबाट सुरु भएको ¥याली ‘संविधानको रक्षा गरौँ’ नारासहित भानुचोकमा पुगेर कोणसभामा परिणत भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, महिला प्रतिनिधि, विद्यार्थी, नागरिक समाजका अगुवासहित ठूलो जनसमुदायको उपस्थिति रहेको थियो। सहभागीहरूले संविधानको संरक्षण र अराजक गतिविधिको विरोधमा ऐक्यबद्धता जनाए। कोणसभामा विद्यार्थी नेता रविन्द्र श्रेष्ठले धरानमा भदौ २४ पछि भएका तोडफोड र आगजनीप्रति चिन्ता व्यक्त गर्दै मेयर हर्कराज राईमाथि नै जिम्म
खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर