सुगम वडामा एउटा पनि छैन विद्यालय, दुई घण्टाको पैदल हिड्नुपर्ने बाध्यता

  • फाल्गुन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका शिक्षा, स्वास्थ्य र टोलटोलमा कालोपत्रे सडकको सहरको नामले नेपालमै प्रचलित छ ।

तर यही उपमहानगरपालिकाको कुनै कुनै वडामा सहज रुपमा सवारी साधन पुग्दैन र विद्यालय जानका लागि विद्यार्थीहरु घण्टौ हिड्नुपर्छ भन्ने कुरा सायदै कसैलाई थाहा छैन ।

यस्तै अवस्था छ धरान धरान उपमहानगरपालिका वडा नं. ४ शिवजट्टामा । यहा कच्ची सडक भएपनि सवारी साधन पुग्दैन जसले गर्दा बालबालिका घण्टौ हिडेर विद्यालयसम्म पुग्न बाध्य छन् ।

झट्ट हेर्दा शिवजट्टा धरान उपमहानगरपालिकभित्रै पर्छ भन्दा धरैलाई पत्यार लाग्न नसक्ला ।

धरानका सबै वडाहरु चिल्ला कालोपत्रे भइरहँदा धरान ४ शिवजट्टासम्म पुग्न सवारी साधन पुर्‍याउनै हम्मे हम्मे पर्छ । यसको प्रमुख कारण हो त्यहाँसम्म पुग्ने साघुरो कच्ची सडक ।

विकासको हिसाबले अन्य वडाको तुलनामा विकास नै नभएको वडा भन्दा फरक पर्दैन ।

धरानको वडाभित्र नै सवारी साधन चल्दैन, फाट्टफुट्ट दुई पांग्रे मोटरसाइकल र टेम्पो यो सडकमा गुड्ने गर्छ ।

धरान १३ को बेसक्याम्पबाट ९ किमी उत्तरमा पर्ने शिवजट्टा पुग्ने सडक जीर्ण कच्ची भएकै कारण सवारी साधन नपुगेको हो । त्यतिमात्र हैन यो वडामा एउटा पनि विद्यालय छैन, यहाँका बालबालिका घण्टौ हिडेर धरान १३ फुस्रेमा रहेको पब्लिक माविमा पढ्न आउँछन् ।

यहाँका बालबालिका विद्यालयसम्म पुग्न धेरै सास्ती भोग्नुपर्छ । कच्ची सडकसँगै खोलामा एउटा पुल पनि निर्माण भएको छैन ।

हिउदमा जसोतसो खोला तरेर विद्यालय पुगे पनि उनीहरु बर्षाद्को समयमा खोलामा आएको बाढीले वारपार गर्न नै मुस्किल हुने गरेको छ ।

फुस्रेको पब्लिक माविमा कक्षा ५ मा पढ्दै आउनु भएकी अञ्जु राई  घरबाट हिडेर विद्यालय पुग्न दुई घण्टा हिड्छिन ।

गाउँमा विद्यालय नभएकै कारण हिडेरै विद्यालयसम्म आउनुपर्ने बाध्यता छ ।

त्यस्तै उनकै साथी रेस्मा राई विद्यालय जान विहान ८ बजे नै तयार रहिन्छिन् ।

८ बजे हतार हतार नौ किमीको सडक हिडेर धरान १३ फुस्रेमा रहेको पब्लिक मावि आइपुग्छिन् ।

गाउँमा एउटा बालविकास केन्द्र मात्र छ । पढ्नकै लागि भएपनि २ घण्टा हिडेरै धरानको फुस्रेमा रहेको पब्लिक माविमा आउनुपर्ने बाध्यता रहेको राई बताउँछिन् ।

उनीहरुमात्र यसरी हिडेर विद्यालय आउनेविद्यार्थी भने होइन । अ

ञ्जु र रेश्मा जस्ता धेरै बालबालिकाको बाध्यता नै हो । त्यही गाउँकी पब्लिकमै कक्षा ६ मा अध्ययनरत भूमिका राई समेत हिडेरै दुई घण्टाको बाटो हिडेरै विद्यालय पुग्छिन् । हिडेर विद्यालय नगए अर्को विकल्प नभएको राईको समेत भनाई छ ।

गाउँमा एउटा विद्यालय नहुदा यहाँका अधिकाश बालबालिकाको धरानसम्म हिडेरै पढ्न आउनु पर्ने बाध्यता छ ।

हुन त गाउँमै एउटा विद्यालय स्थापना गरिदिन सम्बन्धित पक्षलाई पटक पटक ध्यानकर्षण पनि नगराएका हैनन् । उनीहरुको कुरा सम्बन्धित पक्षले कहिल्यै नसुनेको अभिभावक कुमार राई बताउछन् ।

अभिभावकहरु नानीहरुलाई विद्यालय पठाउने बेला आँधी मासु हुने गर्छन् । विद्यालय गएपछि कसरी पुग्छन्, घर कतिखेर फर्किने हो भन्ने चिन्ता उनीहरुमा हुन्छ ।

बाटोमा हिड्दा खोलामा पुल छैन, पहिरो खस्ने उत्तिकै त्रास छ, नानीहरु विद्यालय पुगेर घरसम्म नआइपुन्जेल उनीहरुको मन कहिल्यै शान्त नहुने गरेको स्थानीय पवित्रा राई बताउछिन् ।

शिवजट्टामा करिव २५ घरधुरी रहेको छ । यो वडाबाट ८० देखि ९० जना बालबालिका घण्टौ हिडेर विद्यालय जान्छन् ।

राज्यले गाँस, बास र कपाससँगै स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखे पनि सुगम उपमहानगरपालिकाभित्रै घण्टौ हिडेर बालबालिका विद्यालय पुग्नु विडम्बना हो ।

सडक सञ्जाल छ तर सवारी साधन पुग्दैनन् । पाँचकन्या गाविसबाट धरान उमहानगरपालिकामा गाभिएको बर्षौ वितिसक्दा पनि यो वडाले मुहार फेर्न भने अझै सकेको छैन ।

 

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved