हिमालय इंग्लिस स्कुलका प्रिन्सिपल खनाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुँदै

  • असोज २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुन्दरहरैंचा/ एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नम्बर १० मा अवस्थित हिमालय इंग्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

प्रिन्सिपल खनाललाई उत्कृष्ट प्रिन्सिपल अवार्डद्वारा सम्मान गर्न लागिएको हो । मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, युएसए, युके, इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको जनाएको छ ।

विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हुदै आइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा अक्टोबर १४ मा मलेसियाको क्वालालाम्पुरको लिनकन युनिभर्सिटीबाट अवार्ड प्राप्त हुनेछ ।

उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक प्रिन्सिपल खनाल थाइल्याणड हुँदै सिंगापुर र मलेसिया प्रस्थान गरिसकेको बताईएको छ ।

पछिल्लो समय सुन्दरहरैचामा हिमालय स्कुलले पठन पठानका अतिरिक्त विभिन्न एस्ट्रा एक्टिभिटी गर्नमा अन्य निजी बिद्यालय भन्दा एक कदम अगाडी रहेको पाइन्छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved