श्रवणकुमार मेमोरियल डिपो बास्केटवल कपः प्रभात र होलिल्याण्ड फाइनलमा भिड्ने "बिकास चाम्लिङ राई"

  • फागुन ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ डिपो स्कुलको आयोजना तथा सुनसरी बास्केटवल र धरान बास्केटवल संघको सहयोगमा संपन्न भइरहेको दोस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपको फाइनलमा प्रभात स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ ।

सोमवार भएको सेमिफाइनल खेलमा प्रभात स्कुलले काम्रेल स्कुललाई ३४–२८ र होलिल्याण्ड स्कुलले डिपो स्कुललाई ५०–१३ अंकको अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन ।

सोमवार भएको पहिलो सेमिफाइनल खेलमा प्रभात र काम्रेल स्कुलले प्रत्येक क्वाटरमा ९–७, ७–७, ८–६ र १०–८ अंक जोडेका थिए । खेलमा प्रभात स्कुललका लियोन राईले व्यक्तिगत २६ अंक जोडेका छन ।

यसैगरि दोसा्रे सेमिफाइनल खेलमा होलिल्याण्ड र डिपो स्कुलले प्रत्येक क्वाटरमा ६–१, १८–२, १४–४ र १२–६ अंक जोडे । खेलमा होलिल्याण्डका युकफुङ लिम्वुले व्याक्तिगत १६ अंक जोडे ।
फाइनल खेल फगुन ८ गते मंगलवार विहान ८ वजे हुनेछ ।

प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरि व्याक्तिगत विद्या तर्फ प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर र हाइस्कोररको उपाधि विजेताले जनहि नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved