वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयले आफ्नो ६९ औं बार्षिकोत्सव समारोह एव् अभिभावक दिवस मनाएको छ ।
सोमवार बिद्यालयले औपचारिक बिभिन्न कार्यक्रम आयोजना गरेर बार्षिकोत्सव समारोह मनाएको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको प्रमुख आथिथ्यता रहेको थियो ।
कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, छिमेकी बिद्यालयका प्रध्यानाध्यापक, राजनैतिक दलका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि , बिद्याकयका संस्थापकहरु , पुर्ब प्रध्यानाध्यापकहरु, पुर्ब शिक्षकहरु , पुर्ब व्यवस्थापन समितिका अध्यक्षहरु , समाजसेवि , चन्दादाता , अक्षयकोष दाताहरुको गरिमाय आयिथ्यता रहेको थियो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महत्वको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याक चण्डिराज पोखरेलले बिद्यालयको आर्थिक बर्ष २०७१/०८२ को आयर व्यय तथा भावि योजना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत , छात्रवृति , पुर्व व्यवस्थापन समितिकस पदाधिकारीहरुलाई सम्मान तथा अक्षय कोषदाता , चन्दाताहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका विद्यार्थीहरूलाई पुरस्कृत तथा छात्रवृत्ति समेत वितरण गरेको थिए ।
२०१३ सालमा स्थापना भएको उक्त बिद्यालय वराहक्षेत्र नगरपालिकै जेठो तथा प्रतिष्ठित सामुदायिक बिद्यालय मध्यको एक हो ।