'हिविस्कस क्विज मेनिया–सिजन ४’ काे तयारी पूरा पुस ९ र १० मा ४४ विद्यालयबीच प्रतिस्पर्धा

  • पुस ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ को आयोजनामा हुने अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता ‘हिविस्कस क्विज मेनिया–सिजन ४’ को सम्पूर्ण तयारी पूरा भएको छ।

प्रतियोगिता पुस ९ र १० गते दुई दिनसम्म विद्यालयकै प्राङ्गणमा सञ्चालन हुनेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुवास मोक्तानले प्रतियोगिताका लागि आवश्यक सबै व्यवस्थापन, प्राविधिक तयारी र प्रश्न निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा खरिदार तहको सिलेबसका आधारमा प्रश्न तयार गरिएको छ।

यस संस्करणमा देशका विभिन्न स्थानका ४४ विद्यालयको सहभागिता रहनेछ।

विद्यालय प्रशासनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विद्यालयका निर्देशक गङ्गाराम कुलुङले पठनपाठनसँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै विद्यालय अघि बढिरहेको बताए।

उनले समावेशी शिक्षामार्फत आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पनि शैक्षिक अवसर उपलब्ध गराउँदै आएको उल्लेख गरे।

प्रतियोगिताको पहिलो चरण पुस ९ गते सञ्चालन हुनेछ भने त्यसबाट छनोट भएका ६ टिमबीच पुस १० गते फाइनल चरणको प्रतिस्पर्धा हुनेछ।

यसअघि धरान नगरस्तरबाट सुरु भएको प्रतियोगिता गत वर्ष सुनसरी जिल्लास्तरमा विस्तार गरिएको थियो भने यस वर्षदेखि खुला प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिँदैछ।

हाजिरीजवाफ प्रतियोगितामा रुचि राख्ने जुनसुकै विद्यालयले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ। प्रतियोगिताका विजेताले २० हजार रुपैयाँ नगदसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

उपविजेताले १५ हजार, तेस्रो हुनेले ८ हजार, चौथो हुनेले ६ हजार, पाँचौँ हुनेले ४ हजार तथा सान्त्वना टिमले २ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन्।

२०७९ सालदेखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करण हिविस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो संस्करण नेपाल पुलिस स्कुल तथा गत वर्षको संस्करणमा पुनः हिविस्कस स्कुल नै विजेता बनेको थियो।

कार्यक्रमको सह–संयोजकमा विकास साह, जनसम्पर्क समन्वयमा नयनराज राई तथा प्राविधिक संयोजनमा मनिष श्रेष्ठ रहने विद्यालयले जनाएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved