२० औँ ललित–अम्बर डिपो कपको उपाधि आयोजककै पोल्टामा

  • पुस ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टिम डिपो स्कुलले २० औँ ललित–अम्बर डिपो कप २०८२ को उपाधि उचालेको छ।

धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा डिपोले धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो।

कडा प्रतिस्पर्धाबीच तय भएको फाइनलमा दोस्रो हाफको १० औँ मिनेटमा जर्सी नम्बर ९ का आशिष जिमीले फ्रिकिकमार्फत हानेको उत्कृष्ट गोल नै निर्णायक बन्यो।

सोही गोलसँगै डिपोको उपाधि सुनिश्चित भयो। आशिष जिमी फाइनलका ‘म्यान अफ द म्याच’ मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए।

पहिलो सहभागितामै फाइनल पुगेको धरान इङ्लिस बोर्डिङ स्कुल उपविजेतामा सीमित भए पनि खेलाडीहरू उत्साहित देखिए। विजेता डिपो स्कुलले ट्रफीसहित नगद ११ हजार १११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

उपविजेता धरान इङ्लिस बोर्डिङ स्कुलले ७ हजार १११ रुपैयाँसहित उपविजेता ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो। तेस्रो स्थान हासिल गरेको नेपाल पुलिस स्कुलले ५ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो।

व्यक्तिगत विधातर्फ धरान इङ्लिस बोर्डिङ स्कुलका रोमन जिमी उत्कृष्ट गोलकिपर बने। हाई–स्कोररको उपाधि धरान इङ्लिस बोर्डिङका कृष लिम्बु र आइडियल बोर्डिङ स्कुलका सौरभ राईले संयुक्त रूपमा पाए।

राइजिङ प्लेयरको सम्मान डिपो स्कुलका श्रीहाङ राईले प्राप्त गरे।

लेट दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ हिमशिखर बोर्डिङ स्कुल, तरहराले उपाधि जित्दै शिल्ड, मेडल, प्रमाणपत्र र ३ हजार १११ रुपैयाँ प्राप्त गर्‍यो।

उपविजेता प्रभात बोर्डिङ स्कुल धरान–१२ ले ट्रफी, मेडल, प्रमाणपत्रसहित २ हजार १११ रुपैयाँमा चित्त बुझायो।

समापन तथा पुरस्कार वितरण समारोहमा प्रदेश सांसद रमेश बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए।

आयोजक डिपो स्कुलका प्रिन्सिपल राजकुमार राईसहित विभिन्न अतिथिहरूले विजेता–उपविजेता तथा व्यक्तिगत विधातर्फका खेलाडीहरूलाई पुरस्कार प्रदान गरे।

समारोहमा पूर्व राष्ट्रिय खेलाडी तथा  प्रशिक्षक इन्दु रसाइलीले विद्यार्थी खेलाडीहरूलाई प्रेरणादायी मन्तव्य राख्दै अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासले भविष्य उज्यालो बनाउने सन्देश दिए।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved