धरान । धरान–१६ स्थित यु.एन.नबोदय कलेजले नव आगन्तुक विद्यार्थीहरु सहित बिबिएस पहिलो वर्ष र कक्षा ११ मा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न विधामा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि नवआगन्तुक बिद्यार्थीहरुलाई खदा र अबिर लगाएर स्वागत गरेका थिए । बि.बि.एस.पहिलो बर्ष र कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विभिन्न बिधामा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई सम्मान गरेको छ। कलेजका अध्यक्ष ज्ञानेश्वर झाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथी ब्लाष्ट टाईम्स दैनिकका प्रधान सम्पादक राजकु
धरान/ प्राइम भिजन इन्टरनेस्नल हस्पिटालीटी म्यानेजमेन्ट कलेजका विद्यार्थीहरूले वृक्षारोपण गर्दै रोपण अभिमुखिकरण तालिम दिइएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा कक्षा ११ र १२ लगायत ए.डि.एच.एम.का विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई बिरुवाको हेरचाह र बिरुवालाई पोषण दिन उत्प्रेरित गर्ने उद्देश्यका साथ बिरुवा रोप्ने विभिन्न प्रविधिको बारेमा अभिमुखीकरण तालिम दिइएको थियो । अभिमुखीकरणमा पवित्र नर्सरी धरानका संचालक दिवेश लिम्बुले सहजीकरण गरेका थिए । प्रत्येक विद्यार्थीलाई आ–आफ्नो गमला र बिरुवा ल्याएका थिए । वृक्षारोपण गरिएका विरुवाको हेरचाह पनि विद्यार्थीले आफैले
धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएक
धरान/ ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ । कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो । भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे । त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश
विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ । कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए । बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ । कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थ
धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन
धरान/ धरानको मेघा कलेजले आफ्ना विद्यार्थीहरूका लागि स्वागत र विदाइ कार्यक्रम इलामको पर्यटकीय स्थान फिक्कलमा सम्पन्न गरेको छ । मङ्गलबार गएको टोली कार्यक्रम सकेर बुधबार मात्र धरान फर्किएको छ । कार्यक्रममा बीबीएस पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने बीबीएस चौथो वर्षका बिद्यार्थीहरूलाई विदाइ गरिएको थियो । कार्यक्रममा बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू पनि सहभागी थिए । करिब एक घण्टा लगाएर विद्यार्थीहरूले नै तयार पारेको अस्थायी मञ्चमा कार्यक्रम गरिएको थियो । कलेजकै चारवटा बस कलेजका प्रशासक, विद्यार्थी र अध्यापकहरू बोकेर मङ्गलबार बिहान त्यसतर्फ गएको थियो । बसमै राखेर लगिएका
धरान/ राष्ट्रिय परीक्षा बार्डले गत भदौं ३० गते देखी असोज ८ गते सम्म सञ्चाल भएको कक्षा १२ को नतिजा (भोलि)शुक्रबार प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक तयारी भइसकेकाले भोली नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । कोभिडको संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुले हिजो देखी परीक्षा दिएका छन् । यस वर्षको परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थीहरु सहभागी भएका थिए ।उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।
धरान/ धरान–१२ स्थित एम्स एकेडेमीले विज्ञान सङ्कायमा पढ्ने छात्रा उषा कार्कीलाई बुधबार सम्मान गरेको छ ।धरानको आन्तरिक राजस्व कार्यालयले कर सप्ताह अन्तर्गत मङ्गलबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेकी विद्यालयकी छात्रा कार्कीलाई कलेजले सम्मान गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सो कार्यक्रममा कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले विज्ञान पढ्ने विद्यार्थीहरू अन्य क्षेत्रमा कमजोर हुन्छन् भन्ने आम धारणालाई उषाले गलत साबित गरेको धारणा राखे । विज्ञानका विद्यार्थीहरू पनि अन्य क्षेत्रमा उत्तिकै सक्षम हुन्छन् भन्
इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि