महिला पत्रकारद्वारा प्रकाशित पत्रिका १८ बर्षमा प्रवेश

  • जेठ ६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना सक्रमणका कारण राष्ट्रिय स्तरका पत्रपत्रिका समेत प्रभावित भएको समयमा धरानबाट प्रकाशित दिव्य रोशनीले भने हरेक आरोह अवरोधको सामाना गर्दै निरन्तर प्रकाशित गर्दै आएको छ ।

श्रमजीवि महिला पत्रकार मनिता चाम्लिङद्वारा सम्पादित÷प्रकाशित दिव्य रोशनीले स्थानीय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाहमात्र गर्दै आएको छैन, सुनसरीलाई कार्यक्षेत्र बनाएर स्थानीय तथा राष्ट्रिय स्तरमा पत्रकारिता गर्नेहरुलाई सम्मान एवम् पुरस्कार समेत गर्दै आएको छ ।

यसै क्रममा १८ औं बार्षिकोत्सवको अवसरमा धरानलाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका तीन जना पत्रकार र एक जना सामाजिक अभियन्ता सम्मान गरेको छ ।

धरान उपमहानगरपालिकाको कर्मचारी एसोसिएसनको भवनमा भएको वार्षिक उत्सवमा पत्रिकाका सम्पादक÷प्रकाशक चाम्लिङले साप्ताहिक पत्रिकारको तर्फबाट प्रत्येक बर्ष गरिदै आएको आफ्ना दिवंगत बुवा क्वीन गोरखा इञ्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको नाममा स्थापना गरेको “उत्कृष्ट सामाजिक पत्रकारिता सम्मान” बाट कान्तिपुर दैनिकका प्रदिप मेन्याङ्बो र गोर्खापत्र दैनिकका धरान सम्बादाता निशा राईलाई सम्मान गरेको छ ।

यसैगरी चाम्लिङका दिवंगत कान्छा दाजु स्व. बाजुन राईको नाममा स्थापना गरिएको “सृजनशील युवा पत्रकारिता सम्मान”बाट पत्रकार गोपाल दाहाल सम्मानित भएका छन् ।

सम्मानित हुने पत्रकारहरुलाई जनही नगद ५ हजार ५ सय ५ रुपैयँसहित सम्मानपत्र र खदाले सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा “उत्कृष्ट सामाजिक अभियन्ता सम्मान” बाट अपाङ्ग तथा असहाय पुनस््र्थापना गृह धरानका प्रमुख सुनिल खड्कालाई सम्मानित गरिएको छ । उनलाई अपाग तथा असहायलाई समाजमा पुनस्र्थापित गर्ने काममा अग्रणी भूमिका खेलेको भन्दै सम्मान गरेका हो ।

सम्मानितहरुलाई धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राई तथा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राई पत्रिकाका सम्पादक मनिता चाम्लिङ लगायतले नगदसहित दोसल्ला र सम्मान पत्र सम्ममा गरेका थिए । पत्रिकाको बार्षिकोत्सवम बैशाख २५ गते नै भएपनि स्थानीय निर्वाचनका कारण बिहीवारमात्र बार्षिकोत्सवम मनाएको हो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved