नगरको कान्छो सामुदायिक विद्यालय जलदेवीको २७औँ वार्षिकोत्सव सम्पन्न

  • माघ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका–२, जब्दीमा अवस्थित नगरकै कान्छो सामुदायिक विद्यालय जलदेवी आधारभूत विद्यालयले आफ्नो २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ ।

शनिबार विद्यालय परिसरमा आयोजित औपचारिक कार्यक्रममार्फत वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको हो ।

कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाइ, सुनसरीका प्रमुख देबेन्द्र मल्ल, आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद लिम्बू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादव गौतम, आदर्श माविका पूर्व प्रधानाध्यापक प्रल्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे तथा समाजसेवी मनोज पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका वर्तमान तथा पूर्व अध्यक्षहरू, समाजसेवी, चन्दादाता, अक्षयकोष दाता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षकको रूपमा रोमा न्यौपानेलाई सम्मान गरिएको थियो भने शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख देबेन्द्र मल्ललाई अभिनन्दन गरिएको थियो ।

साथै असल अभिभावक, सहयोगी दाता तथा विद्यालयलाई निरन्तर सहयोग गर्ने व्यक्तिहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरकुमार राईले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण तथा आगामी योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षिका विष्णुकुमारी राई र सिताराम बस्नेतले संयुक्त रूपमा गरेका थिए ।

सो अवसरमा विद्यालयद्वारा आयोजित विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

२०५५ सालमा स्थापना भएको जलदेवी आधारभूत विद्यालय नगरकै कान्छो भए पनि शैक्षिक उपलब्धि, व्यवस्थापन र विद्यार्थी क्षमताका आधारमा उत्कृष्ट विद्यालयको रूपमा पहिचान बनाउँदै आएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved