सप्तकोसीमा बाढीले उच्च सतर्कता तह नाघ्यो, सावधानी अपनाउन आग्रह, देउमाईको पुल बगायो

  • असोज १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ।

सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।”

विभागले सम्भावित बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयबासी, सुरक्षा निकाय तथा विपद् व्यवस्थापन निकायलाई अग्रिम तयारीसहित सजग रहन आग्रह गरेको छ।

यसैबीच, अविरल वर्षाको कारण इलामको देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका बीच पर्ने देउमाई खोलाको पुल शनिबार राति आएको बाढीले बगाएको छ।

बाढीका कारण आसपासका केही घर समेत बगाएको स्थानीय सुरेन्द्र लिम्बुले जानकारी दिएका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved