शिक्षा

    Showing 211-220 of 1,826 items.
  • विद्यालय फुटबलबाट रोजगारी र आर्थिक अवसर सम्भव छ : किशोर राई

    धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए। प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 362 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ औँ डिआइजी रनिङ कप फुटबलकाे तयारी पुरा

    धरान/  केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ सं

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 495 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी

    इटहरी/बालबालिकाको समग्र विकासका लागि घर र विद्यालयबीच सहकार्य अनिवार्य रहेको निष्कर्षसहित इटहरीस्थित मोर्डन प्रिपेटरी सेकेण्डरी स्कुलमा सकारात्मक अभिभावकत्व गोष्ठी सम्पन्न भएको छ। पुसको पहिलो साता आयोजित अभिभावक संवाद कार्यक्रम दामोदर न्यौपानेको सहजीकरणमा सम्पन्न भएको हो। गोष्ठीमा स्कुलका प्रधानाध्यापक पदमराज सापकोटाले बदलिँदो समयअनुसार बालबालिकाको हुर्काइमा नयाँ दृष्टिकोण आवश्यक रहेको बताए। उनले हाल विद्यालयमा अध्ययनरत बालबालिका ‘जेन–अल्फा’ पुस्ताका भएको उल्लेख गर्दै परम्परागत सोच मात्र पर्याप्त नहुने धारणा व्यक्त गरे। “घर र विद्यालय पनि सफ्टवेयरजस्तै हुन्, समयअनुसा

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 702 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा विश्व ध्यान दिवस विशेष ध्यान कक्षा

    इटहरी/विश्व ध्यान दिवसको अवसरमा मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुलमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष प्रयोगात्मक ध्यान कक्षा सञ्चालन गरिएको छ। विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढीकरण, एकाग्रता अभिवृद्धि तथा आत्मअनुशासन विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई त्राटक ध्यान (Gazing Therapy) र भ्रामरी ध्यान (Humming Therapy) का व्यावहारिक अभ्यास गराइएको थियो। त्राटक ध्यानले दृष्टि स्थिरता र ध्यान शक्ति बढाउन सहयोग गर्ने तथा भ्रामरी ध्यानले तनाव कम गरी मन शान्त बनाउने भएकाले विद्यार्थीहरूलाई दैनिक जीवन र अध

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 617 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'हिविस्कस क्विज मेनिया–सिजन ४’ काे तयारी पूरा

    धरान/ हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ को आयोजनामा हुने अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता पुस ९ र १० गते दुई दिनसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुनेछ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन, प्राविधिक तयारी र प्रश्न निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिएको छ। यस संस्करणमा देशका विभिन्न स्थानका ४४ विद्यालयको सहभागिता रहनेछ। विद्याल

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 280 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित महिलाको क्षमता उजागर गर्न सुरूङ्गामा ‘मिसेस क्वीन अफ कोशी’

    सुनसरी/ झापाको सुरूङ्गामा पहिलो पटक कोशी प्रदेशस्तरीय ‘मिसेस क्वीन अफ कोशी–२०८२’ आयोजना हुने भएको छ। विवाहित महिलाहरूभित्र लुकेका प्रतिभा, नेतृत्व क्षमता र आत्मविश्वासलाई उजागर गर्ने उद्देश्यले प्रतियोगितालाई एउटा प्रभावकारी प्लेटफर्मका रूपमा विकास गर्न लागिएको हो। प्रतियोगिताको आयोजना एचएस साइना क्रिएसन प्रालि ले गर्न लागेको हो। आयोजक संस्थाका कार्यक्रम संयोजक अनुप भण्डारीले शनिबार झापाको सुरुङगामा पत्रकार भेटघाटमार्फत प्रतियोगिताबारे जानकारी गराउँदै समाजमा विवाहित महिलाहरूको भूमिका, पहिचान र सशक्तिकरणलाई थप बलियो बनाउने लक्ष्यसहित कार्यक्रम ल्याइएको बताए। “यो

    • प्रकाशित मितिः पुस ५, २०८२
    • 440 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २० औँ ललित–अम्बर डिपो कपको उपाधि आयोजककै पोल्टामा

    धरान/ घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टिम डिपो स्कुलले २० औँ ललित–अम्बर डिपो कप २०८२ को उपाधि उचालेको छ। धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा डिपोले धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धाबीच तय भएको फाइनलमा दोस्रो हाफको १० औँ मिनेटमा जर्सी नम्बर ९ का आशिष जिमीले फ्रिकिकमार्फत हानेको उत्कृष्ट गोल नै निर्णायक बन्यो। सोही गोलसँगै डिपोको उपाधि सुनिश्चित भयो। आशिष जिमी फाइनलका ‘म्यान अफ द म्याच’ मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए। पहिलो सहभागिताम

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्धारा सम्मान

    धरान/पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरुको संस्था एशोसिएसन अफ कम्प्युटर इन्जिनियरीङ स्टुडेन्ट तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरीङ स्टुडेन्टको आयोजनामा भएको टिच फेस्टिबल अन्र्तगत भएको हाजिरी जवाफ प्रतियोगितामा हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ विजेता वन्न सफल भएको छ । धरान क्षेत्रबाट सहभागी ८ स्कुललाई पछि पार्दै हिविस्कस स्कुल विजेता वन्न सफल वनेको हो । हिविस्कस स्कुलले नगद १० हजार प्रमाण– पत्र प्राप्त गरेकाे छ। त्यसैगरी सिदार्थ शिसुसदन स्कुलले दोस्रो स्थान हात पार्न सफल वनेको छ । विजेताले लाई नगद पुरस्कारको व्यवस्था गरीएको कार्यक्रम संयोजक वि

    • प्रकाशित मितिः पुस २, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ललित–अम्बर डिपो कप–२०८२ : सेमिफाइनल समीकरण पूरा

    धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ। प्लेट च्याम्पियन सेमिफाइनल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्‍यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्। डि

    • प्रकाशित मितिः पुस १, २०८२
    • 372 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिण्डेश्वर विद्यापीठको ७४औँ वार्षिकोत्सव सम्पन्न, संस्कृत शिक्षालाई समयसापेक्ष बनाउने प्रतिबद्धता

    धरान/ नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको ऐतिहासिक पिण्डेश्वर विद्यापीठले आफ्नो ७४औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा आयोग गम्भीर रहेको उल्लेख गर्दै पिण्डेश्वर विद्यापीठको शैक्षिक तथा भौतिक पूर्वाधार क्रमशः सुदृढ बन्दै गएको बताए। विशिष्ट अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले संस्कृत शिक्षालाई समयको मागअनुसार रूपान्तरण गर्न पाठ्यक्रम परिमार्जन आवश्यक रहेको धारणा राखे। उनले योग, आयुर्वेद तथा चिकित्

    • प्रकाशित मितिः पुस १, २०८२
    • 343 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved