पुख्र्यौली पेशालाई अँगाल्दै बब्लु र छोटु "रबिन्द्र बराल"

  • फागुन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

रंगेली/ मोरङको कानेपोखरी गाउँपालिका ४ रमाइलोमा बसोबास गर्दै आएका बब्लु साह उनका भाइ छोटो साहले विगत २० वर्षदेखि चटपटे व्यवसायी गरिरहेका छन् ।

पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीमा आकर्षित भएता पनि मोरङको पुरानो बजार दोहमानामा उनीहरु नेपालमै बसेर पनि केही गर्न सकिन्छ भनेर उदाहरणीय बनेका छन् ।

सुरुको अवस्थामा घरको आर्थिक अवस्था नाजुक भएको कारणले पढाईबाट वञ्चित भएपछि बुबाले गर्दै आएको पेशालाईनै जिम्मेवारी लिएर निरन्तर दिन थालेको बब्लु बताउँछन् ।

गाउँका युवाहरू विदेश गएता पनि आफूहरुले भने स्वदेशमै बसेर आफ्नो जीवनयापन गर्न सहज हुने विश्वास गरेपछि यही पेशालाई अँगालेको उनीहरु बताउँछन् ।

११ वर्षको उमेर हुँदा पढाइ छोडेर चटपटे व्यवसायमा लागेको बब्लुले बताए । उनीहरुले आफ्नै बुबाको पुख्र्यौली पेशालाई नै निरन्तरता दिएको उनले बताए । सो पेशाबाट उनीहरूले अहिले आफ्नो १२ जनाको परिवार पालनपोषण समेत गर्दै आइरहेका छन् ।

चटपटे व्यवसायबाटै ३ कट्ठा जग्गा समेत खरिद गरेर अहिले सोही स्थानमा बसोबास समेत गरिरहेको छोटुले बताए ।

उनीहरूले प्रत्येक आइतबार र बिहिबार लाग्ने दोहमाना बजारमा आफ्नो चटपटे व्यवसाय सञ्चालन समेत गर्दै आइरहेका छन् ।

उनीहरूले साताको दुई दिन २० हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बब्लुले बताए ।

उनीहरूले बनाउने चटपटेमा विभिन्न प्रकारका धेरै सामग्री हालेपछि थोरै पैसामा पनि धेरै चटपटे आउने भएको कारणले गर्दा ग्राहकहरू झुम्मिएर बस्ने गरेका छन् ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved