जेष्ठ नागरिकलाई छलफल गर्न र महिलाहरुको सिपमुलक कार्यक्रम गर्न सम्पर्क कार्यालय स्थापना

  • फाल्गुन ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  जेष्ठ नागरिकहरुका लागि आराम, रमाइलो सहित छलफल तथा विचार विमर्श गर्नुका साथै महिलाहरुमा सिप सिक्ने स्थानका रुपमा धरान उपमहानगरपालिका वडा नम्बर १५ ले जेष्ठ नागरिक सेवा मिलन केन्द्र सम्पर्क कार्यालय र महिला उद्यमी सिपमुलक,

जनचेतना, क्षमता विकाश, आयमुलक प्रशिक्षक सम्पर्क कार्यालयको स्थापना गरेको छ ।

वडाको पाथिभरा लाईनमा रहेको रात्रीकालिन बसपार्कमा रहेको टिकट काउण्टरलाई सम्पर्क कार्यालयको रुपमा स्थापना गरि वडा महिला संजाल र जेष्ठ नागरिक सेवा मिलन केन्द्रलाई सोमबार प्रजातन्त्र दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि वडाअध्यक्ष नरेश इवारमले चाबी हस्तान्तरण गरेका छन् ।

धरान ८ भोटेपुलमा नयाँ बसपार्क निर्माणको अन्तिम चरणमा पुगेकाले रात्रीकालीन बसपार्क पनि नयाँ बसपार्कमै सर्ने भए पछि सो टिकट काउण्टरमा सम्पर्क कार्यालय स्थापना गरिएको वडा नम्बर १५ की महिला सदस्य तथा कार्यपालिका सदस्य शिर्जना नेपालले बताईन् ।

टिकट काउण्टर प्रयोग विहिन रहेको अवश्थामा लागुऔषध दुव्र्यसनीको अखडा तथा सडक बालबालिकाहरुको अखडा बन्दै गएकाले त्यसलाई सदुपयोग गर्न सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताईन् । टिकट काउण्टरलाई वडा कार्यालयले थप दुई लाख रुपैया खर्च गरेर कार्यालयको रुपमा दिएको हो ।

सम्पर्क कार्यालयमा वडा महिला संजालले विभिन्न किसिमका तालिम, छलफल, क्षमता विकाशका कार्यक्रमहरु संचालन गर्न सकिने वडाअध्यक्ष इवारमले बताए ।

वडाले उत्पादन गरेका प्रशिक्षकहरुबाट उत्पादनमुखी, रोजगारमुखी, सिपमुलक तालिमहरु दिएर वडाका महिलाहरुलाई आत्मनिर्भर बनाउन सम्पर्क कार्यालय प्रयोग गर्न सकिने उनले बताए । उनले भने, अहिले वडामा १२ वटा सिलाई मेशिनहरु छन्,

त्यसलाई उपयोग गर्दै सिलाई कटिङका तालिमहरु संचालन हुनेछन्, त्यसै गरि पंचेबाजा बजाउने टोलिहरु तयार गरेको छ, थप पंचेबाजा बजाउने समुहहरु तयार गर्न तालिम संचालन गरिनेछ ।’

त्यसै गरि जेष्ठ नागरिकहरुका लागि दिन भरी आराम गर्ने स्थान, समय बिताउन विभिन्न किसिमका खेलसामग्री, छलफल बहस गर्नका लागि कार्यालयको उपयोग गर्न सकिने वडाअध्यक्ष इवारमको भनाई छ ।

रात्री बसपार्क पुर्णरुपमा धरान ८ को नयाँ बसपार्क सरिसके पछि थप खेलकुद लगायत विभिन्न किसिमका नागरिकमैत्री संरचनाहरु निर्माण गर्दै जाने बताए ।

कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नागरिक उन्मुक्ति पार्टीका कोशी प्रदेश उपाध्यक्ष देउमान लिम्बुले वडामा सुशासनका लागि जनप्रतिनिधीले खेलेको भुमिका प्रशंसनीय रहेको बताए ।

उनले भने, जनप्रतिनिधीहरुले उपलब्धीमुलक कार्यक्रमहरु फलदायी छन्, सबै नागरिकले स्थानीय तहमै सिंहदरबार आएको महशुष हुने गरिको शुसाशन कायम गरेको छ ।’


कार्यक्रममा २२ वटा टोल महिला समुह, ३९ वटा टोल विकाश समिती, जेष्ठ नागरिक सेवा मिलन केन्द्रका पदाधिकारीहरु सहित विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved