बेलबारी । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छ
विराटनगर । संघीय शिक्षा मन्त्रालयले सिकाई सहजीकरण निर्देशिका जारी गरेको छ । त्यसैलाई टेकेर धेरै विद्यालयले कक्षा तथा विद्यालय संचालनको तयारी गरेका छन । तर, गृहमन्त्रालयको अर्को निर्देशनले भने स्थानीय तह विद्यालय खोल्ने अवस्थामै पुग्न सकेका छैनन् । उदयपुरको त्रियुगा नगरपालिकाले लकडाउन र निषेधाज्ञा सहज भएपछि विद्यालय खोल्ने विषयमा तयारी थाल्यो । संघीय शिक्षा मन्त्रालयले जारी गरेको निर्देशनलाई टकेर भौतिक दूरी कायम गरी कक्षा चलाउने नगरपालिकाको तयारी थियो । तर, गृहमन्त्रालयले भने विद्यालय संचालन नगर्न खबरदारी गरेसंगै त्रियुगामा विद्यालय कसरी खोल्ने र कक्षा चलाउने भन्ने विषय छलफलमै सीमित बन्न पुगेक
धरान । वर्षेनी ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गरी बास्केटबल खेलाडीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको धरान बास्केटबल संघले यस वर्षको ट्यालेन्ट हन्टाबाट २३ जनालाई छात्रवृत्ति प्रदान गरेको छ । बास्केटबल खेल सँगै शिक्षामा पनि खेलाडिहरुलाई अघि बढाउन संघले विगत १५ वर्ष देखि खेलाडीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत १० वर्ष देखि ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरी उत्कृष्ठ ठहरिएका खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गर्न थालेको हो । यस वर्षको एक महिना भएको ट्यालेन्ट हन्टबाट धरानका विभिन्न कलेजहरुमा २३ जनालाई छात्रवृत्ति प्रदान गरिएको प्रदेश नम्बर १ का मुख्य बास्केटबल प्रशिक्षक विक
इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । तर स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको छ । स्थानीय तहको निर्णयपछि कतिपय विद्यालले पठन पाठन थालेका थिए । तर, जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । अर्को सूचना नआएसम्म शैक्षिक संस्थाहरु सञ्चालन नगर्नु भनेर सरकारले गरेको निर्णय अनुसार शैक्षिक संस्था खोल्न नपाउने प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइले बताए । उनले भने ‘सरकारको निर्णय विपरित स्थानीय तहले काम गर्दा केही भए त्यसको जिम्
धरान । सरकारले शैक्षिक संस्था खोल्न अनुमती दिए पछि धरान स्थित यु.एन.र नवोदय कलेजले कक्षा ११ मा नया भर्नाका लागि सनिबार पहिलो चरणको प्रबेश परीक्षा लिएको छ । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको आवश्यक स्वास्थ्य मापदण्ड मास्क, सेनिटाइजर, फेससिलको प्रयोग गर्नुका साथै भौतिक दुरी समेत कायम गरि परीक्षा लिइएको कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए । पहिलो चरणको प्रबेश परीक्षामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरि १ सय ९० जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए । दोश्रो चरणको प्रबेश परीक्षा आगामी असोज १६ गते लिइने कलेजले जनाएको छ ।
धरान । रोट्रयाक क्लब अफ धरानले शुक्रबार द सिक्रेट अफ पब्लिक स्पिकिङ् कार्यक्रम सम्पन्न गरेको छ । युवाहरुलाई लक्षित गरेर जुम मार्फत सञ्चालन गरिएको कार्यक्रममा ४६ जनाको सहभागिता रहेका थियो । युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी क्षमता अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको रोट्रयाक क्लब अफ धरानकी अध्यक्ष रेश्मा शाक्यले बताइन । तालिमको सहजीकरण रिदम साहद्वारा गरिएको थियोे । साहले डिजिटल प्रविधिको माध्यमले धरानका युवाहरुलाई सहजिकरण गर्न पाउँदा निकै नै खुसी भएको बताए ।
इटहरी / इटहरी उपमहानगरपालिकाले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्न अनलाइन सर्वेक्षण गरिरहेको छ । एक हप्तासम्म चल्ने सर्वेमा अविभावकलाई अनलाइन सर्वे फम भर्न उपमहानगरले आग्रह गरेको छ । फर्ममा आफना छोराछोरी पढने विद्यालय,कक्षा र कति शूल्क तिर्न चाहनुहुन्छ भन्ने लगायत प्रश्न गरिएको छ । सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न अनलाइन सर्भे मार्फत अविभावकको राय लिइएको उपमेयर तथा शूल्क निर्धारण समिति संयोजक लक्ष्मी गौतमले जानकारी दिइन। सरकारले सस्थागत विद्यालयको शूल्क निर्धारण गर्न स्थानीयतहलाई अधिकार दिएको छ । सर्वेमा आएका कुरा, अविभावक, शिक्षक,संस्थागत विद्यालय संचालक सवै सँग सल्ला
धरान / रोटञ्याक क्लब अफ धरानद्वारा बाल दिवशको उपलक्ष्यमा चित्रकला पतियोगिता सम्पन्न गरिएको छ । वर्तमान अवस्थालाई मध्यनजर गर्दै क्लबले सो प्रतियोगिता अनलाइन प्लाट फर्म मार्फत सम्पन्न गरेको थियो । सो प्रतियोगितामा प्राथमिक तह समुहबाट पहिलो सुरभी शाक्य जेम्स स्कुल , ललितपुर दोश्रो पिहु अगवाल धरान मन्टेश्वरी तेश्रो तनिसा अग्रवाल विष्णु मेमोरियल चौथो नामविङ तिगेला डिल्ली पब्लिक स्कुल भएका थिए । नि.मा. वि., मा. वि. र उ.मा.वि. बाट प्रथम अन्जल जिमी धरान स्कलर एकेडेमी दोस्रो अनिश्मा राई सियोन स्कुल, तेश्रो मनिला गुरुङ धरान उच्च चौथो अनाम राई डिल्ली पब्लिक स्कुल भएका थिए । त्यस्तै उत्कृष्ट कन्सेप्टमा
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचो रहेको औल्याएको छ । भोक्राहामा मानवअधिकार समुहको आयोजनामा भएको समस्या पहिचान तथा सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक मानवअधिकार समूह बैठक तथा अन्तरक्रिया कार्यक्रममा सरोकारबालाहरुले विद्यालयहरु भएर पनि नियमित पठन पाठन नभएको र स्वास्थ्य संस्था भएर पनि कार्यालय समय सम्म सेवा नदिएकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा पालिकाका शिक्षा, स्वास्थ्य, कृषि र आबासका बारेमा रहेको समस्याको सवालहरुमा समूह र सरोकारवालाहरुले आफ्नो तर्क राख्दै शिक्षा र स्वास्थ्य देशको मेरुदण्
धरान । बालबालिकाहरुको संरक्षणका लागि स्थापित धरान ३ स्थित सरस्वती बाल आश्रमले वर्षेनी साप्ताहिक कार्यक्रमनै तय गरेर बाल दिवश मनाउने गरेको थियो । बाल दिवसकै दिन स्थापना भएको आश्रमले स्थापना दिवसलाई पनि जोडेर बालबालिकाहरु सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्दै आएको थियो । तर यस वर्षको कोरोनाको महामारीका कारण मासिक कार्यक्रमहरु गर्न नपाए पनि आश्रममै रहेका बालबालिकाहरुका लागि विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेर मनाएको छ । बाल दिवको अवसरमा आइतबार आश्रमका बालबालिकाहरुका लागि हाजिरीजवाफ प्रतियोगिता गरेको थियो भने सोमबार विभिन्न प्रतियोगिता गरेको थियो । आश्रमको आयोजनामा भएको प्रतियोगिताका विजयीह