अर्थ

    Showing 801-810 of 1,054 items.
  • भोजपुरमा विपन्न परिवारलाई सोलार प्रदान

    धरान । भोजपुरका पौवादुङमा गाउपालिकाका १ सय ५० घर परिवारलाई सौर्य बत्ती प्रदान नगरिएको छ । सोमबार बसेको कार्यपालिकाको पहिलो निर्णयअनुसार ८० वाट क्षमताका १ सय ५० थान सोलार सेट वितरण गरेको गरेसँगै विद्युतको पहुँच नपुगेका सर्वसाधारणलाई सौर्य बत्ती प्रदान गरिएको हो । गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा ४० लाख लागतमा सोलार सेट वितरण गरेको गाउँपालिकाको भनाइ छ । वितरण गरिएका सोलार सेटबाट १० देखि १२ ओटासम्म बत्ति बाल्न सकिने बताइएको छ । गाउँपालिकामा विद्युत् विस्तार भइरहेको भएपनि तत्काललाई विद्युत् सेवाबाट वञ्चित रहेका विपन्न परिवारलाई लक्षित गरेर सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष किरण रा

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरको विकासका लागि विश्व बैंकको चासो

    धरान  । विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्वबैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे बु्रक्स नेतृत्वको टोलीले मंगलबार मेयर नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्व बैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । मेयर कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्वबैंक सहयोग गर्न तयार रहेको बताए । विराटनगर प्रदेश एकको राजधानी भएकोले यसको विकास आवश्यक भएको बताए । विकास र समृद्धिले मात्रै संघीयता बलियो हुने बताउँदै उनले महान

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 765 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट वक्तव्य: धरानमा डाटा सेन्टरदेखी धरान बिराटनगर रेल सञ्चालनसम्म

    सुनसरी/ सरकारले आइतबार प्रतिनिधिसभामा अर्थिक वर्ष ७९÷८० मा १७ खर्ब ९३ अर्ब, ८३ करोडको अनुमानित बजेट सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश नं. १ मा महत्तकांक्षी बजेट सार्वजनिक गरिएको छ । सुनसरीको चतरादेखि सगरमाथा द्रत मार्ग निर्माणदेखि धरानमा डाटा सेन्टर स्थापना गर्नेसम्मका कुरालाइ बजेटमा समेटिएका छ । नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको सरकारको बजेट वक्तव्यमा यस्ता धेरै महत्वकांक्षी योजनाहरुलाई अगाडि सारेको छ जस अनुसार उदयपुरमा विमानस्थल निमार्ण गर्ने, भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने बजेट वक्तव्यमा उल

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 1,253 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महानगरको भ्रष्टाचार अन्त्य गर्न जनप्रतिनिधिलाई उद्योगीको सुझाव

    धरान । विराटनगरका उद्योगी व्यवसायीहरुले महानगरपालिकाभित्रको भ्रष्टाचारलाई अन्त्य गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आयोजना गरेकोे स्वागत कार्यक्रममा महानगरको भ्रष्टाचार, ढिलासुस्ती, अनियमिता अन्त्य गर्न उद्योगीहरुले सुझाव दिएका हुन् । कार्यक्रममा परिसंघ प्रदेश–१ का अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाका कर्मचारी क्रोनिक, असहयोगी र भ्रष्ट भएकाले सचेत रहन जनप्रतिनिधिहरूलाई सुझाव दिए । उनले कवाडी करका रुपमा अनावश्यक कर लिने गरेको, विराटनगर महानगरपालिकाका ढूवानीका सवारीसाधनलाई ढुवानीका सामान लोड अनलोड हुने स्थानको अभाव रहेकाले समस्या भइरह

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 936 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिधिनिलाइ उद्यागीका सुझावः 'जनताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन आग्रह'

    धरान । औधोगिक क्षेत्र मोरङको विराटनगरमा जनताको प्रत्यक्ष सरोकार राख्ने कुरालाई प्राथमिकतामा राखेर काम गर्न उद्योग सगठन मोरङले सुझाव दिएको छ । मगलबार विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको वृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीनमा गर्नुपर्ने कार्यहरुका सन्दर्भमा सुझाव दिएको हो । सगठनले विराटनगरका नवनिर्वाचित प्रमुख नागेश कोइराला र उप्रमुख शिल्पा निराला कार्कीलाई स्वागत गर्दै यस्तो सुझाव दिएका हुन् । संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजना अन्तर्गत जनतासँग प्रत्यक्ष सम्वन्ध राख्ने सडक, खानेपानी, फोहर व्यवस्थापन,

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 989 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब २० युनिटसम्मको विजुलीको विल वडाले तिरिदिने

    धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ । विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’ उनले धरान उपमहानगरपालिका वडा नं. १४ व

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 1,537 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पाच बर्षभित्रमा कोशीबाट पानी ल्याएर खुवाउछु ’: साम्पाङ

    धरान । दोस्रो स्थानीय तहको निर्वाचनमा गठबन्धन र एमालेलाई पछि जित हात पारेका स्वतन्त्रका उमेद्वार हर्क साम्पाङले पाँच बर्षभित्र धरानेलाई कोशीबाट पानी ल्याएर खुवाउने बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले निर्वाचित भएको घोषणा भएलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै साम्पाङले धरानको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यामा केन्द्रित हुने र पाच बर्षभित्रमा कोशीबाट नै पानी ल्याएर खुवाउने दाबी गरेका हुन् । उनले भने–‘म राजनीतिक दलबाट आएको होइन, म सामाजिक अभियन्ताको रुपमा लिने गरेको छु, मैले प्रतिबद्धता गरेको कुरा पूरा गरिन् भने म धरान छोड्छु भनेर घोषणा गरिसकेको छु, पाँच बर्षभि

    • प्रकाशित मितिः जेठ ९, २०७९
    • 1,040 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला पत्रकारद्वारा प्रकाशित पत्रिका १८ बर्षमा प्रवेश

    धरान । कोरोना सक्रमणका कारण राष्ट्रिय स्तरका पत्रपत्रिका समेत प्रभावित भएको समयमा धरानबाट प्रकाशित दिव्य रोशनीले भने हरेक आरोह अवरोधको सामाना गर्दै निरन्तर प्रकाशित गर्दै आएको छ । श्रमजीवि महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित÷प्रकाशित दिव्य रोशनीले स्थानीय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाहमात्र गर्दै आएको छैन, सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गर्नेहरुलाई सम्मान एवम् पुरस्कार समेत गर्दै आएको छ । यसै क्रममा १८ औं बार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एक जना सामाजिक अभियन्ता सम्मान गरेको छ । धरान

    • प्रकाशित मितिः जेठ ६, २०७९
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दलहरुको प्रमुख एजेन्डा खानेपानी समस्या समाधान: सर्वसाधारण भने किनेरै खानेपानी खान बाध्य

    धरान । धरानमा दिनप्रतिदिन खानेपानी समस्या चुलिदै गएको छ । सुख्खा मौसमआएसँगै धरानम खानेपानीको हाहाकार हुने गरेको हो । बषौदेखिको खानेपानी समस्या समाधानमा कसैले गम्भीरतापूर्वक लिएको भने देखिदैन । विगतमा खानेपानी संस्थान हुदाभन्दा अहिले धरान खानेपानी व्यवस्थापन बोर्ड बनिसक्दा पनि धरानेहरुको अवस्था खानेपानी समस्या त्यो भन्दा भयावह बनेको छ । राजनतिक दलहरुल चुनावताका धरानको खानेपानी समस्या समाधानलाई घोषणापत्रमा प्राथमिकतामा राखे पनि समाधान नगरिदिदा सर्वसाधारणले खानेपानी समस्या भएको समयमा पानी खरिद गरेर खानुपर्ने अवस्था छ । शुक्रबार देशैभरका स्थानीय तहको निर्वाचन सकिएको छ । सुनसरीको धरानमा पनि स्थान

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 995 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्यौलमै रह्यो औद्योगिक पार्क

    धरान । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले २०७६ साल असोज ७ गते केपी शर्मा ओलीको सरकारको मन्त्रीपरिषदले देशभरका ३२ स्थानमा औद्योगिक पार्कको स्थापना गर्ने निर्णय गरेको थियो । मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक सम्हालेकी उपमेयर मञ्जु भण्डारी (सुवेदी)ले धरानमा औद्योगिक ग्राम स्थापना गर्न तदारुकता देखाइन् । संघीय सरकारले औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५ अनुसार जग्गा व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दियो । सोही मापदण्ड अनरुप धरान–६ सेरा खोलाको पश्चिम भागमा करीव २५ विघा जग्गा उपलब्ध भएपछि उद्योग वाणिज्य त

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 979 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved