शिक्षा

    Showing 181-190 of 1,468 items.
  •  "शिक्षक आन्दोलनको सहमतिमा टुंगो, सरकारी विद्यालय आजदेखि खुले"

     काठमाडौं/ एक महिना लामो शिक्षक आन्दोलन अन्ततः सहमतिमा टुंगिएपछि आजदेखि देशभरका सरकारी विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्। शिक्षकहरूले सरकारसँगको नौ बुँदे सहमति पछि आन्दोलन अन्त्य गरेका हुन्। यस आन्दोलनका कारण विद्यालयहरूको पठनपाठन ठप्प मात्र भएन, भर्ना अभियान पनि प्रभावित भएको थियो। सहमति बुधवार भएको भए तापनि, यसको सार्वजनिक घोषणा हिजो मात्र भएको थियो, जसका कारण आजदेखि विद्यालयहरू खुला भएका छन्। शिक्षकहरूले भनेका छन् कि सुरुमा भर्ना अभियान पूरा गरिनेछ र केही दिनमा पठनपाठन सुचारु हुनेछ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 210 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पत्तिको लोभमा श्रीमानलाई ‘मरेको’ घोषणा! जीवित भेटिएपछि वडाध्यक्ष प्रहरीको फन्दामा

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–२० मा एक महिलाले आफ्नै जीवित श्रीमानलाई मरेको घोषणा गर्दै अदालतमा न्यायिक मृत्युसिद्धिको माग गरेकी घटना अहिले चर्चाको शिखरमा छ। पैसाको लोभमा परेर स्थानीय जनप्रतिनिधिसँग मिलेमतो गर्दै मृत्युप्रमाणपत्र बनाउने काम भएको खुलासा भएपछि, यो घटनाले कानुनी, प्रशासनिक र नैतिकताको गम्भीर प्रश्न उठाएको छ। दीपबहादुर खड्का नाम गरेका ती व्यक्ति विदेशमा – कतारमा – जिउँदै भेटिएका छन्। तर उनका श्रीमती कुस्मादेवी खड्काले भने १२ वर्षदेखि सम्पर्कविहीन भएको भन्दै उनलाई ‘मरेको’ घोषणा गर्न अदालतमा निवेदन दिएकी थिइन्। साथमा इटहरी उपमहानगरपालिका&n

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 2,761 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुई महिनामै दुई नेपाली छात्रा मृत: केआईआईटीमा के हुँदैछ?

    धरान/भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। पर्सा वीरगञ्जकी प्रिशा बिहीबार राति मृत भेटिएको पुष्टि विभिन्न सञ्चारमाध्यमहरूले गरेका छन्। उनकाे शव हाल अस्पतालमा राखिएको छ भने परिवार भारत पुगिसकेकाले पोष्टमार्टम प्रक्रिया अघि बढ्ने तयारीमा छ। यो घटना सामान्य देखिए पनि पछिल्लो अढाई महिनाभित्र केआईआईटीमै अर्की नेपाली छात्रा—प्रकृति लम्सालको पनि यस्तै शंकास्पद मृत्यु भइसकेको पृष्ठभूमिमा यो थप गम्भीर बनेको छ। नेपाल सरकार, परराष्ट्र मन्त्रालय र

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 364 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुुनाखरी एकेडेमीद्वारा कराँते र फाइट नाइटमा विजयी विद्यार्थीहरू सम्मानित

    धरान/ धरान-१२ स्थित चातरालाइनमा रहेको सुुनाखरी एकेडेमीले कराँते र धरान फाइट नाइटमा उत्कृष्ट प्रदर्शन गरेका आफ्ना विद्यार्थीहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ। विद्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममार्फत विद्यालयले प्रतियोगितामा सफलता हासिल गर्ने विद्यार्थीहरूको योगदानको कदर गर्दै सम्मान प्रदान गरेको हो। विद्यालयका प्रिन्सिपल मिलनकुमार राईका अनुसार कक्षा ११ मा अध्ययनरत सलिना जोगीलाई काठमाडौँमा वैशाख ११ देखि १३ गतेसम्म सम्पन्न ‘प्रथम शेरबहादुर देउवा कप कराँते प्रतियोगिता–२०८२’ मा तेस्रो स्थान हासिल गरेबापत सम्मान गरिएको हो। त्यसैगरी, कक्षा ८ मा अध्ययनरत नावाङ राईलाई धर

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 408 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको प्रधानमन्त्री ओलीको दाबी

    विराटनगर/  प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दू धर्ममा अत्यन्त प्रभावशाली मानिने गायत्री मन्त्रको उत्पत्ति कोशी नदीबाट भएको दाबी गरेका छन्। बुधबार विराटनगरमा आयोजित कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्रका ऋषि विश्वामित्रले कोशी नदीको किनारमै बसेर गायत्री मन्त्रको रचना गरेको बताए। “मन्त्रहरूको पनि मन्त्र, महामन्त्र भनिने गायत्री मन्त्र यहीँ कोशी किनारमै रचना गरिएको हो,” प्रधानमन्त्री ओलीले भने, “महर्षि ऋषि विश्वामित्रले यही ठाउँमा बसेर यसको सृजना गर्नुभएको हो।” गायत्री मन्त्रलाई हिन्दू धर्मावलम्बीहरूल

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 398 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ९ बुँदे सहमति: शिक्षक सन्तुष्ट, विद्यालय कर्मचारी असन्तुष्ट

    काठमाडौं/सरकार र नेपाल शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिपछि जहाँ शिक्षक पक्ष सन्तुष्ट देखिएको छ, त्यहाँ विद्यालय कर्मचारी भने झनै पीडित महसुस गरिरहेका छन्। आफ्ना माग र मुद्दा सहमतिमा समेटिन नसकेको भन्दै उनीहरूले चर्को असन्तुष्टि जनाएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले सामाजिक सञ्जालमार्फत आक्रोश पोख्दै सहमति कर्मचारीको हितविपरीत भएको दाबी गरेका छन्। “सरकारले त वर्षौंदेखि अन्याय गर्‍यो, अहिले शिक्षकहरूबाट पनि अपमानित हुनुपरेको छ,” उनले लेखेका छन्। योगीका अनुसार २०६७ सालमा भएको सहमति जस्तै अहिलेको सहमतिमा पनि विद्यालय कर्मचारीको पक्ष पूर्णतः बे

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 271 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व मजदुर दिवस,यस्तो छ इतिहाँस

    ग्रेगोरियन क्यालेन्डर ईश्वी सम्वत सन् अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर(वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ। रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी।स। १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा” को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनु

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 284 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा भव्य रूपमा परशुराम जयन्ती मनाइयो

    धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरामको जन्म जयन्ती धरानमा भव्य रूपमा मनाइएको छ। समाजमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आवाज उठाउने परशुरामको योगदान स्मरण गर्दै शोभायात्रा, सभात्मक कार्यक्रम र सम्मानसहित जयन्ती मनाइएको हो। वैशाख शुक्ल तृतीयाको दिन परशुरामको जन्म भएको विश्वास गरिन्छ। राजा प्रसेनजितकी छोरी रेणुका र ऋषि जमदग्निबाट जन्मिएका परशुरामको स्मृतिमा धरानमा विगत दुई वर्षदेखि परशुराम जयन्ती धुमधामसाथ मनाइँदै आएको छ। भगवान परशुराम समाज, सुनसरी–धरान गठन भएपछि यो परम्परा थप संस्थागत रूपमा अघि बढाइएको हो। यस वर्षको जयन्तीको अवसरमा बिहान व्यानरसहितको शोभायात

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 285 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 352 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार र शिक्षक महासङ्घबीच आज पुनः वार्ता, आन्दोलन भने यथावत

    काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ। बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो। महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए। यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसा

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 183 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved