पथरीशनिश्चरेको बाल कल्याणका विद्यार्थी र अभिभावक आन्दोलित

  • फाल्गुन १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् ।

व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनु  पर्ने लगायतका माग पनि राखेका छन् ।

प्रदर्शनका क्रममा उनीहरुले असक्षम शिक्षक प्रशासन चाहिँदैन, विद्यालयमा राजनीतिककरण बन्द गर जस्ता नाराबाजी समेत गरेका छन् ।

मंगलबारदेखि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको स्थानीय अभिभावक लेखनाल लुइँटेलले बताए ।

‘हामीले हाजिरी परीक्षण गर्दा शिक्षक र विद्यार्थीहरुको उपस्थिति नै भएन, त्यसपछि हामीले विरोधका कार्यक्रम सुरु गरेका हौं ।’

आफूहरुले अभिभावक र विद्यालयका प्रधानाध्यापक रोहिणी घिमिरेसँग कुरा गर्दा पनि आफूहरुका मागबारे सुनुवाई नभएको कारण विद्यार्थीसहित आन्दोलनमा जानुपरेको उनले बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयन गर्दा राजनीतिक भागबण्डा गर्न खोजेको पनि उनले आरोप लगाए ।

‘विद्यालय लथालिङ्ग अवस्थामा छ । हिसाव किताब पारदर्शी छैन । यसको न्यायिक निकायबाट आवश्यक छानविन हुनुपर्छ,’ लुइँटेलले भने,

‘विद्यार्थीलाई दिवा खाजा पनि दिइएको छैन । विज्ञान र गणितको शिक्षक नियुक्ति पनि गरेको छैन । बिना शिक्षक विद्यालय कसरी चल्छ ? ।’

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved