वराहक्षेत्रमा ‘स्कुलमा कविता’ तेस्रो संस्करण सुरु १३ बाल कवि प्रतिस्पर्धामा

  • माघ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  स्वर्णिम साहित्य समाज वराहक्षेत्र, सुनसरीद्वारा आयोजित विद्यार्थीलक्षित कविता वाचन रियालिटी शो ‘स्कुलमा कविता’ को तेस्रो संस्करण आजदेखि सुरु भएको छ।

वराहक्षेत्र–५ भरौलस्थित मुनबिम एकेडेमीमा सुरु भएको कार्यक्रममा ८ वटा विद्यालयका १३ जना प्रतिनिधि बाल कविहरूले कविता वाचनमार्फत आफ्नो सिर्जनात्मक प्रतिभा प्रस्तुत गर्ने छन्। साविक वराहक्षेत्र क्षेत्रका ५ वटा गाविसका माविस्तरीय विद्यार्थीहरू यस रियालिटी शोमा सहभागी भएका छन्। प्रतियोगिताबाट उत्कृष्ट १ जना बाल कविले उपाधि जित्नेछन्।

विजेताले नगद १० हजार रुपैयाँ, एक झोला पुस्तक, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्। उपविजेताले ५ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्नेले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताका निर्णायकमा कवि युवराज भट्टराई र सविता फागो रहेका छन् भने दुर्गा बस्नेत अतिथि निर्णायकका रूपमा सहभागी छन्। कार्यक्रममा कवि नदी मिसामले अतिथि कविका रूपमा आफ्ना कविता प्रस्तुत गर्नेछन्।

यसै अवसरमा दिवंगत चीरन एभेङ लिम्बूको स्मृतिमा उहाँको परिवारले स्वर्णिम सम्मान तथा पुरस्कार अक्षय कोषका लागि १ लाख ११ हजार रुपैयाँ प्रदान गरेको छ। उक्त रकम सलबहादुर एभेङ लिम्बूले अक्षयकोषका प्रमुख कवि प्रकाश दिप्सालीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वराहक्षेत्र–५ का वडाध्यक्ष रोहित काफ्ले, नेपाल प्रज्ञा प्रतिष्ठानकी मातृभाषा विभाग सदस्य हेन्सेन याख्खा, काव्य विभाग सदस्य रामप्रसाद खरेल, उपन्यासकार श्याम सिंघक लगायत स्थानीय कवि, साहित्यप्रेमी र अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved