धरान/ हाम्रो डान्स एकेडेमीको आयोजनामा सञ्चालन हुँदै आएको नृत्य प्रतियोगिता धरान डान्सिङ आइडल सिजन–५ को फाइनल माघ १२ गते सोमबार धरान-१५ स्थित चुम्लुङ भवनमा सम्पन्न भएको छ। फाइनल प्रतिस्पर्धाबाट कार्मेल स्कुलकी क्रिस्टिना राई प्रथम भएकी छिन्। प्रतियोगितामा आइडियल इंग्लिस बोर्डिङ स्कुलका प्रतिक राई द्वितीय,जेनिथ स्कुलकी प्रिन्सा मगर तृतीय भएकी छन् भने डि।पी। बिलिभर्स स्कुलकी सन्ध्या माझी चौथो र यु।एन। नवोदय स्कुलकी प्रशंसा देवान पाँचौँ स्थानमा रहन सफल भएका छन्। प्रतियोगिताका विजेता प्रतिस्पर्धीहरूलाई नगद पुरस्कारसहित नटराजको ट्रफी प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरुलाई प्रथम, द्वितीय
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ६९ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ । सोमवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२, चतरामा रहेको नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सूचीकृत सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। सुनसरी जिल्लामै पहिलो पटक कक्षा ११ र १२ (प्लस टु) सञ्चालन गर्ने विद्यालयका रूपमा परिचित आदर्श माविले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी हीरक जयन्ती मनाएको हो। समारोहमा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, पूर्व प्रधानाध
धरान/ उदयमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता को उपाधि धरान मेघा हिमालयन कलेज ले हात पारेको छ। आइतबार धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको प्रतियोगिताका बास्केटबल कोच युगल माबो लिम्बु ले जानकारी दिए। विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ। प्रत
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–२, जब्दीमा अवस्थित नगरकै कान्छो सामुदायिक विद्यालय जलदेवी आधारभूत विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममार्फत वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए । त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका प्रमुख देबेन्द्र मल्ल, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतम, आदर्श माविका पूर्व प्रधानाध्य
वराहक्षेत्र/ स्वर्णिम साहित्य समाज वराहक्षेत्र, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ। वराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा सुरु भएको कार्यक्रममा ८ वटा विद्यालयका १३ जना प्रतिनिधि बाल कविहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने छन्। साविक वराहक्षेत्र क्षेत्रका ५ वटा गाविसका माविस्तरीय विद्यार्थीहरू यस रियालिटी शोमा सहभागी भएका छन्। प्रतियोगिताबाट उत्कृष्ट १ जना बाल कविले उपाधि जित्नेछन्। विजेताले नगद १० हजार रुपैयाँ, एक झोला पुस्तक, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।
धरान/ स्वर्गीय उदयमान बास्केटबल खेलाडी रेवाहाङ राईको स्मृतिमा आयोजना गरिएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न क्वाटरफाइनल खेलबाट मेघा ‘ए’, मेघा ‘बी’, हिमशिखर बोर्डिङ स्कुल र सुनाखरी एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१२ स्थित धरान मेघा हिमालय कलेजको आयोजनामा कलेजकै बास्केटबल कोर्टमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्ला बास्केटबल संघ तथा धरान बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ भने रेवाहाङ रुन्छेबुङ राई स्मृति प्रतिष्ठान सह–आयोजक संस्थाका रूपमा रहेको छ। बिहीबार सम्पन्न खेलमा मेघा ‘बी’
धरान/सुनसरीको धरान १६ मा अव्यवस्थित युएन नवाेदय +२ कलेजमा ‘स्वास्थ्य र राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित नवोदय खेलकुद महोत्सव–२०२६ सुरु भएको छ। खेलकुद महोत्सवको पहिलो दिन भलिबल, बुद्धिचाल, टेबल टेनिस, क्यारेमबोर्ड, बास्केटबल, ब्याडमिन्टनलगायत विभिन्न प्रतिस्पर्धात्मक खेलहरू सम्पन्न भएका छन्। भलिबलतर्फ +२ छात्रा समूहमा आकृति राईको समूह विजेता र सुजता तामाङको समूह उपविजेता बनेका छन्। छात्र समूहमा रुप्सन राईको समूहले उपाधि जित्दा सुनीहाङ तेङयुङ लिम्बूको समूह उपविजेतामा सीमित भएको छ। होटल व्यवस्थापन (बीएचएम) तर्फको भलिबल प्रतियोगितामा अनिस बस्नेतको समूह विजेता र मिसन लिम्ब
धरान/ स्वर्गीय रेवाहाङ रुछेन्वुङ राईको सम्झनामा आयोजना हुने चौथो अन्डर–१८ धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। धरान उपमहानगरपालिकाका उपप्रमुख ऐन्द्र विक्रम बेघाको प्रमुख आतिथ्यतामा मंगलबार उद्घाटन कार्यक्रम आयोजना गरिनेछ। प्रतियोगितामा सुनसरी, मोरङ र झापाका १९ वटा विद्यालय तथा कलेज टिमको सहभागिता रहनेछ। प्रतियोगितामा हिमशिखर बोर्डिङ स्कुल, पूर्वाञ्चल स्कुल, सुष्मा कलेज, सुकुना कलेज, लोटस स्कुल, नास्ट कलेज, धरान आदर्श स्कुल, धरान मेघा कल
धरान/ धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा माघे सङ्ग्रातीको अवसर पारेर विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा तिलको लड्डु, तरुल, सेलरोटी लगायतका परम्परागत परिकारहरू तयार पारेर सामूहिक रूपमा खाने व्यवस्था गरिएको थियाे। उक्त परिकारहरू कलेजकै किचनमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूले तयार गरेका हुन्। विद्यार्थीहरूलाई माघे सङ्ग्रातीको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दुर्गा प्रसाद सुबेदीले जानकारी दिए। उनले माघे सङ्ग्राती के हो, किन मनाइन्छ र यसको महत्व के हो भन्ने विषयम