आदर्श माविको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • माघ १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२, चतरामा रहेको नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गत सूचीकृत सामुदायिक विद्यालय आदर्श माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

सुनसरी जिल्लामै पहिलो पटक कक्षा ११ र १२ (प्लस टु) सञ्चालन गर्ने विद्यालयका रूपमा परिचित आदर्श माविले सोमबार औपचारिक कार्यक्रम आयोजना गरी हीरक जयन्ती मनाएको हो।

समारोहमा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा नगर उप–प्रमुख नन्दकुमारी सुनुवार, वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम, पूर्व प्रधानाध्यापकहरू प्रह्लाद भट्टराई र ज्ञानबहादुर पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, विद्यालयका संस्थापक, पूर्व शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, समाजसेवी, चन्दादाता तथा अक्षयकोष दाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य यादव गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बुले विद्यालयको शैक्षिक अवस्था, ऐतिहासिक पृष्ठभूमि तथा भावी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै, आर्थिक प्रशासन प्रमुख महेश पराजुलीले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन सार्वजनिक गरे।

समारोहको अवसरमा विद्यालयले विभिन्न शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेको थियो। विद्यार्थीहरूले विज्ञानसम्बन्धी सामग्रीहरूको प्रदर्शनीसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई थप आकर्षक बनाउँदै विद्यार्थीहरूले स्वागत नृत्य, सांस्कृतिक नृत्य, बालगीतमा आधारित नृत्य प्रस्तुत गरे। साथै, एसइईका विद्यार्थीहरूद्वारा सलामी अर्पण, पिटी प्रदर्शनी, स्काउटद्वारा ड्रिल प्रदर्शन तथा शिक्षक–शिक्षिकाहरूको नृत्य प्रस्तुतिले समारोहलाई जीवन्त बनाएको थियो।

यस अवसरमा अक्षयकोष दाताहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षक, पूर्व शिक्षक तथा विद्यालयको अक्षयकोषमा योगदान पुर्‍याउने दाताहरूलाई विशेष सम्मान गरिएको थियो।

शिक्षक गणेश भट्टराईले सञ्चालन गरेको समारोहमा सहायक प्रधानाध्यापक मोहन गौतम तथा विद्यार्थीहरूले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

वि.सं. २०१२ सालमा स्थापना भएको आदर्श माध्यमिक विद्यालय वराहक्षेत्र नगरपालिकाकै जेठो, नमुना तथा प्रतिष्ठित सामुदायिक विद्यालयका रूपमा परिचित छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved