प्राईम भिजन कलेजमा माघे सङ्ग्राती विशेष परिकारसहित कार्यक्रम सम्पन्न

  • माघ १, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा माघे सङ्ग्रातीको अवसर पारेर विशेष कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा तिलको लड्डु, तरुल, सेलरोटी लगायतका परम्परागत परिकारहरू तयार पारेर सामूहिक रूपमा खाने व्यवस्था गरिएको थियाे।

 उक्त परिकारहरू कलेजकै किचनमा हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूले तयार गरेका हुन्।

विद्यार्थीहरूलाई माघे सङ्ग्रातीको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दुर्गा प्रसाद सुबेदीले जानकारी दिए। उनले माघे सङ्ग्राती के हो, किन मनाइन्छ र यसको महत्व के हो भन्ने विषयमा विद्यार्थीहरूलाई प्रष्ट पारेका थिए।

कार्यक्रमका अवसरमा कलेजका सिईओ अभिषेक श्रेष्ठले हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरूले देश–विदेशका तारे होटलमा आवश्यक आधुनिक खाना पकाउने सीप, सेवा शिष्टाचार र हस्पिटालिटी त सिक्ने नै भए पनि, आफ्नो देशको मौलिक चाडपर्व, संस्कार र संस्कृतिको ज्ञान पनि उत्तिकै आवश्यक रहेको बताए। यही सोचका साथ विद्यार्थीहरूलाई परम्परागत परिकारमार्फत माघे सङ्ग्राती मनाइएको उनको भनाइ छ।

माघे सङ्ग्राती सूर्य उत्तरायण प्रवेश गर्ने दिनका रूपमा मनाइने महत्वपूर्ण चाड हो। यस दिनबाट दिन लामो र रात छोटो हुन थाल्ने विश्वास गरिन्छ। स्वास्थ्यको दृष्टिले पनि तिल, तरुल जस्ता परिकार सेवन गर्दा शरीरमा तातोपन र ऊर्जा प्राप्त हुने जनविश्वास रहेको छ।

विभिन्न समुदायले आ–आफ्नै परम्परा अनुसार मनाउने यो चाडले सामाजिक सद्भाव, पारिवारिक एकता र सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने मान्यता छ।

     यस किसिमका कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक सीपसँगै सांस्कृतिक चेतना पनि प्रदान गर्ने अपेक्षा गरिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved