अब २० युनिटसम्मको विजुलीको विल वडाले तिरिदिने

  • जेठ १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का नवनिर्वाचित वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले वडाबासीका लागि नौलो काम गर्ने भएका छन् ।
सपथग्रहणपश्चात पदभार ग्रहण गर्दै वडाध्यक्ष भट्टराईले वडाबासीका विजुलीको महसुलमध्ये २० युनिटसम्मको महसुल वडाले तिर्ने महत्वपूर्ण निर्णय गरेको छ ।

विगतमा समेत पञ्जीकरणका सम्पूर्ण काम वडाबासीलाई निःशुल्क गराउदै आएका उनले दोस्रो पटक पदभार ग्रहण गर्नेवित्तिकै यो निर्णय गरेका हुन् । उनले भने–‘विगतमा समेत पञ्जीकरणका सम्पूर्ण कामलाई धरान १४ ले निःशुल्क गरेको थियो, अब भने २० युनिटसम्मको विजुलीको महसुल वडाले नै तिरिदिन्छ ।’

उनले धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरलाई धार्मिक पर्यटकीय स्थल बनाउन सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय समेत गरेको बताएका छन् ।

०७४ सालको पहिलो स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष भट्टराई ०७९ को दोस्रो निर्वाचनमा पार्टीले टिकट नदिएपनि पार्टीबाट राजीनामा दिँदै राप्रपाबाट वडाध्यक्ष उठेका थिए । १४ नं. वडाबासीबीच लोकप्रिय बनेका भट्टराईले राप्रपाबाट उठ्दा समेत वडाध्यक्षमा निर्वाचित गराएका थिए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved